यस्ता थिए प्रमलाई एमालेका १० बुँदा
काठमाडौं । भूकम्प जानेबित्तिकै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार पुगेको टोलीले पीडितहरूको उद्धार र राहतका लागि प्रधानमन्त्री सुशील कोइरालालाई १० बुँदे ज्ञापनपत्र दिएको थियो । प्रेस चौतारी नेपालद्वारा वैशाख १७ गते बिहीबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममार्फत् अध्यक्ष ओलीले सार्वजनिक गरेका मागहरु यसप्रकार छन् :
१. महाभूकम्पबाट धेरै घरहरु भत्किएका र जनता खुला आकाशमुनि रहन बाध्य भएकाले पाल र त्रिपालहरुको तुरुन्तै आवश्यक व्यवस्था गरी वैशाख १७ र १८ गतेभित्र जरुरी परेका सबैलाई बितरण गरिसक्ने ।
२. थप व्यक्तिहरुको ज्यान जान नपाओस् र सरुवा रोग एवं महामारी नफैलियोस् भनेर स्वच्छ पिउनेपानी, खाद्यपदार्थ (खासगरी ड्राइफुड), नि:शुल्क उपचार र औषधि एवं फोहोरमैला व्यवस्थापनका कामहरु प्रभावकारी ढंगले गर्ने ।
३. महाभूकम्पमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने र परिवारमा एकभन्दा बढी व्यक्तिको ज्यान गएको स्थितिमा प्रतिपरिवार दुई लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने ।
४. वैदेशिक सहयोगलाई प्रभावकारी र व्यवस्थित तरिकाले प्रयोग गर्न नेपाल सरकारको नेतृत्वमा संयोजित ढंगले पहल गर्ने ।
५. उद्दार कार्यलाई अझ प्रभावकारी बनाउन थप हेलिकप्टर बाहिरबाट झिकाउने । सिन्धुपाल्चोक, दोलखा, काभ्रे र रामेछाप लगायतका जिल्लाहरुमा उद्दार र राहत कार्यलाई अझ प्रभावकारी ढंगले तीव्रता दिन कोदारी राजमार्गको तुरुन्त मर्मतसम्भार गर्ने ।
६. यस विपत्तिमा घर भत्किएका जनतालाई सरकारले घरबारविहीन रहन दिनुहुँदैन । तसर्थ घर निर्माणमा सरकारले आवश्यक सहयोग गर्ने र अभियानकै रुपमा घर निर्माण कार्य अघि बढाउनुपर्दछ । पीडित किसानहरुलाई बैंकबाट लिएको ऋण मिनाहा गराउने र घर निर्माणका लागि लिएको ऋणको ब्याज (खास अंकको सीमा राखेर) मिनाहा गर्ने । पशुपन्छीको क्षति भएकोमा पनि तत्सम्बन्धमा बैंकबाट ऋण लिएको भए ब्याज मिनाहा गर्ने ।
७. विभिन्न प्रकारका असामाजिक र अपराधिक तत्वहरुले जनतामा भ्रम फिँजाउने, आतंक फैलाउने, लुटपाट र चोरी गर्ने तथा जनतामा असुरक्षा, असन्तुष्टि र आक्रोश फैलाउने कार्य भइरहेकाले त्यस्ता तत्वहरुसँग सतर्क रहने र सुरक्षाको उचित प्रबन्ध मिलाउने । जनतालाई धैर्यधारण गरेर पारस्परिक मित्रता एवं सहयोगबाट यस विपत्तिको मिलेर सामना गर्न आह्वान गर्ने ।
८. राहत वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउने । राहत प्रशासनको नेतृत्वमा नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरी एवं अन्य सम्बन्धित निकायले वितरण गर्ने । राजनीतिक दलहरुको त्यस कार्यमा संलग्नता रहनुपर्ने ।
९. सहयोगमा जुटेका सबै स्वदेशी, विदेशी, संघसंस्था र मित्र राष्ट्रहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्ने ।
१०. सरकारले संसदको हिउँदे अधिवेशन नबोलाउनु उचित भएन । वैशाख २५ गतेको संविधानसभाको बैठकपछि अबिलम्ब व्यवस्थापिका–संसदको अधिवेशन बोलाउनुपर्छ । जनप्रतिनिधिले जनताको आवाज, पीरमर्का र वास्तविक अवस्थाको जानकारी तथा उद्दार राहत र पुनर्निर्माणको सम्बन्धमा विचारविमर्श र निर्णय गर्ने अवसर पाउनुपर्छ । जनप्रतिनिधिहरुलाई त्यस हकबाट बञ्चित गरिनुहुन्न ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply