निजामतीमा चुनावी चटारो
काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनको नवौं राष्ट्रिय अधिवेशनको चहलपहल सुरु भएको छ । आगामी फागुन २७ देखि २९ सम्म नेपालगन्जमा अधिवेशन तय भएको छ । अधिवेशनको मिति नजिकिँदै जाँदा कर्मचारीका नेतालाई चुनावी रन्कोले छोएको छ । अधिवेशनका लागि दुई धारका कर्मचारीहरू चुनावी प्रतिस्पर्धामा छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालपक्षधरहरूले समूहबन्दीका आधारमा उम्मेदवारी दिने तयारी गरेको बताइन्छ । त्यसका लागि नेताहरू देश दौडाहमा लागेका छन् ।
संगठनले दसौं अधिवेशनका लागि ‘संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकारसहितको ट्रेड युनियन हाम्रो अभियान’ भन्ने नारा तय गरेको छ ।
अध्यक्षका लागि महासचिव मोहन घिमिरे र वरिष्ठ उपाध्यक्ष केदार देवकोटाबीच प्रतिस्पर्धा हुने बताइन्छ । महासचिव घिमिरेको संगठनमा राम्रो पहुँच भएको र हराउन नसक्ने सम्भावना देखिएपछि वर्तमान अध्यक्ष पुण्य ढकाललाई अध्यक्षमा दोहोर्याएर देवकोटालाई पुन: वरिष्ठ उपाध्यक्षमै सीमित गराउने तयारी पनि सुरु भएको छ ।
हाल १ सय १ सदस्यीय केन्द्रीय कमिटी रहेकामा प्रान्तीय संरचना, समावेशी नेतृत्व र श्रेणीविहीन समेतलाई पदाधिकारी थपी केन्द्रीय कमिटीको आकार बढाउने गरी विधान परिवर्तनको तयारीसमेत भएको छ ।
यस पटक घिमिरे समूहबाट वरिष्ठ उपाध्यक्षमा सिन्धु पाण्डे तथा उपाध्यक्षमा मञ्जु कोइराला, भुवन राई, ईश्वरी ढकाल मेघदेव पन्त, खेमलाल अधिकारी, मोहन गिरी, घनश्याम सापकोटा, राजेन्द्र सुबेदी, शेखरनाथ दाहाल, मुकुन्द पराजुली, राधिका ढकाल, सुबेदार यादव, राजकुमार दास, छत्रबहादुर साह, रामहरि शर्मा, राजेन्द्र श्रेष्ठलगायतको चर्चा छ ।
यसैगरी, अर्को समूहबाट उपाध्यक्षमा लक्ष्मण खड्का, भवानी दाहाल, हरि जिरेल, मंगलराम दराई, केशव जोशीलगायतको चर्चा छ ।
संगठनको प्रभावशाली महासचिव पदमा भने ओली समूहबाट वर्तमान सचिव तथा प्रचार विभाग प्रमुख गंगाबहादुर सुनुवार तथा नेपाल समूहबाट रेवन्त गौतम चर्चामा छन् ।
यसैगरी, सचिवमा चेतनाथ न्यौपाने, रामचन्द्र अधिकारी, रमेश भण्डारी केशव चन्द, छबिन्द्र बेल्बासे, शान्ति लुइँटेल, खड्ग पौडेल, भवानी खतिवडा, डिल्ली दाहाल, जयराम श्रेष्ठ, हरिकाजी राई, सीताराम घिमिरे र राजन बीसीको चर्चा छ ।
यता, विचार समूहका हिसाबले माधव नेपाल निकट रहेका उपत्यका उपाध्यक्ष लेखनाथ कोइराला संगठनमा भने ढकाल समूहको पक्षमा उभिएका छन् । उनको यो व्यवहारले आफ्नै समूहभित्र समस्या पारेको बताइन्छ ।
सम्बन्धित समाचार
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
Leave a Reply