सभामुखको सिफारिस शीतल निवासमै गायब !
काठमाडौं । सभामुख ओनसरी घर्तीले गरेको एउटा सिफारिसका बारेमा राष्ट्रपति कार्यालयबाट कुनै कारबाही अघि नबढेपछि दुई संवैधानिक निकायबीच मनमुटाव बढेको छ ।
सभामुख घर्तीले संसद्को रिक्त सचिवमा अधिवक्ता गोपालनाथ योगीको नाम सिफारिस गरेको दुई महिना बिते पनि राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई स्वीकृति दिएकी छैनन् । यसअघिका सभामुख सुवास नेम्वाङले आफ्नो कार्यकालभरि रिक्त नै राखेर पदपूर्ति नगरेको उक्त पदमा नियुक्तिका लागि सभामुख घर्तीले सिफारिस गरेपछि त्यसलाई रोक्न एमालेका नेताहरूले शीतल निवासलाई प्रयोग गरेको आरोप सभामुख घर्तीको छ । सभामुखनिकट स्रोतले भन्यो, ‘आफ्नो समयमा गर्न नसक्ने अनि अरूले गर्दा पनि रोक्ने काम भयो भन्ने हाम्रो बुझाइ छ ।’
शीतल निवास स्रोतले अहिले प्रतिनिधि सभा नभएकाले प्रतिनिधि सभाको सचिव नियुक्त गर्न नमिल्ने तर्क दिएको छ । खासगरी, तत्कालीन कानुनमन्त्री अग्नि खरेलले शीतल निवास पठाएका सचिव भूपेन्द्र पौडेलले कुनै हालतमा सचिव नियुक्त गर्न मिल्दैन भनेर राष्ट्रपति भण्डारीलाई कन्भिन्स गरेको स्रोतले बतायो । यता, सभामुख पक्षको तर्कचाहिँ अर्को प्रतिनिधि सभा नहुन्जेल प्रतिनिधि सभाले गर्ने सबै काम अहिलेकै संसद्ले गर्ने भएकाले सचिव नियुक्तिमा बाधा पर्दैन भन्ने छ ।
सभामुख घर्तीले यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि कुरा गरेको र दाहालले समेत राष्ट्रपति भण्डारीलाई नियुक्ति गरिदिन अनुरोध गरेको स्रोतले बतायो । स्रोतले भन्यो, ‘तर नियुक्ति होला जस्तो लाग्दैन ।’ शीतल निवास स्रोतले चाहिँ यति लामो समयसम्म पत्रमाथि कारवाही नभएपछि स्वतः अब कार्यान्वयन हुँदैन भन्ने कुरा सभामुखले बुझिसकेको हुनुपर्ने जानकारी दियो ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply