बाबुरामलाई किन छाडे यिनले ?
काठमाडौं । संविधान निर्माण प्रक्रियामा भारतलाई उपेक्षा गरिएको भन्दै संसद्बाट राजीनामा दिएर हिँडेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराइले अन्तत: दुई वर्ष अघिदेखि भन्दै आएको ‘नयाँ शक्ति’ को घोषणा गरेका छन् । मधेसी नेताहरूको भीड जम्मा गरेर घोषणा गरिएको नयाँ शक्तिका पछाडि वर्षौंदेखि उनलाई साथ दिँदै आएका एमाओवादीका कैयौं नेताले साथ दिएनन् ।
एमाओवादी सचिव टोपबहादुर रायमाझी मात्र होइनन् विगतमा उनलाई जस्तोसुकै अप्ठेरो अवस्थामा पनि साथ दिँदै आएका नेताहरूले उनलाई चटक्कै छाडेका छन् । पश्चिममा बाबुराम गुटलाई बचाउने खगराज भट्ट, मधेसका खम्बा प्रभू साह र पूर्वको कमान्ड सम्हाल्दै आएका हेमराज भण्डारी र श्रीप्रसाद जगेबू पनि भट्टराईको नयाँ शक्तिले केही लछारपाटो नलगाउने निष्कर्षसहित एमाओवादीमै बसे । जबकि पछिल्लो समयमा नयाँ शक्ति गठनका सिलसिलामा भएका हरेक गोप्य भेलामा भण्डारी उपस्थित हुँदै आएका थिए । त्यसबाहेक भट्टराई गुटका भनेर बिल्ला लागेका देवी खड्का, अदालतले जन्म कैदको फैसला सुनाएका बालकृष्ण ढुंगेल, डोरप्रसाद उपाध्याय, देवीराज रेग्मीले पनि भट्टराईको साथ छाडे । जबकि प्रधानमनत्री भएका बेला सार्वजानिक रूपमा बदनाम हुँदाहुँदै पनि भट्टराईले ढुंगेलको मुद्दा फिर्ता लिने निर्णय मन्त्रिपरिषद्बाट गराएका थिए । तर, राष्ट्रपतिले निर्णय अनुमोदन नगरेपछि मुद्दा फिर्ता भएको थिएन । एमाओवादीका एक नेताले भने– ‘ढुंगेलका लागि भट्टराईले त्यत्रो गरे तर उनै ढुंगेलले अहिले भट्टराईलाई पत्याएनन् ।’ राम कार्की र चन्द्रप्रकाश खनालले त भट्टराइलाई एक वर्षअघि नै छाडिसकेका
थिए । भट्टराईनिकट पत्रकार ओम शर्मा र खिलबहादुर भण्डारीले पनि उनको नयाँ शक्तिलाई साथ दिएनन् । एमाओवादी स्रोतका अनुसार संसद्मा भट्टराई गुटका १२–१३ जना सांसद छन्, तर तिनीहरू कोही पनि उनका पछाडि लागेका छैनन् । नयाँ शक्ति घोषणा अभियानको समापन मंगलबार राजधानीको इन्द्ेरणी होटलमा पत्रकार सम्मेलन गरेर गरिएको थियो । पत्रकार सम्मेलनमा रामचन्द्र झा र देवेन्द्र पौडेललाई साथमा लिएर भट्टराईले पत्रकारहरूको जिज्ञासाको जवाफ दिएका थिए ।
भारतको भर
कम्युनिस्ट धरातल छाडेर उपेन्द्र यादव र अशोक राईको संघीय समाजवादी फोरमसँग एकताको हात फैलाएपछि हिजोसम्म पार्टीमा रहँदाका उनका समर्थक झन् बिच्किएको बताइन्छ । एमाओवादीमा रहँदासम्म पार्टीभित्रैबाट ‘भारतीय एजेन्ट’को उपनाम पाएका भट्टराईले अहिले संकटका बेला मधेसवादी दलको आन्दोलनलाई अदृश्य रूपमा सहयोग गरेर छन् । भोलि उनीहरूलाई नै जम्मा गरेर भारतसमेतको समर्थनमा राष्ट्रिय पार्टीको नेता बन्ने डिजाइनअन्तर्गत चलेको बताइन्छ । यही डिजाइनअन्तर्गत अहिले मधेसवादी नेतासँग उनको साँठगाँठ बलियो बन्दै गएको बुझिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply