क–कसले चाट्दै छन् अढाइ करोड ?
काठमाडौं । सीधै पैसा दिए भ्रष्टाचार ठहर हुने देखिएपछि अहिले कृषि विकास मन्त्रालयले तीन ठूला राजनीतिक दलका किसान संगठनको मातहतमा सञ्चालित सहकारीहरूलाई घुमाउरो तरिकाले करोडौं रकम वितरण गर्न लागेको छ । आर्थिक वर्ष सकिनै लाग्दा मन्त्रालयले एमाले, नेपाली कांग्रेस र माओवादी–केन्द्र निकटका सहकारीलाई करिब २ करोड ५० लाख रुपैयाा अनुदानको नाममा दिन लागेको हो ।
माओवादी–केन्द्रका नेता हरिबोल गजुरेल मन्त्री रहेको उक्त मन्त्रालयले कृषिसाग सम्बन्धित संघ/संस्था र सहकारीहरूलाई करोडौं रकम वितरण गर्न लागेको हो । गत वैशाख २७ गते मन्त्रालयद्वारा सूचना निकाली राष्ट्रिय स्तरका कृषि सहकारी तथा कृषि संस्थाहरूलाई मात्र उक्त अनुदान रकम उपलब्ध गराउने बेहोरा सार्वजनिक गरेको थियो । मन्त्रालयबाट सूचना जारी भएपछि अहिले तीन ठूला दलका किसान संगठनहरूले सञ्चालन गरिरहेका सहकारीले अनुदानका लागि आवेदन दिएका छन् । अखिल नेपाल किसान महासंघले सञ्चालन गरिरहेको नयाा कृषि अभियान सहकारी संस्थाले १ करोड १७ लाख रुपैयाा अनुदान पाउन निवेदन दिएको छ । उक्त सहकारी महासंघका अध्यक्ष वामदेव गौतमको प्रत्यक्ष निगरानीमा चलिरहेको छ । त्यस्तै, नेपाली कांग्रेसनिकट नेपाल किसान संघका अध्यक्ष भानु सिग्देलले सञ्चालन गरिरहेको नेपाल किसान संघ राष्ट्रिय कृषि सहकारी संस्था र माओवादी–केन्द्रनिकट एवं मन्त्रीका सल्लाहकार नहेन्द्र खड्काको राष्ट्रिय किसान सञ्जालले पनि अनुदानका लागि आवेदन गरेका छन् । ‘
अनुदानका लागि अरू सहकारीहरूलाई आवेदन गर्न लगाए पनि तीन ठूला राजनीतिक दलका किसान संगठनहरूलाई मात्र अनुदान वितरण गर्ने प्रक्रिया अहिले मन्त्रालयमा सुरु भइसकेको बताइन्छ । विभिन्न सहकारीहरूले निवेदन दिए पनि ती सहकारीहरूको नपर्ने गरी मापदण्ड बनाइएको मन्त्रालयका सूत्रले जनाए ।
यसैबीच, कृषि विकास मन्त्रालयद्वारा सञ्चालित एक गाउा, एक उत्पादन कार्यक्रमलाई प्रभावकारी बनाउन नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रले बदमासी गरेको पाइएको छ । महासंघका उपाध्यक्ष भवानी राणाले हेर्दै आएको केन्द्रले स्याङ्जामा अदुवा प्रशोधन गर्ने कार्यक्रममा कृषि मन्त्रालय र सामथ्र्य नामक दुई संस्थाबाट रकम बुझेपछि लफडा उत्पन्न भएको छ । एउटै कार्यक्रमका लागि मन्त्रालय र अर्को गैरसरकारी संस्थासाग सम्झौता गरेपछि मन्त्रालयले कारबाही गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । अख्तियारमा उजुरी परेपछि केन्द्रका अध्यक्ष तथा महासंघको भावी अध्यक्षका रूपमा चिनिएकी राणा अचेल तनावमा परेको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply