भावी प्रधानन्यायाधीशका लागि बार्गेनिङ
काठमाडौं । सात वर्षपछि सर्वोच्च अदालतको प्रधानन्यायाधीश कसलाई बनाउने भन्नेबारे कानुन मन्त्री अग्नि खरेल र प्रधानन्यायाधीश कल्याण श्रेष्ठबीच बार्गेनिङ हुँदा सर्वोच्चमा रिक्त न्यायाधीशको अझै पदपूर्ति हुन सकेको छैन ।
प्रधानन्यायाधीश श्रेष्ठले आगामी वैशाख १ गते अवकाश पाउँदै छन् । त्यसपछि रोलक्रमअनुसार न्यायाधीश सुशीला कार्की प्रधानन्यायाधीश हुनेछिन् । कार्कीपछि न्यायाधीश चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीश हुनेछन् । २०७९ सालमा चोलेन्द्रले पनि अवकाश पाएपछि अहिले नियुक्त हुने न्यायाधीशले प्रधानन्यायाधीश हुने अवसर पाउँछन् । त्यसका लागि प्रधान न्यायाधीश श्रेष्ठले पुनरावेदन अदालतका मुख्य न्यायाधीश विश्वम्भर श्रेष्ठलाई सर्वोच्चको वरिष्ठ न्यायाधीश बनाएर प्रधानन्यायाधीशको लाइनमा राख्न चाहेका छन् । तर, कानुन मन्त्री खरेलको चाहना आफ्ना व्यावसायिक मित्र हरिकृष्ण कार्कीलाई सर्वोच्चको वरिष्ठ न्यायाधीश बनाएर चोलेन्द्रपछिको प्रधानन्यायाधीशको लाइनमा राख्ने चाहना छ । मन्त्री खरेल र प्रधानन्यायाधीश श्रेष्ठबीचको यही स्वार्थ बाझिँदा अझैसम्म रिक्त न्यायाधीशमा नियुक्ति हुन नसकेको हो । मन्त्री र प्रधानन्यायाधीशबीच कुरा नमिलेका कारण प्रधानन्यायाधीश श्रेष्ठ बहालमै रहँदा न्यायाधीश नियुक्तिको सम्भावना न्यून रहेको स्रोतले बतायो । कार्कीलाई भावी प्रधानन्यायाधीशको लाइनमा राख्ने यो सेटिङ सफल भए प्रधानन्यायाधीश श्रेष्ठले बनाउन चाहेका विश्वम्भर पनि सात महिनाका लागि प्रधानन्यायाधीश हुनेछन् । मन्त्री खरेलले कानुन व्यवसायीका तर्फबाट कार्कीलाई न्यायाधीश बनाउन खोजेका हुन् ।
अहिले सर्वोच्चमा १० न्यायाधीश खाली छन् । जसमा चार जना कानुन व्यवसायीका तर्फबाट नियुक्त हुनेछन् भने बाँकी ६ पुनरावेदनमा मुख्य न्यायाधीशहरूको तर्फबाट । पुनरावेदनको तर्फबाट नियुक्त न्यायाधीशहरूले उमेरका कारण पनि अवकाश पाउने हुनाले कानुनव्यवसायीको तर्फबाट जसलाई न्यायाधीश बनाए पनि ऊ प्रधानन्यायाधीश हुनेछ । कानुन न्यायाधीशका तर्फबाट सर्वोच्चको न्यायाधीश हुने दौडमा कार्कीबाहेक प्रकाश राउत, डा. युवराज संग्रौलालगायत छन् ।
एकातिर मन्त्री र र प्रधानन्यायाधीशको स्वार्थ नमिल्दा एकातिर १० जना न्यायाधीशको नियुक्तिको काम अड्किएर बसेको छ भने अर्कातिर सर्वोच्चमा विचाराधीन मुद्दाहरूको संख्या बढेको बढ्यै छन् । सर्वोच्च अदालतका प्रवक्ता नकुल सुवेदीका अनुसार माघ ३० गतेसम्ममा विचाराधीन मुद्दाको संख्या २१ हजार ५ सय ९२ पुगिसकेको छ । तर एक दिनमा सर्वोच्चमा पाँचभन्दा बढी इजलास खडा नै हुँदैनन् । एउटा इजलासले कुनै दिन त एउटा मुद्दाको पनि किनारा लगाउँदैनन् । प्रधानन्यायाधीशमा नियुक्त हुँदा मुद्दा फस्र्योटलाई तीव्रता दिने र कार्यसम्पादन चुस्त राख्ने गफ दिएका श्रेष्ठको कार्यकाल गफ लगाएरै बित्ने भएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply