पााच सचिवका लागि १३ को दौड
काठमाडौं । यही साउन महिना भित्रै रिक्त हुने पााच सचिव पदका लागि अहिले १२ जना सहसचिव दौडधुपमा लागेका छन् । राजनीतिक दलका नेता र नयाा बन्ने सरकार आफ्ना पक्षमा सकारात्मक बनेमा मात्र आफूले उक्त पद पाउने हुनाले उनीहरु भित्रभित्रै लविङमा लागेका हुन् । अहिले उक्त दौडमा सहसचिवहरु राजेश्वर मानसिंह, लोकप्रसाद आचार्य, शम्भु कोइराला, लवदेव अवस्थी, खगराज बराल, गोपीनाथ मैनाली, विनोद केसी, सूर्य आचार्य, कृष्णप्रसाद देवकोटा, पूर्णचन्ऽ भट्टराई र चुडामणि शर्मा लगायतका व्यक्तिहरु लागेको बताइन्छ । त्यसमा एउटा सचिव वरिष्ठताका आधारमा नियुक्त हुन्छन् भने बााकीमा एकजना बराबर तीन जना पर्नेगरी लोकसेवाले सिफारिस गरेका सहसचिवबाट सरकारले सचिव नियुक्त गर्छ ।
राजेश्वरमान पछि सहसचिवको वरिष्ठताको आधारमा लोकप्रसाद आचार्य दोस्रो वरियतामा छन् । आचार्य कर्मचारी प्रशासनभित्र इमान्दार सहसचिवका रुपमा परिचित छन् उनी यसअघि नै सचिव भइसक्नुपर्ने बताइन्छ । यस्तै वरियताक्रममा सचिवको अर्का दाबेदार हुन् शम्भु कोइराला । अहिले उनी वाणिज्य विभागका महानिर्देशक छन् । कर्मचारीभित्र चल्तापूर्जा कर्मचारीको रुपमा चिनिने कोइराला कााग्रेस निकट मानिन्छन् ।
यस्तै लवदेव अवस्थी यसअघि पनि सचिवका लागि प्रस्तावित थिए तर उनी पर्न सफल भएनन् । उनी अहिले सचिवमा परे पनि असोजमा उमेरहदले अनिवार्य अवकास पाउादैछन् । यस्तै खगराज बराल लामो समय शिक्षा क्षेत्रमा अनुभव हासिल गरेका प्रवल दावेदार हुन् भने गोपीनाथ मैनाली लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीका आफ्नै भाइ हुन् ।
यस्तै कहिा कतै विवादमा नतानिएका सहसचिव बिनोद केसी पनि यो पटक सचिवका लागि दौडमा छन् । उनीसाग स्थानीय विकास मन्त्रालयमा लेखा प्रमुखका रुपमा लामो समय काम गरेको अनुभव छ । शान्ति मन्त्रालय हुादै अहिले उनी गृह मन्त्रालयमा छन् । उनी राजनीतिक रुपमा वामपक्षधर मानिन्छन् । कृष्णप्रसाद देवकोटा हाल अर्थ मन्त्रालयमा छन् । उनी अहिलेसम्म विवादमा परेका छैनन् । उनीसाग धेरै कार्यालयको प्रमुख भएर काम गरेको अनुभव छ ।
यता पूर्णचन्ऽ भट्टराईले प्रशासनभित्र आफूलाई सुधारक कर्मचारीको रुपमा चिनाएका छन् । लामो समय स्थानीय विकास मन्त्रालयमा बिताएका उनी यसअघि स्थानीय विकास अधिकारी भएर समेत केही जिल्लामा काम गरे । सहसचिवमा बढुवा भएपछि श्रम मन्त्रालयमा बसेर उनले बैदेशिक रोजगार विभागमा सुधारको काम गरेका थिए ।
चुडामणि शर्मा पााच जना सचिव पदका लागि कान्छा दावेदार हुन् । उनी कर फस्र्यौट आयोगको सदस्य सचिवसमेत भइसकेका व्यक्ति हुन् । उमेरहदका कारण साउन मसान्तसम्म नेपाल सरकारका पााच सचिव पद रिक्त हुादैछ । लोकसेवा आयोगका माधवप्रसाद रेग्मी, राष्ट्रिय योजना आयोगका सुरेशमान श्रेष्ठ र शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले यही साउन ११ गते अवकाश पाएका छन् । उद्योग मन्त्रालयका सचिव सुर्यप्रसाद सिलवालले साउन १५ गते र पुरुषोत्तम पौडेल साउन १७ गते अनिवार्य अवकाश पाएका हुन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply