महानगरमा रातारात बढुवाको तयारी
काठमाडौं । काठमाडौं महानगरपालिकामा केही कर्मचारीहरूलाई बढुवा गर्नकै लागि स्वायत्त शासन नियमावलीसँग बाझिने गरी विनियम बनाइएको छ । नगर निरीक्षक भए पनि महानगरमा ‘फिरौतीका नाइके’ भनेर चिनिने नगर रक्षक धनपति सापकोटालगायतलाई डीएसपी बनाउनका लागि सो नियम परिवर्तन गर्न लागेको महानगर स्रोतले बतायो । सो नियमावलीको २१३(घ) मा सुरक्षा, खानेपानी, बिजुलीमा काम गर्ने तथा पाले पियन करारमा मात्र राख्न पाइने प्रावधान रहेकोमा अहिले साढे २ सय नगर रक्षकको दरबन्दी बनाउने र पाँच इन्स्पेक्टरलाई डीएसपी बढुवा गर्ने गरी नियमावली अघि सारीएको छ । सो नियमावली पारित भएमा ०५० सालमा सफाइ गार्डका रूपमा भर्ती भएका र हालसम्म कुनै तालिम नगरेका तथा विभिन्न बहानामा नगरवासीसँग उठ्तीपुठ्ती गरेर बदनामी कमाएका धनपति सापकोटा, राजु पाण्डे, मनोज लामिछाने, शिवलाल पौडेललगायतका कर्मचारीहरू स्थायी रूपमा डीएसपी सोसरह बन्नेछन् । कार्यकारी प्रमुख रुद्रसिंह तामाङले पनि सो विनियम सही गरेर आगामी परिषद्मा पेस गर्न लागेको बुझिएको छ । सोही प्रयोजनका लागि यही २२ गते विशेष परिषद् डाक्ने तयारी भएको महानगर सूत्रले बतायो । प्रहरीतर्फ एउटा वृत्तमा १ सय २५ जनासम्म दरबन्दी भएकोमा एउटा डीएसपी रहन्छ भने महानगरमा जम्मा २ सय १२ नगर रक्षकका लागि ५ जना डीएसपी राख्ने तयारी गर्नुलाई खर्च बढाउने काम भन्दै कर्मचारीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । यसैबीच, महानगरपालिकामा केही कर्मचारीको मनपरी पोस्टिङ हुन थालेको छ । हाकिमहरूसँग च्यानल मिलाएकै आधारमा केही फरक विभागका कर्मचारीहरूलाईपनि भिन्न र असम्बन्धित विभागमा लामो समयसम्म रहँदा पनि हटाइएको छैन ।
लामो समयसम्म कुचिकार, सुपरभाइजर कुचिकार, नगरप्रहरीलगायत कर्मचारीलाई सफाइ मात्र नभएर प्रशासनिक काममा समेत खटाइनु महानगरपालिकामा सामान्य भइसकेको छ । यसरी सफाइ कर्मचारीलाई प्रशासनिक जिम्मेवारी दिने रोग वातावरण विभागमा मात्रै हैन, महानगरपालिकाका सबै विभागमा रहेको बताइन्छ ।
वातावरण विभागअन्तर्गत ३२ नम्बर वडाकी कुचिकार सुपरभाइजर सरिता तिमिल्सिना, १ नम्बर वडाका विभीषण खतिवडालगायत २० जनाभन्दा बढी कर्मचारी सम्बन्धित वडाको प्रशासकीय काममा खटिएका छन् । एउटा सेवामा नियुक्ति पाएर अर्कोमा जिम्मेवारी पाउनेको सूचीमा नगर प्रहरीका हवल्दार राजन भट्टराई र जनस्वास्थ्य महाशाखाकी प्राविधिक कमला घिमिरे पनि हुन् । सुरक्षा सेवामा भर्ना भएका भट्टराई कानुन महाशाखामा कार्यरत छन् । जनस्वास्थ महाशाखाकी प्राविधिक घिमिरे कार्यकारी प्रमुखको सचिवालयमा खरिदारको जिम्मेवारीमा छिन् । कर्मचारीलाई जथाभावी जिम्मेवारी दिइएको भन्दै महानगरको दलीय संयन्त्रसहितको नगरपरिषद्ले पटक–पटक पदअनुसार जिम्मेवारी तोक्ने निर्णय गरे पनि विभागीय प्रमुखले कार्यान्वयनमा बेवास्ता गर्दै आएको महानगर स्रोतले बतायो ।
‘कतिपय कुचिकार सुपरभाइजरलाई आफूअनुकूल वडाको प्राविधिक र प्रशासनिक काममा समेत खटाइएको छ,’ स्रोतले भन्यो, प्रमुखले आफन्त र अतिरिक्त आम्दानीमा विश्वासिला कर्मचारी खटाउने प्रवृत्ति पुरानै रहेको बताइन्छ ।
बगैंचा स्याहार्न भर्ना गरिएका २५ भन्दा बढी कर्मचारीहरू कार्यालय सहयोगी, दर्ता चलानी, सर्जमिनमा बस्ने र खटाइने गरेको छ । सबैभन्दा धेरै अस्तव्यस्त वातावरण विभागका प्रमुख ज्ञानेन्द्र कार्कीले पद अनुसारको जिम्मेवारीमा नखटाउँदा नियमित काममा अवरोध भएको हो ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply