सचिव रिझाउन विदेश सयर
काठमाडौं । मन्त्रीसाग मनमुटाव भएपछि लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले सचिवलाई हातमा लिएर आफ्नो काम फत्ते गरिरहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलसाग कुरा नमिलेपछि अहिले तामाङले सचिव प्रेमकुमार राईसित निकटता बढाउन पुगेका छन् ।
सदस्य सचिव तामाङले सचिव राईसाग निकटता बढाएसागै राईलाई विदेश घुमाउने चााजोपााजोसमेत मिलाएका छन् । अबको केही दिनपछि नै सदस्य–सचिव तामाङ सचिव राईलाई लिएर टर्कीको मुख्य सहर इस्तानबुलतिर जाादै छन् । विश्व सम्पदा सूचीमा परेका ऐतिहासिक, पुरातात्त्विक सम्पदाहरूबारे हुन लागेको एक अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन सचिव राई, तामाङ र कोषको काठमाडौं सम्पर्क कार्यालयका वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानिन राई इस्तानबुलतिर उड्न लागेका हुन् । उक्त कार्यक्रममा कुनै पुरातात्त्विक विज्ञ वा कर्मचारी जानुपर्नेमा सदस्य–सचिव तामाङले सचिव राईलाई रिझाउन र आफ्नो कााध थापिदिएबापत पुरस्कृत गर्न विज्ञहरू जानुपर्ने कार्यक्रममा सचिवलाई लिएर जान थालेका हुन् । तामाङले अर्को के बठ्याइा पनि गरेका छन् भने आयोजक संस्थालाई नेपालबाट आमन्त्रित गर्नुपर्ने व्यक्तिहरूको नाम तोकेरै निमन्त्रणा पठाउन लगाएका थिए ।
केही दिनअघि मात्रै बेलायत घुमेर आएका तामाङले इस्तानबुलमा एक हप्तासम्म हुने कार्यक्रममा पुरातात्त्विक विज्ञहरूलाई छेकेर आफू र सचिव जान लागेका हुन् । यसैगरी, सदस्य–सचिव तामाङलाई पहिलाका लेखा अधिकृत रामबहादुर केसीले छाडेपछि हाइसन्चो भएको छ । उनले कोषभित्र आफू अनुकूल आर्थिक चलखेल गर्न अर्कै शाखाका सुब्बा तहका कर्मचारी भीम बस्नेतलाई ल्याएपछि अहिले व्यापक चलखेल गरिरहेका छन् । अख्तियार र मन्त्रालयले समेत अयोग्य ठहराएको बस्नेतलाई लेखाको जिम्मा दिएर तामाङले आफूअनुकूलका कामहरू गरिरहेका छन् ।
यसैबीच, अहिले कोषले धमाधम बिल भुक्तानी गर्ने काम पनि गरिरहेको छ । यही असार २० गतेभित्र बिल भुक्तानी गरिसक्ने हिसाबले बुद्ध जयन्तीको बेलादेखि रोकिइरहेका बिलहरू धमाधम काट्ने काम भइरहेको छ । तर, कोषले कामको मूल्यांकन, अनुगमन र नापजााच नै नगरी ठेकेदारले ल्याएको बिललाई सदर गर्दै चेक दिइरहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply