हरेक वर्ष बिक्रीदर बढ्दै गएको छ

नेपालको अटोमोबाइल क्षेत्रमा सिप्रदी ट्रेडिङको बेग्लै छाप रहेको छ । अधिकांश ग्राहकले सिप्रदीप्रति विश्वास र भरोसा राख्दै आएका छन् । बजार विस्तारीकरणदेखि बिक्रीपछिको सेवामा पनि कमाएको विश्वसनीयताले नै अहिलेसम्म प्रतिस्पर्धी बजारमा टिक्ने सौभाग्य सिप्रदीले पाएको हो । लामो समयदेखि अटोमोवाइलमा दक्षता राख्दै आएको सिप्रदीले पछिल्ला वर्षहरूमा भने हेभी उपकरणहरू पनि भित्र्याएर बिक्री गर्न थालेका छन् । सिप्रदी अर्थमुभर्स प्रा.लिका हेभी इक्विपमेन्ट सेल्स तथा मार्केटिङ प्रमुख देवेन्द्र श्रेष्ठ भन्छन्– ‘टाटा हिटाचीका मेसिनहरू नेपालमा पहिलादेखि नै आइरहेका थिए । यसका मेसिनहरू ३५ वर्षदेखि भारतमा उत्पादन हुँदै आइरहेको छ । तर, नेपालमा चाहिँ हामीले सन् २००९ बाट यसको आधिकारिक बिक्री गर्न थालेका हौं ।’
टाटा हिटाचीका मेसिनहरू भारतमा उत्पादन हुनै थालेको ३५ वर्षभन्दा बढी समय भइसक्यो । सन् १९६१ देखि भारतमा निरन्तर रूपमा उत्पादन हुन थालेयता यसले एसियाली मुलुकहरूमा आफ्नो वर्चस्व कायम राख्दै आएको छ । सन् १९८४ देखि जापानको हिटाची कम्पनीसँग संयुक्त लगानीमा सुरु गरेयता यसका मेसिनहरूले बजारमा राम्रो छाप छोड्दै आएका छन् । तर, नेपालमा भने विगत सात वर्षदेखि मेसिनहरू बिक्री गर्दै आइरहेको बताउँदै श्रेष्ठ भन्छन्– ‘हामीले नेपालमा सात वर्षदेखि मेसिनहरू बिक्री गर्दै आएका छौं । सामान्यतया, नेपाली बजारमा व्याकहो लोडर र २० टनको स्काभेटर बढी मात्रामा बिक्री हुन्छ । टाटा हिटाचीको उत्पादन क्षमताचाहिँ २ टनदेखि लिएर १२० टनसम्मको स्काभेटरको तह छ । हामीसँग सोयल कम्प्याक्टर, व्हिल लोडर, मोटर ग्रेडरजस्ता उपकरणहरू छन् । नेपालमा चाहिँ हामीले सुरुमा व्याकहो लोडर र स्काभेटरको बिक्री गर्यौं । अहिले हामीले सोयल कम्प्याक्टर पनि नेपालमा भित्र्याएका छौं ।’
हरेकले आफ्नो कम्पनीको मेसिनको विशेषताबारे धेरै नै बयान गर्ने गर्दछन् । तर, सिप्रदीले बिक्री गर्दै आएको टाटा हिटाचीका मेसिनहरू कुन विशेषताले भरिपूर्ण छन् त ? श्रेष्ठ भन्छन्– ‘भारतमा स्काभेटरको बिक्रीमा हामी पहिलो नम्बरमा छौं । त्यही भएर हामी स्काभेटरमा नै बढी केन्द्रित छौं । सबभन्दा सानो २ टनदेखि सबैभन्दा ठूलो १ सय २० टनसम्मको मेसिन उत्पादन गर्ने कम्पनी भनेको हाम्रो नै हो । हाम्रो मेसिनमा जापानको उच्च प्रविधि प्रयोग गरिएको छ । हिटाची ब्रान्डको हिसाबले पनि पुरानो र संसारकै पहिलो नम्बरमा आउने मेसिन हो । यसको सम्पूर्ण प्रविधि हामीले टाटा हिटाची मेसिनमा र सबै सामग्रीहरू पनि प्रयोग गरेका छौं ।’
त्यसो त, कुनै पनि मेसिनको टिकाउको लागि इन्जिन र फ्युल पम्पले प्रभावकारी भूमिका खेलेको हुन्छ । टाटा हिटाचीका मेसिनहरूमा चाहिँ कुन इन्जिन र फ्युल पम्प प्रयोग गरिएको छ त ? प्रमुख श्रेष्ठको कथन छ– ‘स्काभेटरको हाम्रो तह धेरै नै छ । २ टनदेखि लिएर त्योभन्दा माथिसम्म छ । भ्ह् र श्ह् गरी दुई शृंखलामा आउँछन् । भ्ह् शृंखलामा खासगरी भारतकै टाटाको इन्जिन हुन्छ । श्ह् सिरिजमा चाहिँ ६० प्रतिशतभन्दा बढी सामान जापानबाटै आएका हुन्छन् । यसमा सक्कली हिटाचीमा जुन सामान प्रयोग गरिएका हुन्छन्, त्यही सामान नै प्रयोग गरिएको हुन्छ । हामीले मेसिनमा अहिले पनि इनलाइन पम्प प्रयोग गरिरहेका छौं । व्हिल लोडरमा रोटरी पम्पबाहेक अरूमा इनलाइन पम्प नै प्रयोग हुन्छ ।
नेपालमा सबभन्दा ठूलो ३७ टनको मेसिन हामीले प्रयोग गरेका छौं । हाम्रा मेसिनहरू प्राय: हाइड्रोपावर र सिमेन्ट उद्योगहरूले प्रयोग गरेका छन् ।’
सात वर्षको दौरानमा १ सय ५० भन्दा बढी मेसिन बिक्री भइसकेको छ । तर, व्याकहो लोडरसमेत गर्दा भने २ सयभन्दा बढी मेसिन बिक्री भइसकेको श्रेष्ठले बताए । विश्वकै राम्रो ब्रान्डको रूपमा रहेको टाटा हिटाचीका मेसिनहरू नेपालबाहेक कुन–कुन देशहरूमा बिक्री हुँदै आएका छन् त ? श्रेष्ठ भन्छन्–‘यसमा दुई खालका एउटा, हिटाची र अर्को टाटा हिटाची मेसिन छन् । जापानको हिटाचीले चाहिँ ४० भन्दा बढी देशमा आफ्नो मेसिन बिक्री वितरण गर्दै आएको छ । टाटा हिटाचीमा ६० प्रतिशत सेयर चाहिँ हिटाचीको र ४० प्रतिशत चाहिँ टाटाको रहेको छ । विगत दुई वर्षदेखि हिटाचीकै धेरै सेयर रहँदै आएको छ । तसर्थ, सामान र प्रविधि मात्र होइन, कम्पनी नै हिटाचीको नै भइसकेको छ ।
अहिले भारतमा उत्पादन भएका मेसिन नेपाल, साउदी अरेबियन मुलुकहरू, अफ्रिकी मुलुकहरू, बंगलादेश र भुटानमा बिक्री हुँदै आएका छन् । अरू मुलुकहरूमा पनि अब विस्तारै भारतबाटै निर्यात हुँदै जानेछ ।’
कुनै पनि उपकरण बिक्रेताले वार्षिक रूपमा संख्यात्मक रूपले ‘यति मेसिन बिक्री गर्ने’ भन्ने लक्ष्य राखेको हुन्छ । कतिपय बिक्रेताहरू लक्ष्यमा सफल हुन्छन्, कतिपय असफल । तर, टाटा हिटाचीको स्थिति चाहिँ के छ त ? प्रमुख श्रेष्ठले थपे– ‘हामीले करिब १ सयको हाराहारीमा मेसिन बेच्ने लक्ष्य राखेका छौं । गत वर्ष हाम्रो बिक्री उत्साहप्रद रह्यो । यो वर्ष भने बन्द, हड्तालजस्ता कारणहरूले गर्दा बिक्रीमा अलि सहज भइरहेको छैन ।’ नेपालमा कस्ता मेसिनहरू आइरहेको छ भन्नेबारे उनले बताए– ‘पहिला, व्याकहो लोडर भनेर आउँथ्यो । अहिले जापानीहरूले कम्पनी लिएपछि भने प् ८६ भनेर आउँछ । यसको माग अहिले केही बढेर गएको छ । ३१५ ख् को मोडेल, टेक्लोलोजी र कलरहरूमा परिवर्तन गरेर ल्याइएको छ ।’
टाटा हिटाचीका मेसिनहरूको नेपालमा बिक्रीदर चाहिँ कस्तो छ ? श्रेष्ठ भन्छन्–‘सन् २००९ भन्दा अघि नेपालको बजार निकै राम्रो थियो । त्यसपछि केही वर्ष त्यति राम्रो नभए पनि गत वर्षदेखि भने बजार माथि उठ्न थालेको हो । तर, हामी चाहिँ सुरुदेखि नै एउटै गतिमा अगाडि बढ्दै गयौं । कुनै हतार नगरीकन, बिक्रीपछिको सेवामा ध्यान दिइकन अगाडि बढिरह्यौं । कुनै कम्पनीको कुनै वर्षको व्यापार शून्य नै हुन्छ । तर, हाम्रो भने हरेक वर्ष एउटै गतिमा बिक्री हुँदै आएको छ ।’ आफूहरूले बिक्रीपछिको सेवामा कुनै कन्जुस्याइँ नगरेको पनि उनले बताए–‘सिप्रदी एउटा राम्रो ब्रान्ड भएकाले पहिलादेखि नै हामीले सेवा र पार्टस्मा नै ध्यान केन्द्रित गर्दै आयौं । हामीले दुई चार महिना बिक्री नै रोकेर सेवा र पार्टस्मा ध्यान दिने काम पनि गर्यौं । सन् २००९ मा स्थापना गर्दा हामीले चार वटा सर्भिस ट्रक राखेर उद्घाटन गरेका थियौं । बिक्रीमा भन्दा सर्भिसमा धेरै मानिस राखेर हामीले यो कम्पनी सुरु गरेका हौं । सिप्रदी अर्थमुभर्सको आफ्नै सर्भिस केन्द्र पोखरा, बुटवल, वीरगञ्ज, काठमाडौं, नेपालगञ्ज र इटहरीमा रहेका छन् । ती ठाउँहरूमा हाम्रो आफ्नै जनशक्ति छ । अहिले मेसिनको संख्या पनि बढेको हुँदा थप जनशक्तिसमेत थपेका छौं । हाम्रो आफ्नै सञ्जाल रहेको छ ।’
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
एनसेल प्रकरण छानविन गर्न समिति गठन
-
एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
-
प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
-
खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
-
दसैँका लागि आजदेखि नयाँ नोट सटही
-
आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply