सशस्त्रमा किन भयो बढुवाको जाम ?
काठमाडौं । कुनै बेला सशस्त्र प्रहरी बलमा खुला प्रतिस्पर्धाबाट भर्ना भएको प्रहरी निरीक्षक (इन्स्पेक्टर) को पहिलो ब्याच आधारभूत तालिम पूरा गर्नेबित्तिकै डीएसपीमा बढुवा भएको थियो । तर, अहिले १४ वर्षको अवधिमा त्यही संगठनमा इन्स्पेक्टरबाट डीएसपीमा बढुवा हुन २० वर्ष लाग्ने अवस्था आएको छ ।
कर्मचारीको वृत्ति विकास योजना नहुँदा सशस्त्र प्रहरीमा कर्मचारीको करिअर चौपट भएको हो । अहिले खुला प्रतिस्पर्धाबाट भर्ना भएको १२ वर्ष बित्दा पनि इन्स्पेक्टरहरू डीएसपीमा बढुवा हुन सकेका छैनन् । संगठनको अहिलेकै अवस्थाअनुसार अबको केही वर्षपछि इन्स्पेक्टरबाट डीएसपीमा बढुवा हुन २० वर्ष लाग्ने अवस्था आएको सशस्त्र प्रहरी अधिकारीहरू बताउँछन् । जसका कारण संगठनमा व्यापक निराशा छाएको छ ।
नयाँ संगठन भएकाले सुरुका वर्षमा माथिल्लो पदमा धेरै पद रिक्त हुँदा छिटोछिटो बढुवा हुने गरेको थियो । तर, अहिले माथिल्लो तहमा थोरै तथा तल्लो तहमा धेरै पद हुँदा सशस्त्रको बढुवा जाममा परेको हो । यसले तल्लो तहमा ठूलो असन्तुष्टि ल्याएको छ । कतिपयले जागिरसमेत छाड्न थालेका छन् । नेतृत्वले वृत्ति विकास योजना बनाएर भर्ना र दरबन्दी थप्ने निर्णय नगरेका कारण संगठनमा भद्रगोल अवस्था उत्पन्न भएको बताइन्छ ।
यसले सांगठनिक तथा नीतिगत रूपमा भद्रगोल उत्पन्न भएको विज्ञहरू बताउँछन् । अर्धसैनिक बलले पक्राउ पुर्जी जारी गर्न पाउने अधिकार पहिलोपटक प्रयोग गर्दा होस् या कर्मचारीलाई कारबाहीका लागि काठमाडौं बोलाउँदा होस् यस्ता समान्य विषयमा पनि सशस्त्र प्रहरी संगठनले उचित निर्णय लिन नसक्दा भद्रोगोलको अवस्था बनेको हो ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply