हाकिमलाई लखेटेर लुम्बिनीमा लुट
काठमाडौं । डेढ महिनादेखि भइरहेको तराई बन्दले स्थानीय जनजीवन अस्तव्यस्त भएको छ । तर, तराई बन्दको फाइदा उठाउनेहरूले भने उठाइरहेकै छन् । अहिले बन्दको फाइदा उठाउँदै विश्व सम्पदा सूचीमा रहेको लुम्बिनी क्षेत्रभित्रका वन–जंगलको तीव्र रूपमा फँडानी भइरहेको छ ।
बुद्धको जन्मथलो लुम्बिनीभित्र रहेका साल र सिसौका रूखहरू कटानी गरेर सीमापारि पुर्याउने कार्यमा अहिले तराईमा आन्दोलित दलका व्यक्तिहरूका साथै लुम्बिनी विकास कोषका सुरक्षाकर्मी र कोषकै मातहतमा रहेको वनस्पति शाखाका कर्मचारीहरूको मिलेमतो रहेको बताइन्छ । भारतीय सीमानजिकै पर्ने लुम्बिनी क्षेत्रभित्रबाट
काटिएका रूखहरू भारतीय बजारका साथै नेपालभित्रकै फर्निचर पसलहरूमा समेत बिक्री गरिरहेको बताइन्छ ।
तराई आन्दोलन सुरु हुनेबित्तिकै असुरक्षाका कारण अहिले लुम्बिनीमा विकास कोषका पदाधिकारी रहेका छैनन् । कोषका पदाधिकारीहरू असुरक्षित भएकै कारण काठमाडौंको सम्पर्क कार्यालयमा आएर बसिरहेका छन् । लुम्बिनीमा कोषका पदाधिकारीहरू विगत डेढ महिनादेखि अनुपस्थित रहेपछि त्यहीभित्रका केही कर्मचारी र आन्दोलनकारीहरूको मिलेमतोमा रूख कटान गरेर बेच्ने गरिएको बताइन्छ । लुम्बिनी क्षेत्रभित्र व्यापक रूपमा रूख कटानी भएपछि स्थानीय प्रशासनको रोहवरमा केही दिनअघि आन्दोलनकारीहरूद्वारा लगाइएको ताला खोलिएको थियो । तर, प्रशासनले ताला खोलेकै भोलिपल्ट आन्दोलनकारीहरूले फेरि तालाबन्दी गरेका थिए । अहिले लुम्बिनीको मुख्य गेटमा तालाबन्दी भए पनि अरू गेटहरूबाट काटिएका रूख निकालेर बेच्ने गरिएको बताइन्छ ।
यसैबीच, कोषका उपाध्यक्ष भिक्षु निग्रोध, सदस्य–सचिव अजीतमान तामाङ र कोषाध्यक्ष ओम अर्याललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । कोषले राष्ट्रिय गौरवको आयोजनालाई अगाडि बढाउन पहल नगरेको, लुम्बिनीको विकासमा हेलचक्र्याइँ गरेको, पदपूर्ति व्यवस्थित गर्न नसकेको र मन्त्रालयसँग समन्वय नगरेको भन्दै पदाधिकारीहरूलाई स्पष्टीकरण सोधिएको हो । तीनै जना पदाधिकारीहरूले मन्त्रालयसमक्ष स्पष्टीकरण दिए पनि त्यति चित्तबुझ्दो नभएको बताइन्छ । चित्तबुझ्दो स्पष्टीकरण नआएपछि पदाधिकारीहरूलाई हटाउन मन्त्रालयले पहल गर्न लागिरहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply