आनन्दको नालायकीले लुम्बिनी दुर्गन्धित

काठमाडौं । जतिजति बुद्ध जयन्ती नजिकिँदै छ, लुम्बिनी क्षेत्रमा फोहोरको डंगुर थुप्रिने क्रम पनि बढ्दो छ । लुम्बिनी विकास कोषका पदाधिकारीहरूको नालायकीपनले गर्दा पवित्र लुम्बिनी क्षेत्रभित्र थापिएका पसलहरूबाट निस्केका फोहोरले लुम्बिनी क्षेत्रलाई दुर्गन्धित तुल्याइरहेको छ ।
कोषका उपाध्यक्ष भिक्षु निग्रोध, सदस्य–सचिव अजितमान तामाङलगायत कोषका पदाधिकारीहरूको नालायकीपनको फाइदा उठाउँदै करिब ६० जनाजति साना व्यापारीहरूले लुम्बिनीको मायादेवी मन्दिर र विभिन्न बौद्ध विहारहरूमा पसल थाप्न थालेपछि लुम्बिनी क्षेत्र फोहोर र दुर्गन्धित बन्न पुगेको हो । अहिले लुम्बिनीको कोरिया, जापानलगायत देशले बनाएको विहार वरिपरि र
मायादेवी मन्दिरवरिपरि चिया, चाउमिनदेखि क्युरियोका सामानहरूसमेत बेच्न थालिएको छ । यसअघि ती क्षेत्रहरूमा यसरी पसल सञ्चालन गर्न दिइएको थिएन र ती क्षेत्रहरू सफासुग्घर नै रहेका थिए । तर, कोषका पदाधिकारीले आफूहरूलाई केही गर्न नसक्ने निचोड निकाल्दै पसल थाप्ने र जथाभावी फोहोर गर्न थालिएको छ ।
आगामी जेठ ८ गते लुम्बिनीमा बुद्ध जयन्ती मनाउने भनिएको छ । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन काठमाडौंमै गर्ने भए पनि बुद्ध जयन्तीचाहिँ बुद्धको जन्मथलो लुम्बिनीमै मनाउने टुंगो गरिएको हो । उक्त दिन अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा आउने अपेक्षा गरिएका संयुक्त राष्ट्रसंघका महासचिव बान की मुन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुम्बिनी भ्रमण गराउने तयारी पनि गरिएको छ । तर, एकातिर बुद्ध जयन्ती नजिकिँदै गएको हुँदा लुम्बिनी क्षेत्रलाई सफा र स्वच्छ बनाउन मन्त्रालयले सफाइ र रङरोगनका लागि टेन्डर आह्वान गरेको छ भने अर्कोतिर पसल थाप्न दिएर झनै फोहोर र दुर्गन्धित बनाउने काम भएको छ । लुम्बिनी क्षेत्र फोहोर बन्न पुगे पनि कोषका पदाधिकारीहरूको ध्यान त्यतातिर नगएको बताइन्छ ।
त्यस्तै, कोषका उपाध्यक्ष भिक्षु निग्रोधले लुम्बिनीमा ज्यालादारीमा काम गरिरहेका ६० जनाजति कर्मचारीलाई करारमा राख्नेतिर चासो दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले दबाब दिएपछि अस्ति सोमबार ज्यालादारी कर्मचारीहरूलाई करारमा नियुक्त गर्न टिप्पणी उठाउन लगाइएको छ । उक्त टिप्पणी मन्त्रीले भनेका कारण उठाउन लगाइएको बताइन्छ । उपाध्यक्ष निग्रोध उक्त टिप्पणी बोकेर काठमाडौं फर्किसकेका छन् । तर, सचिव प्रेमकुमार राईले कर्मचारीहरूलाई करारमा नियुक्त गर्न नसक्ने बताए पनि मन्त्री पोखरेलले उपाध्यक्ष निग्रोधलाई ‘टिप्पणी उठाएर ल्याउनु, म जसरी भए पनि मिलाउँछु’ भनेपछि उनले टिप्पणी उठाउन लगाएको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply