सातै प्रदेशमा कमिटी गठन
काठमाडौं । नेकपा (एमाले) स्थायी समितिको बैठकले पार्टीको सातवटै प्रदेशमा कमिटी गठन गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा सम्पन्न बैठकले सातवटै प्रदेश कमिटीलाई पूर्णता दिने काम गरेको पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
पार्टीले प्रदेश नंं. १ मा भीम आचार्य संयोजक र शेरधन राई सहसंयोजक रहेको १ सय १ सदस्यीय कमिटी निर्माण गरेको छ । प्रदेश नं. २ मा सत्यनारायण मण्डल संयोजक र नागेन्द्र चौधरी सहसंयोजक रहेको ८१ सदस्यीय कमिटी गठन गरेको छ ।
त्यस्तै, प्रदेश नं. ३ मा अष्टलक्ष्मी शाक्य संयोजक र काशीनाथ अधिकारी सहसंयोजक रहेको १ सय ११, प्रदेश नं. ४ मा किरण गुरुङ संयोजक र गणेश तिमिल्सेना सहसंयोजक रहेको ५९, प्रदेश नं. ५ मा विष्णुप्रसाद पौडेल संयोजक र दलबहादुर राना सहसंयोजक रहेको ८० सदस्यीय कमिटी गठन गरिएका छन् ।
प्रदेश नं. ६ मा युवराज ज्ञवाली संयोजक र यामलाल कँडेल सहसंयोजक रहेको ५२ र प्रदेश नं. ७ मा भीमबहादुर रावल संयोजक र कर्णबहादुर थापा सहसंयोजक रहेको ५८ सदस्यीय प्रदेश सङ्गठन कमिटी गठन गरिएका छन् ।
यसअघि स्थायी समितिबाट निर्धारण भएका मापदण्डका आधारमा केन्द्रीय सङ्गठन विभागका तर्फबाट गृहकार्य गरी प्रस्तुत गरेका नामलाई बैठकले अनुमोदन गरेको हो ।
प्रदेश कमिटीमा स्थायी कमिटीबाट तोकिएका प्रदेश संयोजक र सहसंयोजक, अञ्चल इन्चार्ज तथा सहइन्चार्ज, केन्द्रबाट तोकिएका जिल्ला इन्चार्ज र सहइन्चार्ज, निवर्तमान अञ्चल सचिव, जिल्ला कमिटीका अध्यक्ष, जिल्ला अधिवेशनबाट निर्वाचित निवर्तमान जिल्ला अध्यक्ष केन्द्रीय कमिटीको विशेष निर्णयबाट मनोनीत हुने व्यवस्था छ ।
त्यस्तै, निर्वाचन क्षेत्रबाट निर्वाचित राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य, जिल्ला कमिटीको सिफारिसमा केन्द्रीय कमिटीद्वारा मनोनीत राष्ट्रिय प्रतिनिधि परिषद्का महिला सदस्य र केन्द्रीय कमिटीको विशेष निर्णयद्वारा मनोनीत राष्ट्रिय प्रतिनिधि परिषद्का दलित सदस्य छन् । बैठकले विभिन्न पार्टीबाट नेकपा (एमाले) मा समाहित भएकामध्ये गोविन्दविक्रम शाह (जाजरकोट), रमेश श्रेष्ठ (सुनसरी) र मोती दुगड (मोरङ) लाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्यमा मनोनीत गरेको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply