सशस्त्रमा किन बढ्यो असन्तुष्टि ?
काठमाडौं । सशस्त्र प्रहरी बलमा पछिल्लो समय निकै असन्तुष्टि बढेको छ । बढुवा भएका एआईजीहरूको लामो समयसम्म पदस्थापन नभएपछि असन्तुष्टि बढेको हो । डीआईजीबाट दुई महिनाअघि एआईजीमा शैलेन्द्र खनाल र जितबहादुर पुन: बढुवा भएका थिए । तर, उनीहरू पहिलेकै जिम्मेवारीमा छन् । डीआईजी हुादा खनाल आईजीको सचिवालयमा थिए भने संगठनको प्रवक्तासमेत थिए । अझै पदस्थापना नहुादा उनी डीआईजीले सम्हाल्ने जिम्मेवारीमा रहेका छन् भने जितबहादुर पुन पनि पुरानै जिम्मेवारीमा छन् । सशस्त्रका अन्य एआईजीहरूमध्ये सिंहबहादुर श्रेष्ठले रोजेको प्रशासन विभाग पाएकाबाहेक प्रेमबहादुर शाही, प्रकाश ओझालगायतको पनि चित्तबुझ्दो जिम्मेवारी नपाइएको भन्दै गुनासो रहेको बताइन्छ ।
त्यसो त एआईजीमा पदस्थापन नभएका कारण सशस्त्रमा रिक्त तीन डीआईजीको बढुवा पनि रोकिएको छ । दुई महिनाअघि बढुवा भएर डीआईजी खनाल र पुन: एआईजीमा गएपछि दुई
डीआईजी पद रिक्त थियो भने अर्का डीआईजी दुर्गा कुावरले संगठन त्यागेर पीआर रोजेपछि उनको पद पनि रिक्त भएको थियो ।
तत्कालीन आईजी कोषराज वन्तले नियतवश पेलेर एक नम्बरमा हुादाहुादै २ नम्बर बढुवा गरेपछि उनी पनि असन्तुष्ट भएका थिए ।
यता, आईजी दुर्जकुमार राईले डीआईजीले गर्ने नेसनल डिफेन्स कोर्स तालिमका लागि एसएसपीबाट आफूनिकट मन्दीप श्रेष्ठलाई पठाउने निर्णय गरेपछि झनै असन्तुष्टि छाएको छ । केही दिनपछि श्रेष्ठलाई चाइना पठाउने भएपछि डीआईजीहरूमा तीव्र असन्तुष्टि छाएको छ । त्यसो त डीआईजी श्रेष्ठ पनि वरीयतामा ३ नम्बरका एसएसपी हुन् ।
एसएसपीहरूमध्ये पहिलो नम्बरका खड्ग राई, दोस्रो नम्बरका वसन्त बानियाा, तेस्रो नम्बरका श्रेष्ठ, चौंथो नम्बरका इन्जिनियर प्रजा भक्त श्रेष्ठ र पााचौं नम्बरका सञ्जय राणा हुन् । नयाा गृहमन्त्रीका रूपमा विमलेन्द्र निधि आएपछि अहिले बढुवा चाहने सशस्त्रका हाकिमहरू कााग्रेस नेताको घर धाउन थालेको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply