‘जाँडमा किरा परेजस्तो हो र देश बनाउने कुरा ?’
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अहिलेको अभावलाई केही समयभित्रै हटाएर मुलुकलाई नयाँ योजनाका साथ आधुनिकतातिर लैजाने बताएका छन् । तर, आधुनिकतातर्फ लैजान योजना सुनाउँदा आफूलाई हास्य कलाकारसँग तुलना गरेर उडाउने गरिएको भन्दै प्रधानमन्त्री ओलीले गुनासो पनि गरे ।
नेपाल प्रज्ञा प्रतिष्ठानको ३०औं प्राज्ञसभालाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनजीवनको अहिलेको अभाव र कष्ट आफूलाई थाहा भएको उल्लेख गर्दै अहिले दु:ख छ भनेर आफू लमतन्न परेर नसुत्ने र अरूलाई पनि सुताइ नदिने बताए । उनले भने– ‘संकट समाधानका लागि केही समय लाग्ला तर, के देशलाई आधुनिक बनाउँछु भन्दा जिब्रो नै थुतौंला झैं गर्नुपर्छ ? मैले काम गर्छु पनि भन्न हुँदैन, यति वर्षभित्रमा लोडसेडिङ अन्त्य गर्छु, भन्न पनि हुँदैन’– प्रधानमन्त्रीले भने– ‘केही समय दिनुस् आधुनिक देश बनाउँछु भनेर योजना सुनाउँदा जिब्रो नै थुतौंलाझैं गरिएको उल्लेख गर्दै ओलीले भने– ‘जाँडको घ्याम्पामा सातै दिनमा किरा परेजस्तो आजको भोलि हुने त होइन नि ! एउटा बच्चा जन्मन त गर्भाधान भएपछि नौ महिना लाग्छ ।’
आफूसँग काम गर्ने योजना रहेको बताउँदै ओलीले कसैलाई चित्त नबुझे पनि देश र जनताका लागि काम गर्ने अवसरको उपयोग गर्ने बताए । तर, योजना छ भन्दैमा एक्लै गर्न खोज्यो भने सेकुवा बनाइदिने रहेछन् भनेर पनि उनले
कटाक्ष गरे । आफू सामान्य परिवारबाट आएको हुनाले पदमा बसुन्जेल बिनालोभलालच काम गर्ने उल्लेख गर्दै उनले भने– ‘प्रधानमन्त्रीका रूपमा आफूले पाएको यो अवसरलाई देश र जनताका लागि उपयोग गरेरै छाड्छु ।’
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply