वायुसेवामा २७ लाख ठगी
काठमाडौं । नेपाल वायुसेवा निगममा ‘गुमेको पैसा फिर्ता नआउने गरी’ चेज एयर काण्डजस्तै अर्को काण्ड घटेको छ । निगमका कर्मचारीको मिलेमतो र दूरदर्शीताको अभावका कारण त्यसरी जानाजान निगमलाई २७ लाख रुपैंया घाटा लागेको पत्ता लागेको छ ।
जहाजको सिट तथा क्याबिनसम्बन्धी तालिमका लागि निगमको इन्जिनियरिङ विभागले तीन महिनाअघि नै २५ हजार अमेरिकी डलर मुम्बईमा पठाएको थियो । तर पछि बुझ्दै जाँदा उक्त कम्पनी तालिम गराउन सक्ने खालको कम्पनी नै नभएको पुष्टी भएको छ ।
तसर्थ, तीन महिनाको बीचमा न निगमका कर्मचारीले तालिम हासिल गरे न त उक्त रकम नै फिर्ता पाएका छन् । तालिम गराउन नसकेपछि निगमले रकम फिर्ताको लागि प्रयास गर्दा सो कम्पनीले उक्त रकम दिनसमेत आनाकानी गर्दै आइरहेको बताइन्छ ।
उक्त रकम मुम्बई पठाउने कामको अगुवाइ सोही विभागका उपनिर्देशक महेश मरिताले गरेका थिए । पहिल्यै पुरै रकम पठाउन आवश्यक नहुँदानहुँदै पनि मोटो रकम कमिसन पाउने लोभमा इन्जिनियरिङ विभागले उक्त निर्णय गरेको निगमका कर्मचारीहरू बताउँछन् । सुरुमा थोरै रकम पेस्कीस्वरूप पठाउँदा पनि हुने स्थानमा आफूहरूले कमिसन बाँडे मालामाल हुने भएकाले उक्त रकम एकैचोटी निकासा गरिएको निगमका कर्मचारीहरू बताए ।
निगमले उक्त रकम फिर्ता ल्याउन नसकेमा उपनिर्देशक मरिताको तलबबाटै कट्टा गरेर शोधभर्ना गर्नुपर्ने कर्मचारीहरूको माग छ । निगमका महाप्रबन्धकले एकपटकमा ३० करोडसम्म खर्च गर्ने अधिकार छ, तर निगमका हरेक विभागले आवश्यकता नै नपरेको स्थानमा पनि करोडौंको खरिद बिक्री गरी निगमलाई टाट पल्टाउने काम गर्दै आएका छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply