कम्युनिस्ट पार्टी ६७ औं वर्षमा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ६६ वर्ष पूरा भएको छ । लेनिन जयन्तीको दिन पारेर भारतको वनारसस्थित दशपुत्र गल्लीको एक घरमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ बैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।
नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाह नेकपा (एमाले)ले उक्त दिनलाई हरेक वर्ष पार्टी स्थापना दिवसका रूपमा मनाउँदै आएको छ । एमालेले आज स्थापना दिवसको अवसरमा भृकुटीमण्डपमा कार्यक्रमको आयोजना गरेको छ भने अन्य साना वाम घटकहरूले पनि आ आफ्ना तरिकाले स्थापना दिवस मनाउँदै छन् । एमालेले ६७औं स्थापना दिवसको उपलक्ष्यमा ‘जनताको बहुदलीय जनवादको प्रकाशमा एकीकृत कम्युनिस्ट आन्दोलनको निर्माण : चुनौती र सम्भावना विषयक प्रवचन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल,नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र विद्या भण्डारीले विभिन्न विषयमा प्रकाश पार्ने कार्यक्रम तय भएको कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा पार्टी स्थापनादेखि भृकुटीमण्डपमै सम्पन्न नवौं महाधिवेशनसम्मको स्लाइड सो तथा तस्बिर प्रदर्शनीसमेत गरेर इतिहासको स्मरण गरिने कार्यक्रम छ । साढे ११ बजे सुरु हुने कार्यक्रममा अध्यक्ष ओलीले संविधान निर्माणको जटिलता र एमालेको दृष्टिकोण, वरिष्ठ नेता खनालले नेपालको राजनीतिमा एमालेको योगदान, नेता नेपालले नेपालको कम्युनिस्ट आन्दोलन एकीकरण र एमाले, वामदेव गौतमले सरकार सञ्चालनमा एमालेको अनुभव तथा विद्या भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र एमाले विषयमा मन्तव्य राख्ने कार्यक्रम तय भएको छ । कम्युनिस्ट पार्टी गठन हुँदा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलाश जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक हुनुहुन्थ्यो । २०१९ सालबाट सुरु भएको फुटको शृंखला अहिलेसम्म जारी छ । अहिले नेपालमा तीन दर्जनको हाराहारीमा कम्युनिस्ट पार्टी पुगिसकेका छन् ।अहिलेसम्म कम्युनिस्ट पार्टीका तर्फबाट पाँच जना मुलुकको प्रधानमन्त्री भइसकेका छन् । त्यसमा एमालेबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल र झलनाथ खनाल तथा एकीकृत माओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई छन् । नेपालमा अस्तित्वमा आएका कम्युनिस्ट पार्टीहरूमा नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी), नेकपा (माले), नेकपा–माओवादी, नेकपा माओवाली (विप्लव पक्षीय), नेकपा (मसाल), नेपाल मजदुर किसान पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा (संयुक्त), नेकपा (माक्र्सवादी) लगायत छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply