आईजीमा अहिल्यैबाट अस्वस्थ प्रतिस्पर्धा
काठमाडौं । अबको आठ महिनापछि अर्थात् २०७३ फागुन २ गतेपछि मात्र आईजीपी उपेन्द्रकान्त अर्याल औपचारिक रूपमा घर जाने भए पनि उक्त पदमा बाजी मार्न पाइप लाइनका डीआईजीबीच अहिलेबाटै अस्वस्थ प्रतिस्पर्धा सुरु भएको छ ।
अहिलेका एआईजीहरू त्यसअघि नै बिदा भइसक्ने भएकाले यसपटक डीआईजीहरूमध्येबाट सीधै आईजी बन्नेछन् । यसो हुादा अहिलेका चार डीआईजीहरू उक्त पद हत्याउन अहिल्यैदेखि खुट्टो उचालिरहेका छन् ।
भावी आईजीका रूपमा हेरिएका नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारीबीच आठ महिनाअघिबाटै एकअर्काविरुद्ध पोलापोल गर्ने र प्रचारमा रमाउन खोज्ने रोचक प्रतिस्पर्धा चल्न थालेको छ ।
अहिले सिलवाल केन्द्रीय अनुसन्धान ब्युरोमा, अर्याल ट्राफिक महाशाखामा, चन्द लागूऔषध नियन्त्रण ब्युरोमा र भण्डारी विशेष ब्युरोमा कार्यरत छन् ।
आ–आफ्ना क्षेत्रमा चारैजना डीआईजीको राम्रै पकड रहे पनि तुलनात्मक रूपमा कम दाग लागेका र संगठनको व्यावसायिक मर्यादा जोगाउने छााटका भने डीआईजी सिलवाल नै रहेको प्रहरी वृत्तमा चर्चा छ ।
तर, सिलवालविरुद्ध अन्य प्रतिस्पर्धी डीआईजीहरू एक भएका छन् । अनेक बहाना गरेर उनलाई रोक्न सकिए आफ्नो पालो आउने आशामा अहिले उनीहरू विगतमा तिक्त सम्बन्ध भए पनि अचेल आपसमा निकट भएको प्रहरी स्रोतले बतायो ।
अहिले चारैजना डीआईजीबीच पत्रकार सम्मेलन गर्ने होडबाजी नै चलेको छ । त्यसमध्ये सीआईबी, ट्राफिक महाशाखा र लागूऔषध नियन्त्रण ब्युरोले विषयअनुसार बेलाबेलामा पत्रकार सम्मेलन गर्नु स्वाभाविकै भए पनि एक्सपोज हुनै नपाउने र गुप्त तवरले अनुसन्धान जारी राख्नुपर्ने विशेष ब्युरोले समेत पत्रकार सम्मेलन गर्ने प्रतिस्पर्धामा आफूलाई अग्रणी राखेको छ ।
डीआईजी भण्डारी भारतीय नक्कली नोट फेला पारेको प्रकरण भन्दै तीनचोटि आफैं पत्रकार सम्मेलनमा उपस्थित भइसकेका छन् भने ट्राफिक महाशाखा र लागूऔषध नियन्त्रण ब्युरोबाट पनि हल्काफुल्का कामहरू भइरहेका छन् ।
सिलवाल सीआईबीको प्रमुख भएदेखि भने इन्टरपोलको सहायताबाट युरोपबाट मानिस ल्याउने, अपहरणमा परेका उद्योगपति सुरेश केडियालाई भारतबाट सकुशल नेपाल ल्याउनेलगायतका महत्त्वपूर्ण अनुसन्धानमा सफलता प्राप्त गरिसकेका छन् भने पाइलटहरूको नक्कली सर्टिफिकेट तथा २० वर्षअघि भएको र अहिलेसम्म पत्ता लाग्न नसकेको एक रहस्यमय हत्याको समेत तथ्य पत्ता लगाइसकेका छन् ।
त्यसो त नौ महिनाअघि नै आईजीपी अर्याललाई हटाएर सुरेन्द्रबहादुर शाहलाई आईजीपी बनाउने सरकारको भित्री तयारी पनि भित्रभित्रै तुहिएको स्रोतको दाबी छ । स्थानीय निर्वाचननको मिति तोकिएको खण्डमा प्रधानमन्त्री समेतको सहमतिमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले शाहलाई अगाडि सार्ने गरी भित्री तयारी गरेकामा चुनावको विषय पर सरेपछि यो विषय पनि पर सरेको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply