माओवादी पार्टी मिले, कर्मचारी मिलेनन्
काठमाडौं । केही दिनअघि राजधानीमा पााच माओवादी पार्टीबीच एकता भए पनि कर्मचारी संगठनमा भने त्यसको कुनै असर परेको छैन । अबको एक हप्तापछि यही जेठ १९ गते हुने निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा ती संगठन अलग–अलग रूपमा चुनावमा गएका छन् ।
यसअघि दुईपटक मिति तोकेर स्थगित भएको निर्वाचन यसपटक हुने निश्चित भएकाले पनि विभिन्न पार्टीनिकट ट्रेड युनियनका नेताहरू मत आफ्नो पक्षमा पार्न लागेका हुन् । निजामती सेवा नियमावलीमा आधिकारिक ट्रेड युनियनमा चारवटा संगठनले मात्र प्रतिनिधित्व गर्न पाउने व्यवस्था छ । तर पनि, आइतबार ६ वटा संगठनले उम्मेदवारी दर्ता गरेका छन् । आधिकारिक ट्रेड युनियन निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्नेमा नेपाल निजामती कर्मचारी संगठन, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्ऽ, नेपाल राष्ट्रिय कर्मचारी संगठन (एमाओवादीनिकट), नेपाल निजामती कर्मचारी युनियन, मधेसी निजामती कर्मचारी मञ्च र नेपाल राष्ट्रिय कर्मचारी संगठन (मोहन वैद्य) छन् ।
सबै ट्रेड युनियन सामान्य प्रशासन मन्त्रालय परिसरमा रहेको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ताका लागि जुलुससहित गएका थिए । अहिले पनि एमाओवादीनिकट र वैद्यनिकट कर्मचारी नेताहरूबीच चुनावी तिक्तता छ । त्यसो त ८० प्रतिशत हिस्सा एमालेनिकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनमा विलय भइसकेको राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्ऽले पनि मनोनयन भने दिएको छ । आफ्नो संगठनमा कुनै हैसियत बनाउन नसकेका नेपाल राष्ट्रिय कर्मचारी संगठन (राकस)का पूर्वनेता रुक्म लामिछानेले नै मिलन केन्द्र उपयोग गरेको बताइन्छ । त्यसो त मधेसी निजामती कर्मचारी मञ्च पनि आफ्नै आन्तरिक अधिवेशनमा व्यस्त बन्नुपरेकाले चुनावी प्रचारप्रसारमा ध्यान दिन पाएको छैन । तर, एमालेनिकट कर्मचारी युनियनका नेताहरू भने सााझबिहान नभनी कर्मचारीहरूका बीचमा पुगिरहेका छन् । महासचिव मोहन घिमिरेले यति धेरै सक्रियता देखाएका छन् कि बिहान काठमाडौंमा भेटिएका उनी दिाउसो वीरगन्ज र सााझ पोखरा पुगिरहेका छन् ।
अरू संगठनको तुलनामा अहिले नेपाल निजामती कर्मचारी संगठनको स्थान अघि रहेको बताइन्छ । केही जिल्लाका बाहेक अन्यत्र स्थानमा संगठन पहिलो हुने र संगठन नै आम कर्मचारीको केन्द्र संगठन हुने कुरामा कुनै दुविधा नरहेको महासचिव मोहन घिमिरेले बताए । संगठनसाग प्रतिस्पर्धा गर्न सक्ने ल्याकत अन्य संगठनसाग नभएकाले आफूहरूको संगठन पहिलो बन्ने उनको दाबी छ । ‘पहिलो भएपछि नेता को बन्छ त ?’ ‘बुधवार’को प्रश्नमा उनले भने, ‘यसबारेमा मैले अहिल्यै बोल्नु हतार हुन्छ, हामीसाग एक से एक योग्य साथीहरू हुनुहुन्छ, को नेता बन्ने भन्ने कुरा संगठनले पछि नै निर्णय गर्छ ।’
सुरुमा २०७२ चैत २८ गते र वैशाख १० गते ट्रेड युनियन चुनावको मिति तोकिएको थियो । आधिकारिक ट्रेड युनियनको निर्वाचनमा ५४ हजार ८ सय कर्मचारीले मतदानमा भाग लिनेछन् । प्रधानमन्त्री कार्यालयदेखि मन्त्रालय, विभाग र जिल्ला तहमा पनि ट्रेड युनियन चुनावको रौनक सुरु भएको छ । ०६२/६३ को जनआन्दोलनपछि बनेको अन्तरिम संविधानमा कर्मचारीहरूको आधिकारिक ट्ेरड युनियनको व्यवस्था गरिएपछि पहिलोपटक ट्रेड युनियन चुनाव हुँदै छ ।
निजामती सेवामा कार्यरत शाखा अधिकृत तहसम्मका कर्मचारीहरू ट्रेड युनियन चुनावमा मतदान गर्न पाउनेछन् । आधिकारिक ट्रेड युनियन निर्वाचनका लागि जेठ ९ गते उम्मेदवारी दर्ता गर्ने दिन तोकिएको थियो ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply