ठगको लहलहैमा डिएसपी
काठमाडौं । एकजना ठगको लहलहैमा लागेर जिल्ला प्रहरी कार्यालय, खोटाङका डिएसपी विद्यानन्द माझीले दुई व्यवसायीलाई चार दिनसम्म हिरासतमा राखेर अनाहकमा दु:ख दिएका छन् । खोटाङको निर्माणाधीन थामखर्क विमानस्थलको काम समयमै पूरा नगरेर फरार रहेका दिनेश थापा र जिल्लाकै एक सांसदको उक्साहटमा लागेर डिएसपी माझीले केशव न्यौपाने र रविन राईलाई दु:ख दिएका हुन् ।
ठेकेदार थापाले समयमै काम गर्न नसकेपछि स्थानीय बासिन्दाहरूको उनी तारो बन्न पुगेका थिए । आफूले विमानस्थल निर्माणमा काम गर्दा स्थानीयहरूले अवरोध गर्ने थाहा पाएपछि अपुरो कामको जिम्मा उनले स्थानीय केशव न्यौपानेलाई दिएका थिए । निर्माण हुन बाँकी कामका लागि १७ लाख दिने भनी थापाले न्यौपानेलाई कागजसमेत गरिदिएका थिए । तर, कागज गरेपछि न्यौपानेले बाँकी काम गर्दै गए पनि थापाले भने कागज गरेअनुरूपको रकम न्यौपानेलाई दिनुको साटो भागीभागी हिँडे । बरु त्यही रकममा जोडजाड गरेर थापाले काठमाडौंको बुढानीलकण्ठमा घरसमेत किनेको बताइन्छ ।
रकमका लागि न्यौपानेले थापालाई ताकेता गरेपछि थापाले ती सांसदलाई गुहार्न पुगे । ती सांसदले ‘म डिएसपीलाई भनिदिन्छु, तपार्इंले अपहरण गरेको भनी निवेदन दिनू’ भनेपछि थापाले सोही व्यहोराको निवेदन जिल्ला प्रहरी कार्यालयमा दिए । त्यसपछि डिएसपी माझीले इन्स्पेक्टर ईश्वर बस्नेतलाई आदेश दिँदै ‘केही केटाले फागुन १ गतेको अवसर पारेर उपद्रव मच्चाउने खबर आएको छ, त्यसैले यी दुई केटालाई पनि नियन्त्रणमा लिनू’ भने । डिएसपी माझीको आदेशपछि इन्सपेक्टर बस्नेतले न्यौपाने र राईलाई पक्राउ गरेर हिरासतमा लिए । संविधानमै कुनै पनि नागरिकलाई हिरासतमा लिएपछि २४ घन्टाभन्दा बढी थुन्न नपाउने व्यवस्था भए पनि न्यौपाने र राईलाई भने चार दिनसम्म हिरासतमा राखेर मुक्त गरेका छन् ।
हिरासतमा लिएपछि प्रहरीले न्यौपानेको एक तोलाको सुनको औंठी, मजदुरलाई दिन राखिएको १ लाख ८५ हजार रुपैयाँ र दिनेश थापासँग गरेको १७ लाखको कागज सबै नियन्त्रणमा लिएका छन् । त्यसैगरी, राईसँग भएको १० हजार रुपैयाँ पनि प्रहरीले राखेको पीडित पक्षले बताएका छन् । अहिलेसम्म प्रहरीले न्यौपाने र राईको पैसा, औंठी र कागज फिर्ता गरेका छैनन् । यी सबै प्रपञ्च थापाले न्यौपानेलाई दिनुपर्ने १७ लाख रुपैयाँ नदिनकै लागि रचिएको बताइन्छ । ठेकेदार थापाले अपुरो छाडेको काम न्यौपानेले जिम्मा लिएपछि अहिले काम टुंग्याउने अवस्थामा पुगेको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply