खानेपानीमा बमको मस्ती
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका एक कर्मचारीले लामो समयदेखिको मस्ती मार्दै आएका छन् । उनको हरेक कामले बोर्ड डुबाउने खतरा बढेको भन्दै उनलाई कारबाही हुनुपर्ने माग गरिएको छ । तर, ती कर्मचारी दोषी साबित भएर पनि अझै मालदार ठाउँमा बसेर बोर्डलाई दोहन गरिरहेका छन् । ती व्यक्ति योगेन्द्रबहादुर बम हुन् ।
उनका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई–दुईपटक उजुरी परिसकेको छ । तर, ती उजुरी अन्ततः केवल रद्दीका टोकरीमा पुगेको बताइन्छ । उनको धाक र रवाफले त्यहाँ कार्यरत अन्य कर्मचारीहरू पनि आजित भएको बताइन्छ ।
अन्य कर्मचारीको ६–६ महिनामा करार सम्झौता हुन्छ, तर उनको आजीवन हँुदैन । लाग्छ, उनले कहिल्यै जागिर छोड्नैपर्दैन । उनी कानुनतः करारका
कर्मचारी हुन् । नियम, कानुन र ऐनलाई पन्छाएर उनी वरिष्ठ प्रशासकको पदमा आसीन छन् । उनको विषयमा अख्तियारले तत्कालीन सहरी विकास मन्त्रालयलाई पत्र लेखेर समिति बनाई छानबिन गर्नु भनेको थियो । मन्त्रालयले छानबिन समिति बनाएर प्रतिवेदन अख्तियारलाई पनि बुझायो तर अख्तियारले बमलाई कारबाहीको सट्टा पुरस्कार दिएको थियो । तिनै बम अहिले सूचना अधिकारीको समेत जिम्मेवारी हेर्ने गरी बोर्डको वरिष्ठ प्रशासक तोकिएका छन् ।
सहरी विकास मन्त्रालयका तीन कर्मचारीले दिनरात खटेर ६ पृष्ठको छानबिन प्रतिवेदन तयार पारे । छानबिन समितिका संयोजक तेजकुमार पोखरेल, सदस्य मन्दिरा काफ्ले र रवीन्द्रप्रसाद चौधरीको मेहनतले प्रतिवेदन बने पनि अझै जो चोर उसैको ठूलो स्वर भनेझैं बमकै हालीमुहाली भएको बताइन्छ । प्रतिवेदनको निष्कर्ष ‘योगेन्द्रबहादुर बम काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको कर्मचारी नियमावली र नेपाल सरकारको खरिद ऐन र नियमबमोजिम उनलाई सेवामा लगाई रहन मिल्दैन’ भन्ने थियो ।
प्रतिवेदनमा लेखिएको छ–‘उनी चोर बाटोबाट २०६९–०९–२० गते मासिक १२ हजार पारिश्रमिक पाउने गरी सार्वजनिक खरिद नियमावली २०६४ अनुसार सेवा करारमा दिने गरी करार सम्झौतामा काम थालेका हुन् । २०६९ देखि बोर्डको ऐन र नियमवालीअनुसार पनि नमिल्ने गरी वरिष्ठ आठ तहमा नियमित कार्यरत छन् । उनको म्याद पनि थपिरहनुनपर्ने व्यवस्था परिएको छ । यो सरासर बदनियतपूर्ण छ ।’ तर पनि बमलाई कसैले कारबाही गर्नुको सट्टा पुरस्कृत गरिएकोमा अन्य कर्मचारीहरू रुष्ट भएका छन् ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply