‘खटिरा’ले प्रमलाई दु:ख
काठमाडौं । जिम्मेवार हुनुपर्ने ठाउँमा अपरिपक्व मान्छे भयो भने कति दु:ख बेहोर्नुपर्दो रहेछ भन्ने कुराको उदाहरण अहिले मुलुककै कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली भएका छन् । परराष्ट्रको विज्ञताभन्दा पनि भारतमा बसेर पत्रकारिता गरेकै कुरालाई आधार बनाएर प्रधानमन्त्रीको सचिवालयमा परराष्ट्रविज्ञमा नियुक्ति पाएका गोपाल खनालका कारण अहिले प्रधानमन्त्री ओली हैरान भएका छन् ।
त्यसो त आफ्नै सचिवालयको एउटा कर्मचारीले प्रधानमन्त्रीलाई त्यत्ति ठूलो तनाव के दिन सक्छ र भन्ने धेरैलाई लाग्न सक्छ । तर, एउटा सानो खटिराले पनि शरीरलाई धेरै दु:ख दिन्छ भनेजस्तै भएको छ प्रधानमन्त्रीलाई । प्रधानमन्त्रीलाई खरिटाले दिएको दु:खको प्रसंग भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णयसाग जोडिएको छ । मन्त्रिपरिषद् बैठकले यससम्बन्धी निर्णय नगर्दै यो कुरा खनालले सञ्चारमाध्यमलाई बताइसकेका थिए । ‘सरकारविरोधी चलखेलमा लागेका कारण उपाध्यायलाई फिर्ता बोलाइएको’ भन्दै खनालले सञ्चारमाध्यमलाई पहिल्यै बताएका थिए । यो कुरा थाहा पाएपछि प्रधानमन्त्रीले खनाललाई आफ्नो कार्यकक्षमा बोलाएर हप्काएको प्रधानमन्त्रीनिकट स्रोतले बतायो । प्रधानमन्त्रीले ‘मन्त्रिपरिषद्को निर्णयका विषयमा तपाईं कसरी बोल्नुभयो ?’ भन्दै हप्काएका थिए । जबकि, मन्त्रिपरिषद्को निर्णयमा पनि उनलाई किन फिर्ता बोलाइएको हो भन्ने कुरा उल्लेख गरिएको छैन । आफ्ना राजदूत फिर्ता बोलाउादा मन्त्रिपरिषद्ले कुनै कारण दिनु पनि पर्दैन ।
त्यसो त भारतीय राजदूत रञ्जित रेलाई फिर्ता बोलाउनुपर्छ भनेर पनि समाचार आए । स्रोतका अनुसार यसको योजनाकार पनि खनाल नै थिए । यस्तो समाचार आएपछि भारतले यस विषयमा पनि कस्सर्न व्यक्त गरेको थियो । पााच महिना लामो नाकाबन्दीपछि बल्ल अवस्था सामान्य बन्दै गएको बेला नेपाल–भारतबीचको सम्बन्ध बिग्रनु नेपालको समेत हितमा नहुने कुरामा प्रधानमन्त्रीसमेत संवेदनशील भएको बेला सम्बन्ध धमिल्याउन आफ्नै सचिवालयका व्यक्तिले भूमिका खेलेपछि प्रधानमन्त्री दु:खी भएको बताइन्छ ।
त्यसो त प्रधानमन्त्रीलाई यस्तो निर्णय गराउने तहसम्म पुर्याउनेमा त्यही क्याबिनेटका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको मुख्य हात रहेको स्रोतको दाबी छ । मन्त्रिपरिषद्ले राजदूत उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरे पनि बैठकपछि मन्त्रिपरिषद्का प्रवक्ता शेरधन राईले सञ्चार माध्यमलाई यसको जानकारी गराएकै थिएनन् । सरकारले यो निर्णय सार्वजानिक गरेकै थिएन । तर, परराष्ट्रमन्त्री कमल थापाले बेलुकी सबै दैनिक पत्रिकामा फोन गरेर यो निर्णयबारे जानकारी गराएका थिए ।
यस्तो छ थापाको दाउ
विश्वस्त स्रोतका अनुसार परराष्ट्रमन्त्री थापाको दाउ राप्रपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द लोहनीलाई भारतको राजदूत बनाएर पठाउनेछ । लोहनीलाई राजदूत बनाएर पठाउने, राप्रपा नेपाल र राप्रपाबीच पार्टी एकीकरण गरेर हाली मुहाली गर्ने थापाको योजना रहेको बताइन्छ । भारतको राजदूतका लागि पूर्वमुख्य सचिवहरू माधप्रसाद घिमिरे, लीलामणि पौडेल, पूर्वसचिवहरू माधव पौडेल, मधुरमण आचार्यलगायतका नाम चर्चामा छ ।
a
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply