लोडरले पत्रिका निकालेर तहल्का
काठमाडौं । पेसाले उनी नेपाल वायुसेवा निगममा लोडर हुन्, तर बनेका छन् पत्रिकाका प्रकाशक पनि । निगममा लोडरका रूपमा कार्यरत रहे पनि पूर्णप्रसाद पाण्डेले अचेल पत्रिका प्रकाशन गरेर विभिन्न ठाउँमा आफूलाई पत्रकारका रूपमा चिनाउने गरेका छन् ।
१२ वर्ष पुरानो ‘परिवर्तन आवाज’ साप्ताहिकको प्रकाशक रहेका पाण्डे आफूलाई कर्मचारीहरूको हकहितमा बोल्ने संगठक भनेर चिनाउन पनि पछि पर्दैनन् । कृपासुर शेर्पा पर्यटनमन्त्री हुँदा ‘मन्त्री आफ्नो साथी भएकाले’ जे चाह्यो त्यही हुन्छ भन्दै हिँड्ने पाण्डे अहिले निगमको कर्मचारी युनियन र हरेक हाकिमको कार्यालयमा उक्त पत्रिका टेबलमै पु¥याउन लगाउने गर्छन् ।
मन्त्री कृपासुरकै पालामा करारमा निगममा जुनियर असिस्टेन्टमा भर्ती भएका पाण्डे त्यसअघि भने के गर्थे भन्नेबारे निगमका कर्मचारीहरूलाई थाहा छैन । तर, पछिल्लो समय भने उनी एयरपोर्टबाट सरुवा भई न्युरोडस्थित निगमको प्रधान कार्यालयमा आउन बाध्य भएका छन् । लोडर तथा तल्ला तहका कर्मचारीहरूलाई राम्रो फाइदा हुने स्थान एयरपोर्र्टमा नियमित रूपमा काम नगर्ने र अन्यत्र हिँड्ने गरेपछि निगम व्यवस्थापनले बाध्य भएर पाण्डेको सरुवा प्रधान कार्यालयमा गरिदिएको थाहा भएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply