कोबाट चल्दैछन् खड्का ?
काठमाडौं । नेपाल आयल निगमको माथिल्लो तहका कर्मचारीहरूको जिम्मेवारीमा व्यापक फेरबदल गरिएको छ । निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको निकट रहेका कर्मचारीहरूले आकर्षक र महत्त्वपूर्ण ठाउँ पाएका छन् ।
निगमभित्र आपूर्ति तथा वितरण विभाग र एलपी ग्याँस विभागलाई महत्त्वपूर्ण रूपमा लिने गरिन्छन् । उक्त विभागको जिम्मेवारी लिन निगमभित्रका कर्मचारीहरूबीच तछाडमछाडसमेत चल्ने गरेको पाइन्छ । अहिले ती दुवै आकर्षक विभागको जिम्मेवारी मुकुन्दप्रसाद घिमिरेलाई दिइएको छ । यसअघि आपूर्ति विभाग हेर्दै आएका विवादास्पद छविका दीपक बराललाई भने गुणस्तर विभाग दिइएको छ । गुणस्तर अनुगमन विभागमा रहेर राम्रो कार्यसम्पादन गर्न नसकेकी एवं गुणस्तर अनुगमन गर्ने क्रममा पम्पवालाहरूसँग रकम असुली गरेको आरोप झेलेकी करुणा क्षेत्रीलाई भने कार्यकारी निर्देशकको कार्यालयमालगिएको छ ।
यसैगरी, निगमको सबैभन्दा ठूलो अमलेखगन्ज डिपोका प्रमुख भानुभक्त खनाललाई केन्द्रीय कार्यालयमा तानिएको छ । पेट्रोलियम पदार्थको सहज आपूर्ति बढेसँगै आकर्षक डिपोका रूपमा रहेको अमलेखगन्जका प्रमुख खनाललाई हटाएर खिलेन्द्र कार्कीलाई त्यहाँ पठाइएको छ । कार्की पनि निगमभित्र विवादास्पद कर्मचारीका रूपमा चिनिन्छन् । त्यस्तै, उपत्यकालगायतमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने थानकोट डिपोमा यसअघि सुर्खेत डिपोका प्रमुख नवराज पोखरेललाई ल्याइएको छ भने केन्द्रीय कार्यालयका टीकाजंग थापालाई सुर्खेत पठाइएको छ । तर, निगमका कर्मचारीहरूले भने आधिकारिक ट्रेड युनियनको चुनावको मुखमा आएर कर्मचारीहरूको सरुवा गर्ने कार्यकारी निर्देशक खड्काको कार्यको विरोध गरेका छन् । आगामी वैशाख १२ गते ट्ेरड युनियनको चुनाव हुन लागिरहेको हुँदा चुनावको मुखमा आचारसंहिताविपरीत सरुवा गरिएकोमा कर्मचारीहरूले विरोध जनाएका हुन् । कर्मचारीहरूले प्रशासन प्रमुख विशाल ओझालाई भेटेर कर्मचारीहरूको सरुवा कार्यान्वयन नगर्न दबाब दिएका छन् ।
ट्ेरड युनियनको चुनावको मुखमा कर्मचारीहरूको सरुवा कार्यकारी निर्देशक खड्काले कसको प्रभावमा परेर गरेका हुन् ? निगमभित्रका कर्मचारीहरूले त्यसको खोजी गरिरहेका छन् । पछिल्लो समयमा खड्का कोबाट सन्चालित भइरहेका छन् भन्ने बुझ्न अहिल् कर्मचारीहरूलाई नै हम्मेहम्मे परिरहेको बताइन्छ । तर, खड्काले भने युनियनका अध्यक्ष प्रदीपमान वसीलगायतको सहयोग लिएर काम गरिरहेको बुझिएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply