नेप्सेमा मुन्सीको ताण्डव–लीला
काठमाडौं । पूर्वअर्थ मन्त्री डा.रामशरण महतको मुन्सीको काम गर्ने सीताराम थपलिया र महतले नै नेपाल धितोपत्र बोर्डको अध्यक्ष बनाएका डा. रेवतबहादुर कार्कीबीचको दूरी झनै बढेको छ । आखिर, महत खेमाकै यी दुईजनाबीच किन पानी बाराबारको स्थिति सिर्जना भयो ? अहिलेसम्म कसैले पनि बुझ्न सकेका छैनन् ।
तर, नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक थपलियाले भने डा. महतकै आडभरोसा पाएको हुँदा कार्कीको कुरा नसुनेको बताइन्छ । एक हप्ताअघि थपलियाले धितोपत्र बोर्डको निर्देशन पालना नगरेको बताउँदै अध्यक्ष डा. कार्कीले सार्वजनिक समारोहमै आलोचना गरेका थिए । अहिले नेप्से कारोबार उकालो चढिरहेको छ र बोर्डले क्लियरिङ बैंकको संख्या तीन वटा पु¥याउन दिएको निर्देशन नेप्सेले टेरिरहेको छैन । थपलियाले आफूले नै चयन गरेको ग्लोबल आइएमई बैंकलाई मात्र क्लियरिङ बैंकको जिम्मा दिइरहेका छन् । एउटा मात्रै क्लियरिङ बैंक भएको हुँदा ग्राहकहरूले कठिनाइ बेहोर्नुपरेको निष्कर्ष निकाल्दै यही वैशाखदेखि क्लियरिङ बैंकको संख्या तीन वटा पु¥याउनेबारे बोर्ड र नेप्सेबीच कुरा मिलेको थियो । तर, नेप्सेले क्लियरिङ बैंकको संख्या वृद्धि गर्नेतिर चासो नदेखाएपछि कार्की बाउँठिएको बताइन्छ । त्यसो त, कार्कीलाई पनि कुशल व्यवस्थापकका रूपमा लिने गरि“दैन । कार्कीलाई चिन्नेहरूले के भन्छन् भने उनी बुद्धि भएका मानिस होइनन् । कसैले कुनै सल्लाह दिनेबित्तिकै त्यसलाई निर्णय गराइहाल्ने स्वभावका छन् उनी ।
त्यसो त नुवाकोट घर भएका महाप्रबन्धक थपलियाले आफूलाई एमाले हुँ भन्दै हिँडे पनि उनी डा. महतको कारोबारको व्यवस्थापन गर्ने मानिस रहेको बताइन्छ । डा. महतकै कृपाले डेढ वर्षअघि उनी महाप्रबन्धक भएका थिए । पहिलादेखि नै महतको सेयर कारोबारको व्यवस्थापन गर्ने कार्यमा उनी संलग्न थिए । उनले कृषि विकास बैंकका सञ्चालक तथा भूकम्पपीडितको जस्तापाता बेचेर बदनाम भएका रमेश महतसँगै मिलेर डा. महतको सेयर कारोबारको व्यवस्थापन गर्दै आइरहेका छन् । यसअघि पनि डा. महतकै कृपाका कारण थपलियाले कृषि विकास बैंक र बैंक अफ काठमान्डुको सञ्चालक बन्ने अवसर पाएका थिए । तर, अहिले बोर्डले दिएको निर्देशन थपलियाले नटेर्नुको पछाडि भने ग्लोबल आइएमई बैंकसित उनले लिएको लाभ गुमाउनुपर्ने र डा. कार्कीलाई मान्छे नगन्ने स्वभावले काम गरेको बताइन्छ । थपलिया र कार्कीको टसल बढ्दै जाँदा बोर्डले नेप्सेलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूको सफ्टवेयर लागू गर्न दिएको निर्देशन पनि त्यत्तिकै अलपत्र परेको छ । नयाँ सफ्टवेयर नेप्सेले नचलाउँदा क्रसबोर्डर कारोबार र सूचीकृत गर्न तथा गैरआवासीय नेपाली तथा विदेशी संस्थागत लगानीकर्तालाई प्रवेश गराउन समस्या उत्पन्न भइरहेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
दिल्लीमा देउवाको दौडधुप
Leave a Reply