बाबुरामलाई उनकै मान्छेको प्रश्न– पुराना मान्छे बटुलेर नयाँ शक्ति कसरी बन्छ ?
काठमाडौं । जति घुर्की लगाउँदा पनि पुष्पकमल दाहालले अध्यक्ष पद नछाड्ने भएपछि पुन: नयाँ शक्तिको बहसमा लागेका एमाओवादी नेता बाबुराम भट्टराईलाई उनकै समूहका नेताले पत्याउन सकेका छैनन् । अघिल्लो संविधानसभामा धनकुटाबाट निर्वाचित उनीनिकट नेता हेमराज भण्डारीले प्रश्न गरेका छन्– ‘तपाईंले जो मान्छे लिएर नयाँ शक्ति बनाउने कुरा गर्दै हुनुहुन्छ, ती मान्छेबाट नेपालको राजनीतिमा तपाईंले भनेजस्तो शक्तिको उदय कसरी हुन्छ ?’
हालै आयोजित बाबुराम समर्थकहरूको भेलामा भण्डारीले भने– ‘यथास्थितिमा एमाओवादीमा बस्नुको कुनै अर्थ छैन भन्नुभयो । अलग हुने कुरा पनि मानेँ, नयाँ शक्तिको कुरा पनि मानेँ, तर जो मान्छे लिएर नयाँ शक्तिको कुरा गर्दै हुनुहुन्छ, त्यो बेकार हो । तपाईंसँग ०४८ सालमा सँगै आएका मान्छेबाट नयाँ शक्ति जन्मदैन ।’ उनले उदाहरणै दिएर भने– ‘त्यसमा पनि हरिबोल गजुरेल, राम कार्कीहरूले तपाईंलाई छाडिसकेका छन् ।’ भण्डारीले निष्कर्ष सुनाए– ‘अबको परिवर्तनको नेतृत्व विज्ञान र प्रविधिसँगै जन्मिएको नयाँ पुस्ताले गर्नुपर्छ ।’
भण्डारीको कुरा सुनेपछि भट्टराईले ‘तपाईंले भनेको कुरा पनि ठीकै हो’ भन्दै सम्झाउने प्रयास गरेका थिए । ‘पुरानै टिमबाट बन्दैन भन्ने कुरा सही हो तर जग त चाहियो । जग भनेको अहिले हामी उभिएको ठाउँ हो । यही जगमा टेकेर रूपान्तरण गर्दै जाने र नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने योजनाका साथ जानुपर्छ’– भट्टराईको भनाइ उद्धृत् गर्दै भण्डारीले बुधबारसँग भने ।
भण्डारीका अनुसार, पछिल्लो समयमा भट्टराईले आफू निकटहरूलाई भेला पारेर यस्ता छलफल बाक्लै चलाउँदै आएका छन् । सिधै नयाँ पार्टी बनाउने नभनेर ‘सकेसम्म एमाओवादीको यही जगमा टेकेर रूपान्तरण गर्ने र यसलाई समृद्ध बनाउँदै लैजाने, यदि
यसलाई रूपान्तररण गर्न सकिएन भने वामपन्थीहरूबीच नयाँ धु्रवीकरण गरेर जाने र त्यो पनि सम्भव भएन भने समाजमा रहेका प्रगतिशील तप्कालाई समेटेर भने पनि नयाँ शक्ति जन्माउने’ प्रशिक्षण भइरहेको छ ।
त्यसो त पार्टी विभाजन हुँदैछ भन्ने सन्देश भित्रभित्रै भट्टराई समूहले आफूनिकट नेता कार्यकर्तासम्म पुर्याइरहेको छ । केही दिनअघि मात्र भट्टराईनिकट नेता नवराज सुवेदीले केन्द्रीय सदस्य कृष्णध्वज खड्कालाई फोन गरेर भने– ‘तपाईं कहाँ हुनुहुन्छ ? यहाँ भेलामा आउनुपर्यो ।’ त्यसको कारण प्रस्ट्याउँदै उनले भने– ‘संविधान जारी भएपछि अलग हुने कुरा छ । त्यसैका लागि भेला छ ।’ सुवेदीको फोनपछि खड्का भेलामा आएको स्रोतले बतायो । भण्डारीले भने– ‘हामीसँगको भेलामा त खड्काजी हुनुहुन्नथ्यो । त्यसपछिकोमा आउनुभएको रहेछ ।’ उनले थपे– ‘यस्ता भेला भइरहन्छन् ।’
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply