पूर्व पुगेर कार्यकर्ता भेटघाट
उदयपुर । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का नेता माधवकुमार नेपालले उदयपुर केन्द्रित भई पूर्व क्षेत्रका पार्टी कार्यकर्ता तथा जनतासँग भेटघाट गर्नुभएको छ । गत बिहीबार बेलुकी मोरङको विराटनगर, सुनसरीको इटहरी तथा धरान हुँदै उदयपुरको आउनुभएको उहाँ चार दिनको कार्यक्रम सकेर आइतबार राति काठमाडौं फर्कनुभएको छ ।
चार दिनको भ्रमणका क्रममा उहाँले गाईघाटमै तराईका जिल्ला सिरहा र सप्तरीका जिल्ला पार्टी अध्यक्षसहितका कार्यकर्ताहरूसँग पनि छलफल गर्नुभएको थियो । पहिलो दिन विराटनगरमा अवतरण गर्दा पार्टीका केन्द्रीय सदस्यहरूसहित कार्यकर्ताहरूद्वारा स्वागत गरेका थिए । विराटनगर विमानस्थलममै पत्रकार भेटघाट कार्यक्रम गरिएको थियो । सोही दिन बेलुकी नै इटहरीको होटल पीएनआरमा सुनसरी जिल्ला अध्यक्ष द्वारिकलाल चौधरीसहित कार्यकर्ता भेटघाट, धरान, पार्टी कार्यकर्ताहरूसँग भेटघाट गरेपछि राति ९ बजे धरानस्थित अस्पतालमा पुगी भारतीय सीमा सुरक्षा बलद्वारा गोली प्रहार गरी घाइते बनाइएका निर्दोष नेपाली युवाहरूको स्वास्थ्य स्थितिबारे जानकारी लिई स्वास्थ्यलाभको कामना कामना गर्नुभएको थियो ।
भोलिपल्ट उदयपुरको रामपुर, ठोक्सिलामा सहयोगी बचत तथा ऋृण सहकारीसहित स्थानीय जनताद्वारा विशेष स्वागत समारोह आयोजना गरिएको कार्यक्रममा सर्वदलीय ज्ञापनपत्र ग्रहण गर्दै उपस्थित समुदायलाई सम्बोधन गर्नुभयो । उहाँको सम्बोधन संविधान निर्माण, वर्तमान संकट, नेपाली समाजको शान्तिप्रिय संरचना, संविधान संशोधन, मधेसमा फैलाइएका भ्रमहरूको निवारणलगायतका विषयमा केन्द्रित थियो । सो कार्यक्रमपछि जिल्लाको रामपुर लालटारमा स्थानीय पार्टी कार्यकर्ता तथा जनताद्वारा आयोजित विशेष स्वागत ग्रहणमा सहभागी हुनुभयो । त्यसपछि बसाह पुगी नारदमुनी चोकको वर्खेडाँडामा रहेको नारदमुनी थुलुङको शालिकमा माल्यार्पण, बेल्टारमा पुगी पुष्पलालको शालिकमा माल्यार्पण गर्नुभयो । सोही दिन उहाँले े हँडिया गाउँ पार्टी कार्यालयमा कार्यकर्ता तथा स्थानीय जनताद्वारा स्वागत, कार्यकर्ताहरूसँग भेटघाट, जोगिदहमा श्री जनप्रेमी निमाविमा विद्यालयको भवन उद्घाटन, उक्त समारोहलाई सम्बोधन, गाईघाटमा प्रेस चौतारीद्वारा आयोजित पत्रकार भेटघाट तथा अन्तक्र्रियालाई सम्बोधन गर्नुभयो । प्रमुख जिल्ला अधिकारीसहित जिल्ला स्थित महत्त्वपूर्ण सरकारी कर्मचारीहरूसँग भेटघाट पनि सोही दिन भएको थियो । तेस्रो दिन उदयपुरकै कटारी गएर आयोजित कार्यकर्ता भेलासहितका कार्यक्रमहरूलाई सम्बोधन गर्नुभएको थियो ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply