नयाँ डीजी कमाउनमै व्यस्त
काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक केदारबहादुर बोगटी विभाग आउन नपाउँदै कमाउधन्दामा लागेका छन् । यसअघिका डीजी भरत सुबेदीले विदेशमा रोजगारीका लागि जानेहरूलाई तालिम दिने संस्थाले दिइरहेको तालिममा गर्नुपर्ने अनुगमनलाई कडा पारेकामा बोगटी आएपछि फुक्का छोडिएको छ ।
बोगटीको प्रत्यक्ष निर्देशनमा अभिमुखीकरण तालिम प्रदायक संस्थामा हुने अनुगमनमा आँखा चिम्लिँदा अचेल दैनिक सयौंको संख्यामा प्रक्रिया नपुगेका कामदार सेटिङमा विदेश उड्ने गरेको बताइन्छ । अभिमुखीकरण शाखाका निर्देशक रमा भट्टराई र शाखा अधिकृत अर्जुन खतिवडाले विगतमा जस्तो अनुगमन गर्न छोडेका छन् । उनीहरूले गर्ने अनुगमन नगरिएपछि अहिले अभिमुखीकरण संस्थामा अनियमितताले सीमा नाघेको छ । विभागका तत्कालीन महानिर्देशक सुवेदी अवकाश भएपछि अहिले अभिमुखीकरण तालिम कक्षा नै नराखी कामदारहरूलाई प्रमाणपत्र बेच्ने गरेको बताइन्छ । विभागले वैदेशिक रोजगारीमा काम गर्न श्रम स्वीकृतिका लागि पुरुषका लागि १० घन्टा र महिलाका लागि ११ घन्टाको अभिमुखीकरण तालिम अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था गरेको छ ।
अभिमुखीकरण तालिमको सूची अनलाइनबाट विभाग तथा अन्तर्गत कार्यालयहरूमा अघिल्लो दिन पठाउने र तालिम लिनेको लिस्टमा नाम नहुनेको श्रम स्वीकृति सिस्टमले नै रोक्ने व्यवस्था गरिएको छ । तर, पछिल्ला दिनमा त्यति हुँदाहुँदै पनि दैनिक सयौं कामदार सेटिङबाट विदेश जाने र एयरपोर्टबाटै सेटिङ नमिलेको भन्दै फर्काइने क्रम जारी छ । विभागका महानिर्देशक बोगटी आफैंले अन्तर्गत कार्यालय, शाखा र व्यवसायीहरूलाई फोन गरेर सहयोग गर्नुपर्यो भन्दै अप्रत्यक्ष पैसा माग्ने गरेको एक व्यवसायीले बताए । त्यसो त काठमाडौं कार्यालयका प्रमुख मधुविलाश पण्डित गएपछि सो कार्यालय पनि लथालिंग भएको छ ।
केही दिनअघि विभागको काठमाडौं कार्यालयको व्यक्तिगत शाखाले दिन नमिल्ने स्वीकृति पैसा खाएर दिएपछि एक महिला एयरपोर्टबाट फिर्ता हुनुपरेको थियो । साउदी गएर आएको ती महिलालाई कुवेतका लागि श्रम स्वीकृति दिएपछि अन्तिम अवस्थामा फर्कनुपरेको थियो । त्यसो त महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आइतबार कागजपत्र नमिलाई सेटिङका आधारमा विदेश पठाउन लागिएका ५ कामदार पक्राउ
गरेको थियो ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply