देउवाको शरणमा दीपकुमार
काठमाडौं । पााच वर्षअघि सम्पन्न १२औं महाधिवेशनमा शेरबहादुर देउवालाई छाडेर सुशील कोइराला क्याम्पमा छिरेका दीपकुमार उपाध्यायलाई त्यसको बदलामा कोइरालाले भारतको राजदूत बनाए । तर, अहिले उनका लागि परिस्थिति यति प्रतिकूल बन्यो कि सरकारले उनलाई राजदूतबाट पनि दर्खास्त गर्यो । पार्टीमा पनि आफैंले हिजो त्यागेका देउवाको उदय भयो ।
राजदूतबाट बर्खास्तगीमा परेपछि गत हप्ता नेपाल फर्केका उनी फेरि नेपाली कांग्रेसकै राजनीतिमा सक्रिय रहने तयारीमा छन् । त्यसका लागि उनी देउवाको शरणमा पुगिसकेका छन् । रमाइलो कुरा त के छ भने उनी देउवालाई छाडेर कोइरालातिर आउादा पनि श्रीमती मिथुला उपाध्याय भने देउवा गुटमा नै थिइन् । यसपटकको १३औं महाधिवेशनमा पनि उनी कपिलवस्तु क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधि चुनिएकी थिइन् र देउवालाई जिताउन सक्रिय थिइन् । अहिले दीपकुमारले श्रीमतीको त्यही सम्बन्धलाई प्रयोग गरेर कांग्रेसको राजनीतिमा फेरि सक्रिय हुने रणनीति बनाएको स्रोतले बतायो । सभापतिले ३० जना महाधिवेशन र महासमिति सदस्य नियुक्त गर्न पाउने विधानमा व्यवस्था छ । विधानको यही सुविधा उपयोग गरेर महाधिवेशन प्रतिनिधि मनोनयन हुने र केन्द्रीय सदस्यमा पनि मनोनयन हुने दाउमा उनी रहेको बताइन्छ । २१ जना केन्द्रीय सदस्य मनोनयन गर्नुपर्नेमा देउवाले अहिलेसम्म सातजना मात्र मनोनयन गरेका छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply