‘पार्टीलाई एकलौटी रूपमा चलाउन खोजियो’

काठमाडौं । नेकपा (एमाले)का दुई वरिष्ठ नेताले नेतृत्वको कार्यशैलीका कारण पार्टीमा संकट चुलिादै गएको भन्दै रूपान्तरणसहितको पार्टी निर्माणमा एकताबद्ध हुन आह्वान गरेका छन् । मदन भण्डारी अध्ययन केन्द्रले आयोजना गरेको ‘संविधानको कार्यान्वयन : राष्ट्र र पार्टी निर्माण’ विषयक राष्ट्रिय कार्यशालालाई मंगलबार सम्बोधन गर्दै नेताद्वयले त्यस्तो धारणा राखेका हुन् ।
वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा गम्भीर प्रकृतिका अनुचित दादागिरी सुरु भएको भन्दै बढ्दो असन्तुष्टि समयमै सम्बोधन हुन नसके विस्फोटको स्थिति आउन सक्ने चेतावनी दिनुभयो । ‘पार्टीको संगठन विभागले सदस्यहरूको लिस्टमै हेरफेर गरेर अनुचित काम सुरु गरेको छ, केन्द्रीय कार्यालयभित्रै पुराना सदस्यको नाम काटेर जथाभावी नाम राख्न थालिन्छ भने टुलुटुलु हेरेर समर्पण गर्न सकिादैन,’ नेपालले थप्नुभयो– ‘मापदण्ड र छलफलविनै केन्द्रीय कार्यालयभित्र अपारदर्शी ढंगले आसेपासेलाई सदस्यता वितरण गर्ने, दादागिरी देखाउने काम स्वीकार्य हुन सक्दैन ।’
राष्ट्रिय समस्याका विषयमा पार्टीभित्र छलफल गर्ने पार्टी प्रणाली समाप्त पारिएको भन्दै नेपालले सत्ताको दुरुपयोग गर्दै जिल्ला र जनसंगठनका अधिवेशनमा गुटका बफादारलाई जिताउन चलेखेल हुने गरेको दृष्टान्तसमेत प्रस्तुत गर्नुभयो । ‘म विदेश विभाग प्रमुख हुँ, तर चीन जानेहरूको लिस्ट अन्तैबाट धमाधम तयार हुन्छ, धाप मारेर क्याम्प छाड्नुस् अनि पठाउँछु भनिन्छ, कहाँ, कसलाई पठाइन्छ पत्तो हुँदैन, पार्टी यसैगरी चलिरहेको छ,’ नेपालले भन्नुभयो, ‘जिल्ला अधिवेशन र जनसंगठनका अधिवेशनहरूमा सत्ताको दुरुपयोग गर्दै छेलोखेलो पैसा बगाइन्छ, उधारो जागिरपत्र बाँड्ने काम भएको छ, पार्टीमा असन्तुष्टि चुलिादै गएको छ, यो उकुसमुकुसको स्थिति कहिले, कुनबेला विस्फोट हुने हो भन्न सकिादैन ।’
अर्का वरिष्ठ नेता झलनाथ खनालले लोकतान्त्रीकरणका नाममा आठौं र नवौं महाधिवेशनमा प्रत्यक्ष निर्वाचनमार्फत नेतृत्व निर्वाचित गर्ने पुाजीवादी निर्वाचन प्रणाली अपनाउँदा तल्लो तहसम्म गुटबन्दी चरम ढंगले संस्थागत भएको भन्दै सातौं महाधिवेशनमा अपनाइएको नेतृत्व चुन्ने विधिमा पार्टीलाई फर्काउनुपर्ने धारणा राख्नुभयो । ‘लोकतान्त्रीकरणका नाममा आठौं र नवौंमा प्रत्यक्ष निर्वाचनमार्फत बहुपदीय संरचनाको नेतृत्व निर्वाचित गर्ने प्रक्रियाका कारण अध्यक्षको सपना देख्ने व्यक्ति मेची–महाकाली कार्यकर्ताबीच अभियानका साथ धाउनुपर्ने भयो, पार्टी कार्यकर्ताले सुरक्षित हुन खेलोफड्कोका लागि एउटा गुटको पुच्छर समात्नुपर्ने स्थिति देखियो,’ खनालले भन्नुभयो, ‘अब यस्तो पुँजीवादी र व्यक्तिवादी पद्धतिबाट नेतृत्व चुन्ने विधिबाट भन्दा सातौं महाधिवेशनसम्म अपनाइएको पहिले केन्द्रीय कमिटीको निर्वाचन गरेर अध्यक्ष चुन्ने समाजवादी तरिकाले नेतृत्व निर्माण गर्ने विधिमा फर्किनुपर्छ ।’ उहाँले पार्टीको वैचारिक र राजनीतिक कार्यदिशा ठीक भए पनि संगठनात्मक कार्यदिशाको गम्भीर ढंगले समीक्षा गर्नुपर्ने बेला आएको भन्दै छलफलमा खुला ढंगले भाग लिन आह्वान पनि गर्नुभयो । ‘नवौं महाधिवेशनपछि कमिटी प्रणाली नराम्ररी विशृंखलित भएको छ, केन्द्रीय कमिटीका बैठकहरू औपचारिकतामै सीमित हुन थालेका छन्, खनालले थप्नुभयो, ‘ऊर्जा, उद्वेग दिनुपर्ने स्रोत नै शून्यजस्तो देखिन्छ ।’
अध्यक्ष केपी शर्मा ओलीलाई लक्ष्य गर्दै वरिष्ठ नेता नेपालले नवौं महाधिवेशनमा कसले कसलाई सहयोग गर्यो भन्ने आधारमा खुलेआम ढंगले मन्त्री र राजनीतिक नियुक्तिहरू गरिएको भन्दै पार्टीमा भित्रिरहेको बेथिती, भ्रष्टाचार, दादागिरी, दुई नम्बरी धन्दाजस्ता सबैखाले विकृतिका नालेबेली उतारेर खुलस्त ढंगले छलफल गर्न आग्रह गर्नुभयो । उहााले आगामी मंसिरमा हुने स्थानीय निकायको निर्वाचनमासमेत गुटका बफादारहरूलाई टिकट दिने तयारी भइरहेको भन्दै त्यसले पार्टीलाई समाप्त पार्ने खतरा पनि औंल्याउनुभयो । ‘मंसिरमा स्थानीय निकायको निर्वाचन हुँदै छ, खुलस्त छलफलमा ढिलाइ गर्नुहुन्न, सत्ता र पार्टी मेरो हातमा छ, कसले के गर्छ ? आफ्नालाई मात्रै ठ्याकठ्याक टिकट दिने भनिादै छ,’ नेपालले भन्नुभयो । गुटका नेता–कार्यकर्ताको सिफारिमा मात्रै सरकारले काम गरिरहेको आरोप लगाउँदै नेपालले बेथिती अन्त्य नगरिए पार्टी संकटमा पर्ने चेतावनी पनि दिनुभयो । ‘यो वार्निङ बेल हो, घन्टी बजिरहेको छ, पार्टीमा देखिएको पछिल्ला कार्यशैली र संरचनामा फेरबदल हुन आवश्यक छ,’ नेपालले भन्नुभयो । नेता खनालले पार्टीलाई एकताबद्ध बनाउन आफू संलग्न कमिटीमा जुध्न निर्देशन दिनुभयो ।
दुई दिनसम्म छलफल
केन्द्रको आयोजनामा सञ्चालित दुईदिने कार्यशालामा देशभरका नेता–कार्यकर्ता सहभागी छन् । पार्टी जिल्ला कमिटीका अध्यक्ष, पदाधिकारी, अध्ययन केन्द्रका पदाधिकारी, जनसंगठनका पदाधिकारीहरू कार्यशालामा सहभागी भएको केन्द्रका महासचिव ठाकुर गैरेले बताउनुभयो । सोमबारको कार्यशालामा उपमहासचिव घनश्याम भुसालले ‘कम्युनिस्ट आन्दोलन : अबको बाटो’ विषयक कार्यपत्र प्रस्तुत गरेका छन् । त्यस्तै, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्य डा. विजय पौडेल, डा. गोविन्दबहादुर थापाले पनि विभिन्न शीर्षकमा कार्यपत्र प्रस्तुत गर्ने तयारी छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
-
दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply