बैंकर्स–सांसदको अवरोधले बाफिया अलपत्र
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट मस्यौदा भएर गएको विधेयक नै आउनुपर्नेमा सबैको मत रहे पनि बैंक तथा वित्तीय संस्थाहरूको अध्यक्ष र सञ्चालकसमेत रहेका केही सांसदको अवरोधका कारण बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) त्यत्तिकै अड्किएर बसेको छ । दसैंअघि नै सो विधेयक सदनमा पेस हुने अपेक्षा गरिए पनि केही सांसदहरूले चलखेल गरेका कारण रोकिन पुगेको हो ।
यसअघि व्यवस्थापिका–संसदको अर्थ समितिले पूर्ण सदनमा सो विधेयक पेस गरे पनि चौतर्फी रूपमा विरोध आएपछि पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुनः छलफलका लागि समितिमै फिर्ता पठाएका थिए । तर, करिब तीन महिनासम्म समितिमा अड्किएपछि बाफियाबारे पुनः छलफल अगाडि बढेको थियो । समितिले पूर्वगभर्नर र बैंक तथा वित्तीय संस्थाहरूका स्टेकहोल्डरहरूसँग छलफल गरेर विधेयकमा संशोधन गरी सदनमा पेस गर्ने अपेक्षा गरिएको थियो । तर, समितिले पूर्वगभर्नर र बैंक तथा वित्तीय संस्थाका स्टेकहोल्डरहरूसँग छलफल गरेको दुई हप्ता बित्न लाग्दासमेत विधेयकबारे कुनै टुंगो लाग्न सकेको छैन ।
सूत्रका अनुसार बैंकका सञ्चालकसमेत रहेका उमेश श्रेष्ठ, गोपाल दहितलगायत केही सांसदहरूले विधेयकमा आफ्नो सरोकारलाई सम्बोधन नगरेको भन्दै निहुँ खोजेका कारण विधेयक त्यत्तिकै अड्किन पुगेको बताइन्छ । दसैंअघि नै विधेयक आउनुपर्नेमा ती सांसदहरूले लफडा झिकेका कारण विधेयक रोकिन पुगेको हो । विधेयकमाथि केही सांसदको अवरोध भएपछि समितिका सभापति प्रकाश ज्वाला पनि गृह जिल्ला सल्यानतिर गएको बुझिएको छ । समितिका एक सदस्य केदार सञ्जेलले भने दसैंअघि ल्याउन प्रयत्न गरे पनि आफूहरू असफल भएको बताए । उनले दसैंपछि भने विधेयक सदनमा पेस हुने सम्भावना रहेको बताए ।
यसैबीच, नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपाल हिजो अमेरिकातिर उडेका छन् । आगामी असोज २५ गतेसम्म अमेरिकामा हुने एक कार्यक्रममा भाग लिन उनी अमेरिका गएका हुन् । अमेरिका जानुभन्दा केही दिनअघि मात्रै उनी सपरिवार भुटान पुगेर फर्किएका थिए ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply