गिरिराजले निकाले भगौडाको लफडा

काठमाडौं । शिक्षामन्त्री गिरिराज पोखरेलका कारण भगौडा सरकारी कर्मचारीको लफडा ब्युँतिने भएको छ । मन्त्री हुनासाथ पोखरेलले द्वन्द्वकालमा जागिर छोडेका शिक्षकलाई पुनर्बहाली गर्ने भन्दै प्रस्ताव अघि बढाएपछि प्रहरी र सेनाका भगौडाहरू पनि जुर्मुराउन थालेका छन् ।
स्रोतका अनुसार, माओवादी द्वन्द्वका बेला जागिर छाडेकाहरूलाई पुन:स्थापना गर्नका लागि एमाओवादीका तर्फबाट पहिलादेखि भइरहेको कोसिसलाई मन्त्री पोखरेलले अहिले मूर्त रूप दिन खोजेका हुन् । तर, त्यसका लागि अध्ययन गर्न आयोग बनाउने र आयोगको सिफारिसबमोजिम काम गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पुर्याइसकेका छन् । मन्त्री पोखरेलले बुधबारसँग भने– ‘मैले मेरो पहिलो क्याबिनेट प्रस्तावका रूपमा उक्त प्रस्ताव मन्त्रिपरिषद्मा दर्ता गरिसकेको छु ।’ उनले आफूभन्दा पहिला नै उक्त आयोग बनाइएको तर राजनीतिक परिवर्तनका कारण बीचैमा काम रोकिएका कारण प्रस्ताव अघि बढाइएको बताए ।
मन्त्री पोखरेलले आफ्नो पार्टी निकट मानिसहरूलाई फाइदा हुने गरी उक्त प्रस्ताव अघि बढाएको सत्तारुढ दलका शिक्षा सम्बद्ध एक नेताले बताए । उनका अनुसार, लडाइँका बेला शिक्षक पेसा छाडेर माओवादी आन्दोलनमा होमिएकाहरूलाई पुन:स्थापना गर्ने, उनीहरूको अहिलेसम्मको तलबभत्ता एकमुष्ट दिने र फाइदा पुर्याउने गरी प्रस्ताव आएका कारण त्यसमा सहमति हुने सम्भावना कम छ । उनले भने–‘यस्तो प्रस्ताव एकतर्फी रूपमा आएको छ, हामीसँग सल्लाह पनि भएको छैन ।’
राष्ट्रलाई ठूलो आर्थिक भार
मानौं, कुनै शिक्षकले ०५८ सालमा जागिर छाडेको रहेछ भने अहिले पुन:स्थापना गर्दा त्यसयताका १४ वर्षको तलबभत्ता सित्तैमा दिनुपर्ने हुन्छ । जबकि, यस अवधिमा उसले कुनै काम गरेको हुँदैन र उसको ठाउँमा सरकारले अर्को शिक्षक नियुक्त गरिसकेको छ । शिक्षा मन्त्रालयकै एक उच्च अधिकारीले भने, ‘यसबाट केही व्यक्तिलाई त फाइदा होला, समग्र मुलुकलाई ठूलो आर्थिक भार हुन्छ ।’
स्रोतका अनुसार, अर्थ मन्त्रालयले पनि यसबारेमा चासो राखेको छ । पहिला पनि कुरा उठेर फिर्ता भएको यो विषय अहिले मुलुक चरम आर्थिक संकटमा रहेको बेला आउनु नै अनुपयुक्त रहेको अर्थ मन्त्रालय स्रोतले बतायो । स्रोतले भन्यो–‘त्यसरी आउनु नै नहुने हो । मुलुुकको यस्तो आर्थिक अवस्था भएको बेला यसरी आउने प्रस्ताव स्वीकार गर्न सकिन्न ।’
सेना–प्रहरीका भगौडा सल्बलाए
द्वन्द्वका बेला ज्यान जोगाउनका लागि जागिर छाडेकाहरू शिक्षामन्त्री पोखरेलको उक्त प्रस्तावपछि जुर्मराएका छन् । पहिला पनि संघर्ष समिति बनाएर पुन:स्थापनाका लागि आन्दोलन नै गरेका उनीहरूले यदि भगौडा शिक्षकको पुन:बहाली भएमा त्यसैलाई आधार बनाउनै भए । एक मन्त्रीले बुधबारसँग भने–‘द्वन्द्वका बेला ज्यान जोगाउन जागिर छाडेका सेना–प्रहरी, शिक्षक र कर्मचारीलाई यसरी अतिरिक्त फाइदासहित पुन:स्थापना गर्ने हो भने संकटमा कसले किन राज्यलाई सहयोग गर्छ ? आखिर राज्यको रक्षा कसले गर्छ ?’
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
एनसेल प्रकरण छानविन गर्न समिति गठन
-
एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
-
प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
-
खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
-
दसैँका लागि आजदेखि नयाँ नोट सटही
-
आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply