अब हप्तैपिच्छे अनौपचारिक ‘क्याबिनेट’
काठमाडौं । सरकारको नेतृत्व सम्हालेको चार महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अनौपचारिक क्याबिनेट’ बस्ने अनौठो प्रचलन सुरु गरेका छन् । निर्वाचित भएको ठीक चार महिना अर्थात् १ सय २० दिनपछि गत आइतबारबाट प्रधानमन्त्री ओलीले हप्तैपिच्छे ‘अनौपचारिक क्याबिनेट’ बैठक बस्ने प्रचलनको सुरुवात गरेका हुन् ।
अनौपचारिक क्याबिनेट एजेन्डाविहीन हुने कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री अग्नि खरेलले जानकारी दिए । ‘औपचारिक क्याबिनेटमा निर्धारित एजेन्डाबाहेकका विषयमा छलफल गर्न नमिल्ने भएकाले प्रधानमन्त्रीको आह्वानमा बैठक बस्न थालिएको हो,’ खरेलले भने, ‘बैठकमा सरकारको काम कस्तो भइरहेको छ, मन्त्रालयहरूका योजना, समस्या, मन्त्रीहरूका गुनासा, कमीकमजोरीलगायतमा छलफल गरिनेछ ।’ मन्त्रीहरूलाई बोलाएर प्रधानमन्त्रीले छलफल गर्ने कुरा सामान्य भए पनि सबै मन्त्री
अर्थात् ‘फुल क्याबिनेट’ मा कुनै निर्णय नहुने गरी हप्तैपिच्छे छलफल गर्ने प्रचलन भने प्रधानमन्त्री ओलीले नै सुरु गरेका हुन् ।
स्रोतका अनुसार आइतबारको अनौपचारिक क्याबिनेटमा आसन्न भारत भ्रमण, भ्रमण तयारीका लागि अर्थमन्त्री विष्णु पौडेलले भारत भ्रमणमा गर्ने कुराकानी, अघोषित नाकाबन्दीदेखि मन्त्रीहरूको फजुल विदेश भ्रमण, विभिन्न कार्यक्रममा मन्त्रीहरूको फजुल सहभागितालगायत विभिन्न विषयमा छलफल भएको थियो । त्यसक्रममा मन्त्रीहरूले आ–आफ्ना मन्त्रालयका योजना र कामकारबाही प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’ गरेका थिए । त्यस्तै, प्रधानमन्त्री ओलीले जनताले अनुभूत गर्ने गरी प्राथमिकताका आधारमा काम गर्न तथा सरकारको प्रतिष्ठा माथि उठाउन मन्त्रीहरूलाई निर्देशन दिएका थिए । ‘संयुक्त सरकार भएकाले मन्त्रिपरिषद्को औपचारिक बैठकमा असमझदारी उत्पन्न नहोस्, आपसी समन्वयका आधारमा सरकार अझ मजबुत बनोस् भन्नका लागि प्रधानमन्त्रीले अनौपचारिक क्याबिनेट बसाल्ने प्रचलन सुरु गर्नुभएको रहेछ,’ एक मन्त्रीले भने । ती मन्त्रीका अनुसार अबदेखि हरेक हप्ता यस्तो बैठक आयोजना हुनेछ । आइतबारको बैठकमा भने विज्ञान तथा प्रविधि मन्त्री विश्वेन्द्र पासवानको तीन साताअघिको अनौपचारिक भारत भ्रमणजस्तो विषयले गलत सन्देश गएकाले आइन्दा मन्त्रीहरूले भ्रमण स्वीकृति लिएर मात्रै जानुपर्नेलगायतका विषयमा कुराकानी भएको थियो ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply