२५ करोडमा चलखेल
काठमाडौं । आफ्नो खल्तीका ठेकेदारले निर्धारित समयमा टेन्डर नहालेपछि लुम्बिनी विकास कोषका सदस्य–सचिव अजितमान तामाङले फेरि म्याद बढाउन लगाएका छन् । लुम्बिनी क्षेत्रभित्र पानी वितरण गर्न गरिएको करोडौंको टेन्डर आह्वानमा आफूनिकटका ठेकेदारले समय बढाउन लबिङ गरेपछि अवधि बढाइएको हो ।
बृहत् लुम्बिनी गुरुयोजनाअन्तर्गत लुम्बिनी क्षेत्रभित्र भूमिगत पानीट्यांकी, ओभरहेड ट्यांक र पानी वितरण गर्न कोषले गएको साउन ७ गते नै इच्छुक कम्पनीहरूलाई टेन्डरका लागि आह्वान गरेको थियो । भ्याटबाहेक २५ करोड रुपैयाँमा निर्माण हुने उक्त परियोजनाका लागि देशबाहिरका इच्छुक कम्पनीहरूले पनि चासो राखेका थिए । नेपाल, भारत र चीनलगायतका मुलुकका २० वटाजति कम्पनीले उक्त परियोजनाका लागि इच्छा देखाएको बताइन्छ ।
तर, गत आइतबार टेन्डरका लागि दिइएको अन्तिम समय सकिए पनि सदस्य–सचिव तामाङले पुनः १५ दिनका लागि समय बढाएका छन् । आफूले जुन कम्पनीसित कुराकानी गरिरहेका थिए, त्यो कम्पनीले समयमै कागजात पेस गर्न नसक्ने भएपछि कम्पनीको आग्रहमा तामाङले समय बढाएको बताइन्छ । करोडौंको ठेक्का भएको हुँदा त्यसबाट मोटो कमिसन पाउने भएका कारण तामाङले आफूनिकटका ठेकेदारलाई ठेक्का दिलाउन सबै प्रपञ्च मिलाएको बताइन्छ ।
तर, सदस्य–सचिव तामाङको उक्त कदमप्रति स्थानीय निर्माण व्यवसायीहरूले भने विरोध जनाएका छन् । निर्धारित समयमा सक्षम कम्पनीहरूले टेन्डर हाले पनि आफूनिकटका ठेकेदारलाई ठेक्का दिलाउन तामाङले चलखेल गरेकोमा निर्माण व्यवसायीहरू उनीप्रति क्षुब्ध बन्न पुगेका हुन् । आफ्नो अवधि एक वर्ष मात्रै बाँकी रहेको हुँदा तामाङले एक दुई वटा ठूला ठेक्काहरूमा चलखेल गरेर राम्रै आर्थिक उपार्जन गर्ने दाउ रचिरहेको बताइन्छ ।
तर, सदस्य सचिव तामाङले कोषलाई आफूअनुकूल सञ्चालन गर्ने गरे पनि नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनकुमार शाहीले पनि उनलाई छुन सक्ने देखिँदैन । विगतमा प्रचण्ड प्रधानमन्त्री हुँदा सदस्य सचिव बनेका तामाङले माओवादीको आड लिएर मन्त्रीलाई नटेर्ने संकेत देखाइसकेका छन् । केही दिनअघि उनले नयाँ मन्त्रीतर्फ संकेत गर्दै आफ्ना निकटस्थहरूसित ‘मैले पाँच मन्त्री भ्याइसकें, अहिलेका त केही पनि होइनन्’ भनी बताएका थिए ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply