गिरिराजले निकाले भगौडाको लफडा
काठमाडौं । शिक्षामन्त्री गिरिराज पोखरेलका कारण भगौडा सरकारी कर्मचारीको लफडा ब्युँतिने भएको छ । मन्त्री हुनासाथ पोखरेलले द्वन्द्वकालमा जागिर छोडेका शिक्षकलाई पुनर्बहाली गर्ने भन्दै प्रस्ताव अघि बढाएपछि प्रहरी र सेनाका भगौडाहरू पनि जुर्मुराउन थालेका छन् ।
स्रोतका अनुसार, माओवादी द्वन्द्वका बेला जागिर छाडेकाहरूलाई पुन:स्थापना गर्नका लागि एमाओवादीका तर्फबाट पहिलादेखि भइरहेको कोसिसलाई मन्त्री पोखरेलले अहिले मूर्त रूप दिन खोजेका हुन् । तर, त्यसका लागि अध्ययन गर्न आयोग बनाउने र आयोगको सिफारिसबमोजिम काम गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पुर्याइसकेका छन् । मन्त्री पोखरेलले बुधबारसँग भने– ‘मैले मेरो पहिलो क्याबिनेट प्रस्तावका रूपमा उक्त प्रस्ताव मन्त्रिपरिषद्मा दर्ता गरिसकेको छु ।’ उनले आफूभन्दा पहिला नै उक्त आयोग बनाइएको तर राजनीतिक परिवर्तनका कारण बीचैमा काम रोकिएका कारण प्रस्ताव अघि बढाइएको बताए ।
मन्त्री पोखरेलले आफ्नो पार्टी निकट मानिसहरूलाई फाइदा हुने गरी उक्त प्रस्ताव अघि बढाएको सत्तारुढ दलका शिक्षा सम्बद्ध एक नेताले बताए । उनका अनुसार, लडाइँका बेला शिक्षक पेसा छाडेर माओवादी आन्दोलनमा होमिएकाहरूलाई पुन:स्थापना गर्ने, उनीहरूको अहिलेसम्मको तलबभत्ता एकमुष्ट दिने र फाइदा पुर्याउने गरी प्रस्ताव आएका कारण त्यसमा सहमति हुने सम्भावना कम छ । उनले भने–‘यस्तो प्रस्ताव एकतर्फी रूपमा आएको छ, हामीसँग सल्लाह पनि भएको छैन ।’
राष्ट्रलाई ठूलो आर्थिक भार
मानौं, कुनै शिक्षकले ०५८ सालमा जागिर छाडेको रहेछ भने अहिले पुन:स्थापना गर्दा त्यसयताका १४ वर्षको तलबभत्ता सित्तैमा दिनुपर्ने हुन्छ । जबकि, यस अवधिमा उसले कुनै काम गरेको हुँदैन र उसको ठाउँमा सरकारले अर्को शिक्षक नियुक्त गरिसकेको छ । शिक्षा मन्त्रालयकै एक उच्च अधिकारीले भने, ‘यसबाट केही व्यक्तिलाई त फाइदा होला, समग्र मुलुकलाई ठूलो आर्थिक भार हुन्छ ।’
स्रोतका अनुसार, अर्थ मन्त्रालयले पनि यसबारेमा चासो राखेको छ । पहिला पनि कुरा उठेर फिर्ता भएको यो विषय अहिले मुलुक चरम आर्थिक संकटमा रहेको बेला आउनु नै अनुपयुक्त रहेको अर्थ मन्त्रालय स्रोतले बतायो । स्रोतले भन्यो–‘त्यसरी आउनु नै नहुने हो । मुलुुकको यस्तो आर्थिक अवस्था भएको बेला यसरी आउने प्रस्ताव स्वीकार गर्न सकिन्न ।’
सेना–प्रहरीका भगौडा सल्बलाए
द्वन्द्वका बेला ज्यान जोगाउनका लागि जागिर छाडेकाहरू शिक्षामन्त्री पोखरेलको उक्त प्रस्तावपछि जुर्मराएका छन् । पहिला पनि संघर्ष समिति बनाएर पुन:स्थापनाका लागि आन्दोलन नै गरेका उनीहरूले यदि भगौडा शिक्षकको पुन:बहाली भएमा त्यसैलाई आधार बनाउनै भए । एक मन्त्रीले बुधबारसँग भने–‘द्वन्द्वका बेला ज्यान जोगाउन जागिर छाडेका सेना–प्रहरी, शिक्षक र कर्मचारीलाई यसरी अतिरिक्त फाइदासहित पुन:स्थापना गर्ने हो भने संकटमा कसले किन राज्यलाई सहयोग गर्छ ? आखिर राज्यको रक्षा कसले गर्छ ?’
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply