प्रहरी बढुवामा अख्तियारको भिटो
काठमाडांै । नेपाल प्रहरीमा केही अधिकारीको दरबन्दी रिक्त भएपछि बढुवाका लागि चलखेल सुरु भएको छ । सरुवा–बढुवाका लागि नेताका घर धाउने प्रहरी अधिकारीहरू अहिले पनि अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा धाउन थालेका छन् ।
कार्की निवास धाउनेमा अख्तियारमा कार्यरत र यसअघि पनि त्यहाँ काम गरेकाहरू छन् । नेपाल प्रहरीमा अहिले ३ एसएसपी, ७ एसपी र २४ जना डीएसपीको पद रिक्त छ । ज्येष्ठता र कार्य सम्पादन मूल्यांकन दुवैलाई आधार मानेर बढुवा गर्ने चलन छ । अख्तियारमा बसेका प्रहरी अधिकारीले अन्य प्रहरीलाई प्रहरी नै होइन जस्तो व्यवहार गर्ने गरेको र बढुका लागि अख्तियार प्रमुख कार्कीलाई भन्ने गरेपछि अन्य प्रहरीहरू छटपटाउन थालेका छन् । एसपीबाट एसएसपीका लागि विकास श्रेष्ठ, ठाकुर ज्ञवाली, तारणी लम्साललगायतको चर्चा छ । यसैगरी, एसपीमा हृदय थापा, सुरेन्द्र मैनालीलगायत दौडमा छन् । डीएसपीका लागि भने रमेश थापा, राजकुमार बैदवार, डा. तपन दाहाल, कमुद ढुंगेललगायत छन् ।
प्रहरी प्रवक्ता डीआईजी कमलसिंह बमले छिटो दरबन्दी पूर्ति गरिने जानकारी दिए । उनले मर्यादाक्रममा रहेका नामबारे भने आफूलाई थाहा नभएकाले कर्मचारी प्रशासन शाखामा बुझ्न आग्रह गरे ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply