उता महामारी, यता गफ
काठमाठौं । २६ जनाको ज्यान लिइसकेको मौसमी फ्लुका कारण जाजरकोटमा महामारी फैलीएको छ । काठमाडौंमा भने त्यसको नाममा गफ नै धेरै भएका छन् । महामारीले जाजरकोटका १० हजार भदा बढी जता प्रभावीत हुदा समेत स्वास्थ्य मन्त्रालयका अधिकारीहरु सम्बन्धित ठाउँमा काम गर्नुको साटो प्रचारबाजीमा व्यस्त छन् ।
सरकारले प्रभावीत क्षेत्रमा फैलीएको महामारी नियन्त्रणमा देखाएको ढिलासुस्ती र त्यसले जनतामा फैलीएको त्रासपछि बल्ल आएर सरकारले चिकित्सक त्यसतर्फ पठाएको छ । सरकारको सर्वत्र कडा ढंगले आलोचना भएपछि नेपाली सेना, सशस्त्र प्रहरी, स्वास्थ्य मन्त्रालय र आसपासका जिल्लाका चिकित्सक त्यता गाएका हुन् । अहिले एक दर्जन भन्दा बढी चिकित्सक उपचारका लागि खटीएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जिल्लाका अर्छानी, टालेगाउ, कोर्ताङ, पजारु, मजकोट, सानाखोला, दसेरा लिम्सा, नायकबाडा लगायतका स्थान बढी प्रभावीत भएका छन् । प्रचारका लागि बेलाबेलामा अनसन बस्दै आएका हाडजोर्नी विशेषज्ञ गोविन्द केसी पनि प्रचारकै लागि जाजरकोट पुगेका छन् । हाडजोर्नीको डाक्टरको फ्लुको उपचारमा कुनै भूमिका नहुने भए पनि उनी सञ्चारमाध्यममा आउनकै लागि त्यता गएकोमा शंका छैन । जाजरकोटका सभासद शक्तिबहादुर बस्नेत र राजीवविक्रम शाहले पनि त्यति धेरै जनता प्रभावित हुँदा पनि कुनै प्रभावकारी भूमिका निर्वाह गरेको देखिएको छैन ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply