निजामतीमा चार भाइको चर्चा
काठमाडौं । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन सम्पन्न भएसागै ट्रेड युनियनमा प्रतिनिधित्व गर्ने पदाधिकारीको छनोट गर्ने तयारीमा संगठनहरू लागेका छन् । चुनाव सम्पन्न नहुन्जेल आन्तरिक विवाद थाती राखी मिलेर अघि बढेका उनीहरू पछिल्लो समय आधिकारिक ट्रेड युनियनमा प्रतिनिधित्व गर्ने सवालमा भने आन्तरिक किचलोमा फसेका छन् ।
आधिकारिक ट्रेड युनियनको चुनावमा पहिलो हैसियत र सानदार बहुमत ल्याएको नेपाल निजामती कर्मचारी संगठनले संगठनको साख जोगाउन सक्ने संगठकलाई अगाडि बढाउनुपर्नेमा गुटगत मानसिकतामा लाग्ने र कर्मचारीको हकहितका सवालमा दरो ढंगले खुट्टा टेक्न नसक्नेहरूको नाम चर्चामा ल्याइएको छ ।
अहिले आम कर्मचारीहरूले संगठनको पूर्वअध्यक्ष भोला पोखरेल आधिकारिक युनियनको अध्यक्ष बन्नुपर्ने प्रस्ताव राखिरहेका बेला संगठनका वर्तमान अध्यक्ष पुण्य ढकालले अवरोध पुर्याइरहेको बताइन्छ । आफू बहालवाला अध्यक्ष रहेको र आफ्नै नेतृत्वमा पहिलो हैसियत पाएकाले आफू बन्नुपर्ने ढकालको मत छ । तर, पोखरेलका व्यक्तित्वका अगाडि ढकाल फिक्का हुने र आफू पोखरेलको तुलनामा पुग्न नसक्ने देखिएपछि उनले नै पूर्वअध्यक्ष गणेश बस्यालको नाम चर्चामा ल्याएका छन् । त्यसो त बस्याल अध्यक्ष भएका बेला महासचिव ढकालले सागै काम गरेकाले उनीहरूबीच हार्दिकता नै रहेको बताइन्छ ।
पााचजना पदाधिकारीसहित २१ सदस्यीय आधिकारिक ट्रेड युनियनमा पहिलो शक्तिका रूपमा निर्वाचित भएपछि निजामती कर्मचारी संगठनले अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष गरी तीन पदाधिकारीसहित आठ सदस्य प्राप्त गर्ने भएको छ । नियमअनुसार निर्वाचन कार्यालयले संगठनमा पत्र पठाएर नाम मागेको १५ दिनभित्र युनियनमा प्रतिनिधित्व गर्नेहरूको नामावली पठाउनुपर्नेछ ।
निर्वाचन कार्यालयको त्यो निर्देशनसागै अहिले युनियनमा प्रतिनिधित्व गर्ने पदाधिकारी र सदस्य छान्न तीनओटै संगठनलाई चटारो परेको छ । सकेसम्म सर्वसम्मतिका आाधारमा र नभए आन्तरिक चुनावी प्रक्रियाबाट आधिकारिक ट्रेड युनियनमा प्रतिनिधि पठाउनुपर्ने कानुनी व्यवस्था भएका कारण दौडधुप भएको हो । संगठनले पदाधिकारी टुंग्याउन आगामी असार १ र २ गते केन्द्रीय बैठक आयोजना गरेको छ ।
पूर्वअध्यक्ष पोखरेलले संगठनलाई अभाव र दबाबबाट होइन, प्रभावशाली बनाएर चलाउन पनि मतदाताले आफ्नो नेतृत्व खोजेको दाबी गरे । ‘मलाई मतदाताहरूले खुट्टा नकमाउनुहोला भन्नुभएको छ,’ उनले भने, ‘प्रशासनलाई कर्मचारी युनियनमैत्री र प्रशासनमैत्री बनाउन पनि मेरो नेतृत्व आवश्यक छ ।’
पोखरेलले आफ्नै कार्यकालमा सुरक्षा वृत्ति कार्यक्रम, निजामती हाइड्रो, तलब वृद्धि, सरुवाको मापदण्डलगायतका विषय उठाएका थिए । उनलाई कर्मचारीका पक्षमा लड्न सक्ने हक्की नेता र कुशल संगठकका रूपमा लिइन्छ ।
उनी ०५१ सालदेखि निरन्तर रूपमा संगठनमा रहेर महासचिव र अध्यक्षसम्म भएर काम गर्दा आफ्नो ऊर्जाशील उमेरको करिब २२ वर्ष संगठनमा बिताएकाले र संगठनलाई अहिले सानदार विजयी गराउन सकारात्मक भूमिका खेलेकाले अध्यक्षका लागि योग्य भएको बताइन्छ । अन्तर्राष्ट्रिय सम्बन्ध पुन:स्थापित गर्न, भवन निर्माण र संगठनका लागि आफ्नै जग्गा खोज्ने कार्यको अगुवाइ गरेको, टुटफुट र विभाजनबाट मुक्त गरेर संगठनलाई एक बनाएर निर्वाचनमा लैजाने भूमिका खेल्दै निर्वाचनमा आफ्नो संगठनलाई एक नम्बर बनाउन सकेको जस्ता योगदानले पनि आफू अध्यक्ष बन्नुपर्ने तर्क उनले गरे ।
उनले सर्वसम्मत रूपमा अध्यक्षको नाम छान्ने भन्दै त्यसका लागि आफू उपयुक्त भएको दाबी गरे । केन्ऽीय कमिटीमा समेत बहुमत भएकाले निर्वाचन हुादा पनि पोख्रेलले नै जित्ने केहीले दाबी गरेका छन् । त्यसविपरीत बस्याल भने आफ्नो पालामा संगठन तहसनहस पार्ने, कर्मचारी क्षेत्रमा अराजकता भित्र्याउने पात्रका रूपमा चिनिन्छन् ।
महासचिव मोहन घिमिरेले संगठनको सारथि आफू भएको भन्दै उहााहरू दुईजना मात्र निर्विकल्प उम्मेदवार नभएको दाबी गरे ।
घिमिरेले पनि संगठनलाई एकताबद्ध बनाएर निर्वाचनमा लैजाने भूमिकामा आफूलाई खरो रूपले उतारेकाले परिणाम सकारात्मक आएको दाबी गर्दै अब पनि संगठनलाई एकताबद्ध बनाएर लैजाने आफ्नो एक मात्र उद्देश्य भएकाले कुनै विवाद नगरी अध्यक्ष छनोट गर्ने बताए । ‘आधिकारिक ट्रेड युनियन निर्वाचन सम्पन्न गर्न र संगठनलाई प्रथम स्थानमा ल्याउन म सारथिका रूपमा उभिएको कुरा सबै संगठनलाई थाहा छ,’ उनले भने, ‘म संगठनकै नेतृत्व गरिरहन्छु । तर, संगठनभित्र आधिकारिक ट्रेड युनियनको नेतृत्वमा जाने सवालमा चुनाव हुन कुनै हालतमा दिन्न ।’
अहिलेसम्म सर्वम्मतका लागि चारजनाले दाबी गरेका छन् । तर, चारजना मैदानमा देखिए पनि अन्तत: पार्टीको आन्तरिक गुटगत समीकरणअनुसार दुईजनाबीच मात्र प्रतिस्पर्धा हुने बताइन्छ
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply