सशस्त्रमा पुनरावलोकन अन्योल
काठमाडौं । सशस्त्र प्रहरी बलको एआईजी पदमा दुई डिआइजीको सिफारीश भएपछि विवाद चुलीएको छ ।
केही दिन अघि बढुवाका लागि डिआजी द्धोय शैलेन्द्र खानल र जीतबहादुर पुनको सिफाशि भएपछि असन्तुष्ट २ डिआइजीले पुनरावलोकनका लागि उजुरी हालेका छन् ।आफूहरूको नम्मर दिादा अन्याय भएको भन्दै डिआइजीद्धोय उत्तम खड्का र पुष्पराम केसीले पुनरावलोनका लागि निवेदन दिएका हुन् ।
शसस्त्र प्रहरी वलको नयाा नियमावली अनुसार ३ सदस्यीय बढुवा सिफारीश समितिले हरेक विषयको नम्मर मुल्याङ्कन गरेर बढुवाका लागि सरकारसमक्ष शिफारीश गर्ने गर्छ । गृह सचिव नारायणगोपाल मलेगो संयोजकत्वको उक्त समितिको सदस्य सचिव आइजीपी दुर्जकुमार राई र सदस्य गृह मन्त्रालय अन्तर्गत कर्मचारी प्रशासन महाशाखाका सहसचिव चक्रबहादुर बुढा रहेका छन् ।
सिफारीश उपर चित्त नबुझेमा पुनरावलोकन समिति समक्ष उजुरी दिन पाउने व्यवस्था भएबमोजिम डिआइजी खड्का र केसीले निवेदन दिएका हुन् ।
पुनरावलोकन समितिको अध्यक्ष लोकसेवा आयोगको अध्यक्ष उमेश मैनाली तथा दुई सदस्यहरूमा मुख्य सचिव सोमलाल सुबेदी र कानुन मन्त्रालयका सचिव टेकप्रसाद ढुङ्गाना रहेका छन् ।
सिफारिश समितिले विविध पक्षका अतिरिक्त १५ नम्मर भने आफूहरूको तजविजका आधारमा दिन पाउने व्यवस्था रहेकाले फेरी पनि उक्त प्रक्रिया वैज्ञानीक हुन नसकेको असन्तुष्टहरूको आरोप छ ।
कार्यसम्पादनको नम्मर सबैको लगभग उस्तै आउने र शिफारिश समितिले दिने नम्मर नै निर्णयक हुने भएकाले सिफारीश समितिले विवेक नपुर्याउदा आफूहरूलाई अन्यया हुने उनीहरूको गुनासो छ ।
वरिष्ठताका आधारमा पहिलोमा जितबहादुर पुन, देस्रोमा उत्तम खड्का, तेस्रोमा खनाल, चौथोमा नारायणबाबु थापा रहेको बताइन्छ । यता दुई डिआइजी एआइजीका लागि सिफारीश भएपछि एसएसपीहरूबीच डिआइजी हुन प्रतिष्पर्धा सुरु भएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply