खानेपानी आपूर्तिलाई सेवामूलक ढंगले हेरेका छौं
० निर्विरोध रूपमा महासचिव निर्वाचित हुादा कस्तो अनुभूति भइरहेको छ ?
– ६ सय ५ वटा ट्यांकरको अलावा हाम्रो संघमा ३ सय ३७ जना सदस्य हुनुहुन्छ । उहााहरूको व्यवसायको सम्पूर्ण जिम्मेवारी यस संघले लिइरहेको छ । जिम्मेवारीहरू थपिादै गएका छन् । यत्रो ठूलो जिम्मेवारी वहन गर्नुपर्ने अवस्था आइरहादा निश्चय नै केही गाह्रो त भइ नै हाल्छ । तैपनि, हामी सबै व्यवसायीको साथ र सल्लाहमै अगाडि बढिरहेका छौं ।
० संघले व्यवसायीको पक्षमा के–के काम गरिरहेको छ ?
– व्यवसायीहरूले गाडी खरिद गरिदिनुहुन्छ, संघमा दर्ता गर्नुहुन्छ । त्यसपछि उहााहरूको व्यवसायलाई कसरी हुन्छ माथि उकास्ने भन्नेदेखि लिएर दुर्घटनासम्बन्धी सम्पूर्ण जिम्मेवारीहरू यसै संस्थाले बेहोरिरहेको छ । हिजोका दिनमा कार्यसमिति अलि निष्क्रिय भएको भन्ने गुनासो थियो । तर, समितिले सरकारसाग समन्वय गरेर विभिन्न निर्देशिका तयार गर्न लागिरहेको छ । नीतिनियमहरू बनाउन लागिरहेको छ । विविध कार्यहरू सुरुवात गर्न लागिरहेको छ ।
० राजधानीमा मेलम्चीको पानी भित्रियो भने त तपाईंहरूको व्यवसाय चल्दैन होला नि ?
– हो, यो कुराले हाम्रा व्यवसायी साथीहरू धेरै चिन्तित भइरहनुभएको छ । तैपनि हामीले काठमाडौं उपत्यकामा मात्र नभई नेपालभरि नै जुनजुन सहरमा पानीको अभाव छ, त्यतातिर केन्द्रित हुनु जरुरी छ । पछि सबै स्थानमा हाम्रो व्यवसाय सुरु भएपछि यसलाई महासंघीय ढााचामा लैजाने सोच बनाएका छौं । हरेक जिल्ला स्तरमा जिल्ला संघ पनि बनाउने सोच छ र अहिलेको संघ छाता संघका रूपमा महासंघ भएर रहनेछ ।
० उपत्यकामा खानेपानीको स्रोतहरू कत्तिको पर्याप्त छ ? कुन कुन ठाउामा स्रोत छन् र कसरी तपाईंहरूले त्यसलाई समन्वय गरिरहनु भएको छ ?
– अहिले हाम्रो संघमा सातवटा क्षेत्रबाट पानी उत्पादन गर्ने गरिएको छ । बालाजु, मातातीर्थ, चोभार, गोदावरी, कााडाघारी, जोरपाटी र भक्तपुरबाट हामीले पानी आपूर्ति गर्छौं । काठमाडौं उपत्यकामा २०७० सालको तथ्यांकअनुसार १७ करोड लिटर पानी चाहिने ठाउामा ५ करोड लिटर हामी व्यवसायीहरूबाट परिपूर्ति भइरहेको छ । ८ करोड लिटर पानीचाहिा मेलम्चीबाट आयो भने त्यहााबाट परिपूर्ति हुन्छ । अझै पनि ४ करोड लिटर पानी काठमाडौंवासीलाई पुग्दैन । यसका स्रोतहरू जुटाउन विभिन्न ठाउामा अध्ययन भइरहेको छ । मातातीर्थमै पानीको मुहान बढाउन पहल भइरहेको छ । नेपालटार क्षेत्रमा पानीको मुहान खोजी भइरहेको छ । अन्य ठाउाहरूमा पनि पानीको मुहान खोजेर सकेसम्म सरकारी निकायबाट र निजी क्षेत्र समन्वय गरेर काठमाडौंमा खानेपानीको समस्यालाई सहज ढंगले परिपूर्ति गरौं भनेर हामीहरूले पहल सुरु गरेका छौं ।
० बगिरहेको पानी जसले सक्यो उसले लिने र मनपरी मूल्य निर्धारण गर्ने गरेको भन्ने गुनासो छ नि ?
– सरकारी निकायको हिसाबमा हामीले मूल्य निर्धारण गर्दा त हाम्रो मूल्य धेरै नै कम छ । ८ हजार लिटर पानीको सरकारी मूल्यांकन दर ३ हजार ३ सय छ । तर, हामीले १५ सयदेखि १७–१८ सयसम्ममा ८ हजार लिटर पानी बिक्री–वितरण गरिरहेका छौं ।
० सरकारीजस्तो गुणस्तरमा ग्यारेन्टी भएको पानी हो र तपाईंहरूको ?
– कुनै कुनै व्यवसायीहरूले गरेको एकाध कामलाई आधार मानेर सबै व्यवसायी उस्तै छन् भन्न मिल्दैन । साह्रै अभावका बेला कहिलेकाहीा मागअनुसार आपूर्ति गर्न नसकेर केहीले अन्यत्रको पानी मिसावट कहीाकतै गरे होलान् । यसलाई नियन्त्रण गर्न हामीले अब नयाा व्यवस्था सुरु गर्न लागेका छौं । नेपाल आयल निगमको गाडीमा सरकारसांग समन्वय गरेर एकै खालका रङ निर्धारण गरिएजस्तै हामीले पनि दुई किसिमको पानी र दुई खालको ट्यांकरको रङ प्रयोग गर्ने सोचिरहेका छौं । दुइथरी ट्यांकर छुट्टयाएर एकथरी खानयोग्य पानी र अर्कोथरी सरसफाइका लागि मात्र प्रयोग हुने पानी वितरण गर्ने संघको सोच छ ।
यसका लागि गृहकार्यहरू भइरहेको छ । पिउन योग्य पानीको छुट्टै मूल्य निर्धारण हुन्छ भने अर्को खालको पानीको अर्कै मूल्य निर्धारण हुन्छ । अबको दिनमा हामीले मूल्यमा कन्जुस्यााइ नगरीकन गुणस्तरमा पनि ध्यान दिन गइरहेका छौं । हामीले त्यही ढंगले पानी उत्पादन गर्न सबै उत्पादनशील बोरिङहरूलाई परिपत्र गरिसकेका छौं ।
० यो व्यवसायमा अहिले कस्ता खालका चुनौतीहरू छन् ?
– काठमाडौं उपत्यकाभित्र ट्राफिक जामको उस्तै समस्या छ । हामी पानी लिएर गल्लीगल्लीमा भित्र छिर्नुपर्ने हुन्छ । संघमा आबद्धबाहेक ४०–५० वटा ट्यांकर संघबाहिर छन् । उनीहरूलाई परिपत्र गर्ने र संघमा समेट्ने हाम्रो प्रयास जारी छ । एकदुईवटा ट्यांकरले खोलाबाट वा अन्य निकायबाट पानी भर्न सक्छन् । यसले गर्दा सिंगो पेसाकै बदनाम भइरहेको छ । माघ महिनादेखि असारमम्म हाम्रो महत्त्वपूर्ण सिजन हो । सिजनका बेला पानी परिपूर्ति गर्न अलि समस्या हुन्छ । सरकारको नीतिनियम र निर्देशिकाहरू नआइपुगेका कारण काम गर्न उत्तिकै कठिनाइ छ ।
० स्थानीय स्रोतको पानी बिक्री–वितरण गरेर व्यवसाय गरेबापत त्यहााका जनतालाई केही फाइदा पनि दिनुहुन्छ कि दिनुहुन्न ?
– पानीको उत्पादनशील क्षेत्रमा स्थानीय बासिन्दालाई बिहान २ घन्टा र बेलुका दुई घन्टा पानी दिन्छौं । त्यसका अलावा कुनै ठाउामा आगलागी भयो, केही समस्या पर्यो, सार्वजनिक पाटीपौवा निर्माणको काम पर्यो भने हामीले यसलाई सामाजिक उत्तरदायित्वको रूपमा लिएर सहयोग गछौं । भूकम्पका बेला धेरै नै सहयोग गर्यौं ।
० स्थानीय स्रोत परिचालन गर्दा दलका नेता, प्रहरी र अन्य समूहले कत्तिको अवरोध गर्छन् ?
– जुनसुकै व्यवसाय गर्दा पनि अलिअलि समस्या आउनु स्वाभाविक हो । हरेक क्षेत्रमा अहिले विरोधका लागि विरोध गर्ने प्रचलन छ । तर, पानीको कामलाई हामीले व्यवसाय नभईकन एउटा सेवाको कामका रूपमा लिएर अघि बढेका छौं । सरकारले दिन नसकेको जीवनसाग सम्बन्धित पानीलाई हामी आफैंले निजी क्षेत्रबाटै परिपूर्ति गर्नुलाई सबैले सकारात्मक रूपले हेर्नुपर्ने हो ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply