कल्याणकारीमा आफूअनुकूल हेरफेर
काठमाडौं । नेपाल प्रहरीको कल्याणकारी कोषअन्तर्गतका कर्मचारीहरूमा व्यापक रूपमा हेरफेर गरिएको छ । प्रशासनका एआईजी रमेशशेखर बज्राचार्य र कल्याणकोष इन्चार्ज एसएसपी लव विष्टले अकस्मात् कोषअन्तर्गतका कर्मचारीहरूमा करौंती चलाएका हुन् ।
पहिलो चरणमा उनीहरूले कोषअन्तर्गतका पेट्रोल पम्पमा कार्यरत आठ जना भूतपूर्व प्रहरी कर्मचारीलाई १५ दिने बिदा दिँदै त्यसपछि अवकाश दिने गरी पत्र थमाएको बताइएको छ । यसरी पत्र बुझ्नेमा लोकहरि खनाल, प्रेम थापा, टेकबहादुर कार्की, रामबहादुर भुजेल, खिलबहादुर राना, विष्णु उप्रेती, रामप्रसाद सापकोटा र कृष्ण सेन रहेका छन् । पहिलो चरणमा एसएसपी विष्टले नक्सालस्थित प्रहरी पेट्रोलपम्प र सामाखुसीस्थित प्रहरी पेट्रोल पम्पमा कार्यरत कर्मचारीहरूलाई करौंती लगाएका हुन् । दुवै पम्पबाट ती कर्मचारीहरूले पर्याप्त कमाइ गरेको तर आफूलाई बुझाउन भने नल्याएको आरोप लगाउँदै अकस्मात् रूपमा अवकाश दिने निर्णयमा विष्ट पुगेको बताइन्छ । पाँच वर्षका लागि करारमा भर्ती गरिएका ती कर्मचारीहरूमध्ये अधिकांश पुराना, अनुभवी र लाइन मिलाउन सिपालु मानिन्थे ।
अधिकांश भूतपूर्व कर्मचारीहरूले नै नेपाली सेनाको कल्याणकारी कोषअन्तर्गतका व्यवसायमा भूमिका निर्वाह गर्दै आइरहेकोमा प्रहरी कल्याण कोषअन्तर्गतका व्यापारमा पनि भूतपूर्व प्रहरीले नै लामो अवधिदेखि काम गर्दै आएका थिए ।
त्यसो त नक्साल पम्पको इन्चार्ज बहालवाला इन्स्पेक्टर चिन्तामणि बुढाथोकी र सहइन्चार्ज अच्यूत पौडेल छन् भने सामाखुसीस्थित पम्पका इन्चार्जमा लक्ष्मण खड्का र सहइन्चार्जमा पदम बराम रहेका छन् । सामाखुसीका इन्चार्ज रहेका लोकहरि खनालले एसएसपी विष्टको माग पूरा गर्न नसकेपछि उनलाई फेरिएको प्रहरी वृत्तमा चर्चा छ भने विराटनगर मातहतको नयाँ पेट्रोल पम्पमा अहिले एसएसपी विष्टले द्रोण चन्दलाई पठाएका छन् । यस्तै पथलैयाको पम्पमा पन्त थरका एक सईले विष्टलाई मासिक नजराना बुझाएर नियमित व्यापार गरिरहेको बताइन्छ भने नियमित पैसा बुझाउन नसक्नेलाई भने उनले तत्काल हटाउने गरेको बताइन्छ ।
तर, पेट्रोल पम्पमा बाहेक भृकुटीमण्डपस्थित पुलिस क्लव र अतिथि गृहहरूमा भने भूतपूर्व प्रहरीलाई हटाइएको छैन । यस सम्बन्धमा पम्पमा कार्यरत भूतपूर्व प्रहरीलाई जिज्ञासा राख्दा उनीहरू भने सम्पर्कमा आउन चाहेनन् । कोषले सञ्चालन गरेको पुलिस क्लबमा अवकाशप्राप्त प्रहरी निरीक्षक बुद्धि गुरुङले लामो समयदेखि ३० हजारभन्दा बढी मासिक तलब लिएर करारमा काम गरिरहेका छन् । त्यति मात्र होइन, त्यहाँ रहेका स्विमिङ पुलअगाडि पौडीका सामान बेच्ने र भाडामा लगाउने पसल पनि गुरुङकै आफन्तले चलाइरहेका छन् । नियमित रूपमा नजराना लिइरहेकाले अहिले एसएसपी विष्टको नजर त्यतातिर भने नपरेको बताइन्छ । पुलिस क्लबमा गुरुङका अतिरिक्त १० जना भूतपूर्व प्रहरी करारमा कार्यरत छन् ।
प्रहरी अतिथि गृहको इन्चार्जमा बालकृष्ण कार्की रहेका छन् । कल्याण कोषअन्तर्गत नै पोखरा, स्याङ्जा, विराटनगर र सिन्धुपाल्चोकमा सपिङ कम्प्लेक्ससमेत रहेको छ । त्यसो त कल्याण कोषका इन्चार्ज विष्टले अन्यत्र गरिएको सरुवा पनि जगेडाअन्तर्गत कोषमै मिलाएर विगत तिन वर्षदेखि त्यहीँ नै रहेर तर मारिरहेका छन् । कोषको इन्चार्ज प्रमुख आकर्षक र कमाइ हुने पद मानिन्छ । विष्ट आएपछि चार ओटा मिसनको सामान ठेकेदारमार्फत खरिद गरेर उनले मोटो कमिसन हात पारिसकेका छन् । एक पटकमा २ करोड रुपैयाँ बराबरको खरिद हुने गरेको छ । अन्य अधिकारीलाई एक वर्षमै सरुवा गर्ने आईजीपी उपेन्द्रकान्त अर्यालले विष्टलाई भने विगत तिन वर्षदेखि राइदाइँ गर्न दिने कामलाई रहस्यमय रूपमा हेरिएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply