विमानस्थलमा पनि महेशको पकड
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेपछि आनन्दप्रसाद पोखरेलले त्रिभुवन विमानस्थल सुधारका लागि केही गर्छु भनेर प्रयास गरिरहेका छन् । कहिले थाहै नदिएर छड्के गर्ने त कहिले सम्बन्धित अधिकारीहरू राखेर सातो टिप्ने काम गरिरहेका मन्त्री पोखरेलले जति प्रयास गरे पनि त्यहाँको सेटिङ भने भत्काउन नसक्ने निष्कर्ष निकालिसकेका छन् ।
अरूको त कुरै छोडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रमा अध्यागमन, सुरक्षा जाँच जस्ता सबै काम सकएपछि प्रतीक्षालयमा प्रवेश गर्दा त्यसको मुखैमा अस्वाभाविक रूपमा एउटा पसल छ । दुनियाँका कुनै पनि विमानस्थलमा त्यस्तो साँघुरो र सुरक्षाका दृष्टिले संवेदनशील ठाउँमा निजी पसल छैन । सामान्य रूपमा हेर्दा पनि यस्तो पसल यहाँ किन राखेको होला भन्ने जिज्ञासा स्वत: उठ्छ । नेपालमा स्काई मार्सल राख्न पटक–पटक असफल
प्रयास गरेको भारतीय पक्षले पनि उक्त पसल सुरक्षाका दृष्टिले अनुपयुक्त रहेको सूचना नेपाललाई बेलाबेलामा दिइरहेकै छ । मन्त्री पोखरेलले पनि हेर्नासाथ त्यो पसल हटाउन चाहेका रहेछन् । विमानस्थलका र नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूलाई बोलाएर उनले त्यो पसल हटाउन छलफल पनि गरे । तर, उनी त्यतिबेला झस्के, जब त्यो पसलका पछाडि आफूभन्दा पनि शक्तिशाली नेताको हात छ । खासमा त्यो पसल रहेछ, विमानस्थलमा ट्याक्सीदेखि पसलसम्मको बलियो सञ्जाल बनाएर वर्षौंदेखि पकड जमाएका सुवास श्रेष्ठको । त्यसमा पनि मन्त्री पोखरेललाई केही अपत्ति थिएन । तर, जब पसल हटाउने सुइँको चल्यो, तब मन्त्री पोखरेललाई एक जना चर्चित नेताको फोन आयो, अहिले त्यो पसल नहटाउनू ।
ती नेता थिए, जनता र पार्टी दुवै ठाउँबाट चुनाव हार्दा पनि मन्त्री बनेर दुनियाँलाई तीनछक पारिसकेका, जनताको बहुदलीय जनवादका रक्षकका रूपमा प्रचारित महेश बस्नेत । प्राय: बालुवाटारमा हुने बस्नेतले त्यसो भनेपछि मन्त्री पोखरेललाई थाहा भयो, अब विमानस्थलको कुनै पनि सेटिङ भत्काउन सकिन्न । बाहिर देखिने एकथरी भए पनि भित्री रूपमा त्यसका पछाडि शक्तिशाली व्यक्तिहरूको हात रहेछ भन्ने थाहा भएपछि उनले सम्बन्धित ठाउँमा त्यसको रिपोर्टिङ पनि गरिसकेका छन् । तर, महेश बस्नेत जस्तालाई साथमा नलिने हो भने अर्को चुनावमा उम्मेदवार बन्न पनि मुस्किल हुन्छ भन्ने ठानेका ती नेताले पनि खासै सुुनुवाइ नगरेपछि मन्त्री पोखरेल हच्किएको स्रोतले बतायो ।
पूर्व क्षेत्रको ठेक्कापट्टा, जग्गा कारोबार, बालुवागिटी जस्ता क्षेत्रमा पकड जमाएर चर्चामा आएका विराटनगरका परशुराम बस्नेतलाई संरक्षण गरेर देखाइदिएका महेश बस्नेत त्यसयता त्यस्ता मानिसहरूको आकर्षणका केन्द्र रहँदै आएका छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply