शक्तिलाई असफल बनाउन यत्रो षड्यन्त्र !

काठमाडौं । एउटा भनाइ नै छ, ‘आफ्नै बैरी भएपछि कसको के लाग्छ र ?’ यो भनाइ यतिबेला एमाओवादी नेता तथा गृहमन्त्री शक्ति बस्नेतको जीवनमा ठ्याक्कै लागू भएको छ । अरू त कुरा छाडौं, उनलाई असफल बनाएर मन्त्रीबाट फिर्ता बोलाउने अभियानमा उनकै पार्टीका नेताहरू लागेका छन् ।
स्रोतका अनुसार गृहमन्त्री बस्नेतलाई असफल बनाउने डिजाइनमा कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मालगायतका नेताहरूको संलग्नता भए पनि बाहिर देखिने गरी भने स्थायी समिति सदस्य गोपाल किराातीलाई खडा गरिएको छ । कुनै समय भारतीय राजदूत राकेश सुदलाई जुत्ता हान्ने उनै किरााती अहिले ‘प्रो इन्डियन’ रूपमा उदाएको कुरालाई लिएर एमाओवादीभित्रै उनको आलोचना हुन थालेको छ ।
मधेसी मोर्चासहितको २९ दलीय गठबन्धनले गरेको सिंहदरबार घेराउमा एमाओवादी नेता किरााती पनि सहभागी भए । किराातीले नेतृत्व गरेको किराात राज्य संघर्ष समिति पनि आन्दोलनमा सहभागी हुने भनेपछि यो विषय एमाओवादीको स्थायी कमिटी बैठकमा पनि उठेको थियो । बैठकपछि पार्टीका कोही पनि नेता यो आन्दोलनमा सहभागी नहुन भन्दै अध्यक्ष प्रचण्डले निर्देशन जारी पनि गरे । तर, त्यसको वास्ता नगरी किरााती आन्दोलनमा अग्रमोर्चामा रहेर सहभागी भए । उनकै नेतृत्वमा आन्दोलनको पहिलो दिन माइतीघर क्षेत्रमा सवारी साधनमाथि तोडफोड पनि भयो । खासमा आन्दोलनलाई हिंसात्मक रूप दिने, मुठभेडको अवस्था सिर्जना गर्ने र गृहमन्त्री बस्नेतलाई असफल बनाएर मन्त्रीबाट फिर्ता बोलाउने रणनीतिअन्तर्गत नै उनी आन्दोलनमा गएको स्रोतको दाबी छ ।जेठ १ गते समाजवादी फोरमको केन्द्रीय कार्यालय तीनकुनेमा भएको पत्रकार सम्मेलनमा पनि किराातीले अग्रपंक्तिमा सहभागिता जनाएका थिए । शनिबार नखीपोटमा बन्द कोठाभित्र किराातीले आन्दोलन कसरी गर्ने भन्नेबारे कार्यकर्तालाइ प्रशिक्षण पनि दिएका थिए । जहाा घेरा कसरी हाल्ने, आर्क कसरी बनाउने भन्ने जस्ता कुरा सिकाइएको थियो ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply