नेप्सेमा मुन्सीको ताण्डव–लीला
काठमाडौं । पूर्वअर्थ मन्त्री डा.रामशरण महतको मुन्सीको काम गर्ने सीताराम थपलिया र महतले नै नेपाल धितोपत्र बोर्डको अध्यक्ष बनाएका डा. रेवतबहादुर कार्कीबीचको दूरी झनै बढेको छ । आखिर, महत खेमाकै यी दुईजनाबीच किन पानी बाराबारको स्थिति सिर्जना भयो ? अहिलेसम्म कसैले पनि बुझ्न सकेका छैनन् ।
तर, नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक थपलियाले भने डा. महतकै आडभरोसा पाएको हुँदा कार्कीको कुरा नसुनेको बताइन्छ । एक हप्ताअघि थपलियाले धितोपत्र बोर्डको निर्देशन पालना नगरेको बताउँदै अध्यक्ष डा. कार्कीले सार्वजनिक समारोहमै आलोचना गरेका थिए । अहिले नेप्से कारोबार उकालो चढिरहेको छ र बोर्डले क्लियरिङ बैंकको संख्या तीन वटा पु¥याउन दिएको निर्देशन नेप्सेले टेरिरहेको छैन । थपलियाले आफूले नै चयन गरेको ग्लोबल आइएमई बैंकलाई मात्र क्लियरिङ बैंकको जिम्मा दिइरहेका छन् । एउटा मात्रै क्लियरिङ बैंक भएको हुँदा ग्राहकहरूले कठिनाइ बेहोर्नुपरेको निष्कर्ष निकाल्दै यही वैशाखदेखि क्लियरिङ बैंकको संख्या तीन वटा पु¥याउनेबारे बोर्ड र नेप्सेबीच कुरा मिलेको थियो । तर, नेप्सेले क्लियरिङ बैंकको संख्या वृद्धि गर्नेतिर चासो नदेखाएपछि कार्की बाउँठिएको बताइन्छ । त्यसो त, कार्कीलाई पनि कुशल व्यवस्थापकका रूपमा लिने गरि“दैन । कार्कीलाई चिन्नेहरूले के भन्छन् भने उनी बुद्धि भएका मानिस होइनन् । कसैले कुनै सल्लाह दिनेबित्तिकै त्यसलाई निर्णय गराइहाल्ने स्वभावका छन् उनी ।
त्यसो त नुवाकोट घर भएका महाप्रबन्धक थपलियाले आफूलाई एमाले हुँ भन्दै हिँडे पनि उनी डा. महतको कारोबारको व्यवस्थापन गर्ने मानिस रहेको बताइन्छ । डा. महतकै कृपाले डेढ वर्षअघि उनी महाप्रबन्धक भएका थिए । पहिलादेखि नै महतको सेयर कारोबारको व्यवस्थापन गर्ने कार्यमा उनी संलग्न थिए । उनले कृषि विकास बैंकका सञ्चालक तथा भूकम्पपीडितको जस्तापाता बेचेर बदनाम भएका रमेश महतसँगै मिलेर डा. महतको सेयर कारोबारको व्यवस्थापन गर्दै आइरहेका छन् । यसअघि पनि डा. महतकै कृपाका कारण थपलियाले कृषि विकास बैंक र बैंक अफ काठमान्डुको सञ्चालक बन्ने अवसर पाएका थिए । तर, अहिले बोर्डले दिएको निर्देशन थपलियाले नटेर्नुको पछाडि भने ग्लोबल आइएमई बैंकसित उनले लिएको लाभ गुमाउनुपर्ने र डा. कार्कीलाई मान्छे नगन्ने स्वभावले काम गरेको बताइन्छ । थपलिया र कार्कीको टसल बढ्दै जाँदा बोर्डले नेप्सेलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूको सफ्टवेयर लागू गर्न दिएको निर्देशन पनि त्यत्तिकै अलपत्र परेको छ । नयाँ सफ्टवेयर नेप्सेले नचलाउँदा क्रसबोर्डर कारोबार र सूचीकृत गर्न तथा गैरआवासीय नेपाली तथा विदेशी संस्थागत लगानीकर्तालाई प्रवेश गराउन समस्या उत्पन्न भइरहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply