सीपीलाई कसरी पट्याए यिनले ?
काठमाडौं । ‘समयले जिम्मेवारी थपिदिएको महसुस भएको छ ।’ उपप्रधानमन्त्री तथा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री सीपी मैनालीले स्वकीय सचिवमा पत्याएलगत्तै भरतमणि ज्ञवालीले आफ्नो फेसबुक स्ट्याटसमा यस्तै लेखे । स्वकीय सचिव भएको नाताले उपप्रधानमन्त्री मैनालीले मन्त्री क्वार्टरमा गरेको झन्डोत्तोलनको तस्बिर राखेर पनि उनले भव्य प्रचार प्रसार गरे । तर, अहिले नेकपा (माले) भित्र भने ज्ञवालीको नियुक्तिलाई लिएर हलचल पैदा भएको छ ।
मालेका कतिपय कार्यकर्ताहरुले पार्टीभित्र सक्षम व्यक्तिहरु हुँदाहुँदै विवादास्पद पृष्ठभूमिका ज्ञवालीलाई किन स्वकीय सचिवमा नियुक्त गरियो भनेर प्रश्न उठाउने गरेका छन् । कुनै समय गैरकानुनी मानिने नेटवर्किंग व्यवसाय सन्चालन गर्ने ज्ञवालीलाई मन्त्री मैनालीले आर्थिक उठ्तीपुठ्ती र चलखेल गर्न सक्ने
क्षमता भएकै कारण मालेभित्र अरु सक्षम व्यक्तिहरु हुदाहुदै स्वकीयमा नियुक्त गरेको बताइन्छ । ज्ञवालीले पनि मन्त्री मैनालीको इच्छा र निर्देशनअनुरुप काम गरिरहेको बताइन्छ ।
केही दिनयता भने ज्ञवाली समाजवादी पार्टीका अध्यक्ष तथा सहरी विकास मन्त्रालय टुक्र्याएर बनाइएको खानेपानी तथा सरसफाई मन्त्री बनेका प्रेमबहादुर सिंहबाट भने पूरै तर्किने गरेको बताइन्छ । किनकि, ज्ञवाली केही वर्ष पहिलेसम्म सिंहकै पार्टीको केन्द्रीय सदस्य थिए । ललितपुरको जावलाखेलमा रहेको सिंहको पार्टी कार्यालयमा बसेर चलखेल गर्ने ज्ञवालीलाई उनको कार्यशैलीप्रति असन्तुष्ट रहेका हुदा सिंहले बेवास्ता गर्दै आएका थिए । आफूप्रति सिंहले बक्रदृष्टि राखेको थाहा पाएपछि उनी ठूलो अवसर र भाग पाउने अपेक्षा राखेर मालेमा गएका हुन् । मालेमा गएको केही वर्षमा नै अध्यक्ष मैनालीलाई प्रभावमा पारेका उनले अन्तत: मैनालीकै स्वकीय सचिव पड्काउन पुगेको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply