गभर्नर कांग्रेस बन्दा डेपुटी अनिश्चित
काठमाडौं । नेपाली कांग्रेसभित्रकै दबाब थेग्न नसकेपछि नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवि नेपालले रिक्त दुई डेपुटी गभर्नरका लागि सिफारिस प्रक्रिया अगाडि बढाउन सकेका छैनन् । राष्ट्र बैंकका दुई डेपुटी गभर्नर खाली भएको हप्ता दिन पुगे पनि र डेपुटी नहुँदा आफूमा कार्यबोझ थपिए पनि कांग्रेसभित्रकै दबाबले गभर्नर निरीह देखिएका हुन् ।
बालश्रममा विद्यावारिधि गरेका गभर्नर डा.नेपालले कांग्रेस नेतृ सुजाता कोइरालाको सल्लाहकार हुँदै कोइराला समूहभित्र पहुँच बनाएर गभर्नर पद हत्याउन पुगेका थिए । अहिले डेपुटीमा एकजना कांग्रेसीलाई ल्याउनैपर्ने दबाब उनीमाथि कोइराला समूहले तीव्र रुपमा दिएपछि भने उनी अलमलमा परेको र समयमै डेपुटीको सिफारिस गर्न नसकेको बताइन्छ । दुईमध्ये एउटै डेपुटी कांग्रेसबाट नपर्दा कोइराला समूहबाट बहिस्कृत हुने त्रासले गर्दा अहिले गभर्नरले एउटा डेपुटी कांग्रेस निकटस्थलाई बनाउन लबिङ गरिरहेको बुझिएको छ । राष्ट्र बैंकका डेपुटी बन्ने लाइनमा रहेका कांग्रेस निकटस्थ कार्यकारी निर्देशकहरुमध्ये प्राय: सबै आकांक्षी रहे पनि पहिला भागबण्डा मिलेपछि मात्र व्यक्ति चयन गर्ने पक्षमा गभर्नर रहेको बुझिएको छ । उनले डेपुटीमा एकजना एमाले र एकजना कांग्रेसीलाई नै ल्याउनका लागि त्यहीअनुरुप सिफारिस गर्ने तयारी गरिरहेको पनि थाहा भएको छ ।
तर, गभर्नर कांग्रेसको रहेको हुँदा एमालेले भने दुइटै डेपुटी आफूले पाउनुपर्ने तर्क गर्दै आएका छन् । राष्ट्र बैंकलाई अगाडि बढाउन र अहिलेको वित्तीय चुनौतीहरुलाई चिर्न एमाले समर्थक कार्यकारी निर्देशकहरु अग्रपंक्तिमा रहेका हुँदा उनीहरुलाई नै जिम्मेवारी दिइनुपर्ने कुरा उठेको छ । तर, सत्ता साझेदार दल एनेकपा (माओवादी)ले पनि एउटा डेपुटी आफूले पाउनुपर्ने दाबी छाडेको छैन । कांग्रेसले एउटा डेपुटी पाउनुपर्ने अडान लिइरहेकै बेला एमाओवादीले पनि डेपुटीमा आँखा लगाएपछि गभर्नर नेपाल झनै तनावमा परेको बताइन्छ ।
अहिले डेपुटी गभर्नरका लागि चिन्तामणि सिवाकोटी, लक्ष्मीप्रपन्न निरौला, जनकबहादुर अधिकारी, महेश भट्टराई, भीष्मराज ढुंगाना, डा.मीनबहादुर श्रेष्ठ, नरबहादुर थापा, शिवनाथ पाण्डे, विनोद आत्रेय, शिवराज श्रेष्ठ, त्रिलोचन पंगेनी, प्रदीपराज पाण्डे, हरिप्रसाद काफ्ले, राजनविक्रम शाह, शंकरप्रसाद आचार्य र नारायप्रसाद पौडेल लाइनमा रहेका छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply