जिते नेपाल बारमै बस्नुपर्छ, घर पनि जान पाइँदैन ?
नेपाल बारको अध्यक्ष भइसकेका व्यक्ति महान्यायाधिवक्ता हँुदै सर्वोच्चको न्यायाधीश हँुदा पदलोलुपता भयो भन्ने गोयबल्स शैलीको प्रचारले अहिले कानुन व्यवसायीको निर्वाचनमा प्रमुखता पाएको छ । आफूलाई बृहत् लोकतान्त्रिक भन्ने प्यानलको तर्फबाट अहिले व्यापक रूपमा चुनावको प्रचार नै यसै विषयमा केन्द्रित गरिएजस्तो देखिन्छ । यसरी प्रचार गरिएको कुराको सम्बन्धमा हामीले केही कुराहरू प्रस्ट हुनुपर्ने आवश्यकता देखिएको छ ।
बार अध्यक्ष अन्य पदमा जान हुने कि नहुने ?
नेपाल बारको अध्यक्षले माथिल्लो अवसर पाउँदा जानुहँुदैन भन्ने कुन सिद्धान्त हो ? नेपाल बार भनेको एउटा संस्था हो । जसमा सबै कानुन व्यवसायीको भावनाको प्रतिनिधित्व हुने गरी सबैको विचार र भावनाको प्रतिनिधित्व हुने गरी नै अहिलेसम्म कामकारबाही गरिँदै आएको इतिहास छ । बारमा केही निर्णय गर्नुपरेमा पूर्वअध्यक्षहरू, महासचिव, वरिष्ठ अधिवक्ताहरू लगायतका सबैको सामूहिक सल्लाहमा नै कुनै निर्णयमा पुग्ने गरेको छ । सामूहिक नेतृत्वमा चल्ने बारमा अध्यक्ष अर्को ठूलो पदमा जाँदा खुसीसाथ बिदाइ गर्दै आफ्नो गरिमा बढेको छ भन्ने कुरालाई प्रचार गर्ने कि नेपाल बारमा सबै पद जित्दाको अध्यक्ष नेपाली कांग्रेसको चुनावमा गएर २ सय मत पनि कटाउन नसकेको जस्तो उदाहरण प्रस्तुत गर्ने ? त्यो मानिसअनुसारको कुरा हो । पद र हैसियत सबैले प्राप्त गर्दैनन् । पाउन पनि सक्तैनन् । हरिकृष्ण कार्कीकै कुरा गर्ने हो भने पनि उहाँलाई बारको अध्यक्ष भएकै बेलामा महान्यायाधिवक्ता बन्ने अवसर जुर्यो, सबै कुरा मिल्यो । अरू बेलामा उहाँलाई यो अवसर मिल्दैनथ्यो । बारको अध्यक्ष महान्यायाधिवक्ता हुनुमा बार अध्यक्षको पदका कारणले भन्दा पनि उहाँको लगनशीलता हैसियत र संयोगका कारणले प्राप्त भएको हुँदा आफ्नो बारको अध्यक्ष महान्यायाधिवक्ता भएकोमा खुसी व्यक्त गर्नुपर्नेमा विरोध गर्नु सरासर गलत हो ।
अर्कोतर्फ कानुन व्यवसायीबाट न्यायाधीश हुनुभएकी सुशीला कार्की न्यायाधीश हँुदै प्रधानन्यायाधीश हुँदा गर्व गर्ने र बारका समस्याहरू समाधानमा सहज छलफल गर्न सकिन्छ भन्ने व्यक्ति नै महान्यायाधिवक्ता भएको हरिकृष्ण कार्की बजारमा आएको हल्लाअनुसार सर्वोच्च अदालतको प्रधानन्यायाधीशको रोलक्रममा पर्ने र हुने गरी न्यायाधीशमा नियुक्ति भएकोमा विरोध गर्दै हिँडेका छन् । कुनै कानुन व्यवसायी सर्वोच्च पदमा पुग्नु सबै कानुन व्यवसायीको गर्वको कुरा हो । सम्पूर्ण बार र कानुन व्यवसायीको खुसीको कुरा हो र यसले बारको अध्यक्ष पदको हैसियत र मर्यादालाई उँचो बनाएको छ । यसरी हरिकृष्ण कार्कीले प्राप्त गरेको न्यायाधीशमा सिफारिसको अवसर पनि बारको अध्यक्ष छु भनेर छाड्नुपर्दथ्यो भन्ने तर्क गर्ने हो भने त्यो गलत तर्क हो । जसले हरिकृष्ण कार्कीको व्यक्तिगत वृत्ति विकासको विरोधका साथै सम्पूर्ण कानुन व्यवसायीहरूको शिर उँचो बनाएको र कानुन व्यवसायीबाट गएको व्यक्ति सर्वोच्च अदालतको न्यायाधीश बन्न सक्छन् भन्ने थप उदहारण भएको कुरालाई पनि विरोध गरेको ठहर्छ । त्यो विरोध गर्नु भनेका सम्पूर्ण कानुन व्यवसायीहरूको भावनाको विरोध गर्नु हो ।
पहिलेको अध्यक्ष अन्य पदमा जानुमा नयाँ निर्वाचित हुनेको के दोष ?
हरिकृष्ण कार्की महान्यायाधिवक्ता हँुदै न्यायाधीश हुनुभयो भनेर विजयकान्त मैनालीलाई भोट नदिनुपर्ने कारण के ? भोलि विजयकान्त मैनाली नेपाल बारको अध्यक्ष भइसकेपश्चात् उहाँको कार्यकालमा नै बारको अध्यक्ष र अन्य पदका मानिसहरू कुनै पनि पदमा नियुक्ति हुन नपाउन र नहुन भन्ने कुरा हो ? किन हामी कसैको वृत्ति विकास नहोस् भन्ने सोच्छौं । यदि कुनै व्यक्ति कुनै पदमा छ भने र उसलाई सोभन्दा माथिको पद प्राप्त हुन्छ भने हामीले सजिलै उसलाई माथिल्लो अवसर प्राप्त गर्ने कुरामा सहयोग गर्दै स्वागत गर्दै बदाइदिनुपर्दछ । त्यो नै मानवीय धर्म हो । कसैको वृत्ति विकासमा अवरोध गर्नु सरासर गलत भएकाले अहिले बजारमा बारको चुनावलाई लिएर हरिकृष्ण कार्कीको वृत्ति विकास भएको ईष्र्या गर्दै विजयकान्त मैनालीलाई भोट दिनुहँुदैन भन्ने आशयका साथ गरिएको प्रचार भनेको एजेन्डाविहीन भएर गरिएको एउटा कुतर्क मात्रै भएकाले बौद्धिक वर्गले यसको मूल्यांकन गर्नैपर्दछ । बारको अध्यक्ष भए कुनै पदमा जान्न भन्ने तर्क आफैंमा हास्यास्पद र आवेशमा आएर गरिएको तर्क हो । कानुन व्यवसायीबाट जानुभएको प्रधान न्यायाधीशबाट बारको हितमा काम गर्न सजिलो हुन्छ भनेर एकातिर गर्व गर्ने र अर्काेतर्फ बारको अध्यक्ष भएको व्यक्ति कार्यकाल बाँकी छँदै महान्यायाधिवक्ता हुँदै न्यायाधीशमा गएको ठीक छैन भनेर भन्ने कुरा आफैंमा विवादास्पद भएकाले यस्ता कुराको कुनै अर्थ छैन । नेपाल बारको सदस्य र सबै पदको समान हैसियत छ । पदको गरिमा थोरै घटीबढी भए पनि अन्तर छैन, त्यसैले जोजसले जिते पनि उन्नति र विकासका लागि नेपाल बारको कुनै पनि पद नसकिई अन्य पदमा जान पाइँदैन वृत्ति विकास गर्न पाइँदैन भन्ने नाममा प्रचारप्रसार गरिएको छ, त्यो आफैंमा गलत हो ।
एजेन्डा नभएर गरिएको विरोध
बृहत् प्रजातान्त्रिकका नाममा नेपाली कांग्रेस समर्थित उम्मेदवारहरूले चुनाव लड्ने कुनै एजेन्डा नभएर बजारमा ल्याइएको प्रचार आफंैमा घातक छ । बौद्धिक मानिसहरूले मतदान गर्ने निर्वाचनमा भ्रमित पार्ने गरी प्रचार गर्न खोजिएको छ । नेपाल बारमा निर्वाचित भएपछि कहीँकतै कुनै पदमा जान नपाइने ? कलेजमा पढाउन नपाइने ? कानुनी सल्लाहाकार बन्न नपाइने ? अनि फर्म खोल्न र व्यवसाय गर्न नपाइने ? कुर्सी राखेर नेपाल बारमै बस्नुपर्दछ घर पनि जान पाइँदैन ? भन्न खोजिएको हो ? प्रस्ट हुनुपर्यो, होइन भने बारको अध्यक्ष वा अन्य जुनसुकै पद भए पनि समय र अवस्थाअनुसार जुनसुकै पदमा जाने अवसर प्राप्त हुन्छ र भयो भने जान दिनुपर्दछ विरोध गर्नुहँुदैन । त्यसैले, अनावश्यक तर्कसहित सुरु गरिएको प्रचारको कुनै अर्थ नभएकाले राम्रो र सहीसत्य कुरालाई आत्मसात् गरी प्रचार गरौं ।
र, अन्त्यमा
नतिजा जे भए पनि नेपाल बारमा दुई/चार वक्तव्यसम्म जितेकाहरूले आफ्नो स्वेच्छाले निकालेका छन् । नेपाल बारमा अहिलेसम्म लिखित रूपमा सबैको भावनाको प्रतिनिधित्व हुने गरि सामूहिक भावनाको प्रतिनिधित्व हुनेगरी नै काम हुँदै आएको छ । त्यसैले, सत्य कुरा गरौं, आफ्नो योग्यता र क्षमताको कुरा गरौं, आफ्नो राम्रो कुरा गरौं । अरूलाई नराम्रो देखाएर आफूलाई मत आउँछ कि भन्ने कल्पना नगरौं नेपाल बारको निर्वाचन स्वच्छ बनाऔं ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply