नयाँ शक्तिमा कोही भित्रिँदै, कोही बाहिरिँदै
काठमाडौं । डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपालमा केही नयाँ अनुहार भित्रिने र अहिले माथिल्लो जिम्मेवारीमा रहेका केही नेता भने बाहिरिने सम्भावना बढ्दै गएको छ । सो पार्टीको सोमबारदेखि सुरु भएको कार्यकारी समितिको बैठकले उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरमसँग एकता गर्ने विषयलाई प्रवेश गराउने र चाँडै नै एकताका लागि प्रयत्न गर्ने सम्भावना पनि उत्तिकै रहेको छ ।
उपेन्द्र यादव, अशोक राईहरूसँग एकता गरेर जाने मनस्थितिमा डा. भट्टराईलगायत पार्टीका अधिकांश नेताहरूका साथै कार्यकर्ता पंक्तिसमेत सहमत भइसकेका छन् । फोरमसँग एकता गर्दा तराई मधेसमा पार्टी विस्तारमा मद्दत पुग्ने ठानेर एकता गर्ने मनस्थितिमा नयाँ शक्तिका नेताहरू पुगेका हुन् । फोरमसँग एकता गर्नेबारे नयाँ शक्तिका नेता र फोरमका नेतृत्वबीच पहिलादेखि नै कुराकानी भएको थियो । नयाँ शक्तिको गएको जेठ ३० गते सम्पन्न भेलाअगावै दुई पार्टीका नेताबीच कुराकानी भएको थियो । तर, एकाध विषयमा कुरा नमिलेपछि एकताको चर्चा सेलाउन पुगेको थियो ।
नयाँ शक्ति र फोरमबीच एकता हुने भएपछि अहिले नयाँ शक्तिमा दोस्रो वरीयतामा रहेका सहसंयोजक रामचन्द्र झाले भने सो पार्टी छाड्ने मनस्थिति बनाइसकेका छन् । ती दुई पार्टीबीच एकता हुँदा उपेन्द्रलाई दोस्रो वरीयता दिनुपर्ने र झाको वरीयता तल पर्ने भएको हुँदा उनले आफू तल नबस्ने जानकारी दिइसकेको बताइन्छ । त्यसो त एमालेबाट एमाओवादी हुँदै नयाँ शक्तिमा पुगेका झालाई कार्यकर्ता पंक्तिले पनि रुचाइरहेका छैनन् । सहसंयोजकको जिम्मा दिए पनि झाले प्रभावकारी ढंगले काम गर्न नसकेको आरोप लगाइन थालिएको छ । झालाई नेता मानेर जानुभन्दा उपेन्द्र र अशोक राईहरूलाई पार्टीमा भिœयाएर नेता मान्न आफूहरू तयार रहेको कार्यकर्ताहरूले बताउन थालेका छन् ।
त्यसो त नयाँ शक्तिका संयोजक डा. भट्टराईले तराई मधेसमा आफ्नो लोकप्रियता देखाउन पार्टी गठन गरेलगत्तै झालाई लिएर जनकपुर गएका थिए । तर, जनकपुरमा डा. भट्टराई गए पनि उनको सर्वत्र आलोचना भएको थियो । तराईका जनताको सहानुभूति लिन जनकपुर जानुअघि डा. भट्टराईले आफू तराई झरेर राजनीतिलाई अघि बढाउने बताएका थिए । तर, जनकपुरमा उनको तीव्र विरोध भएयता डा. भट्टराई तराई जान छाडेका छन् । नयाँ शक्तिमा धेरै दिनसम्म आफ्नो बसाइँ नहुने देखेपछि झाले पुरानै पार्टी एमालेमा फर्किने मनस्थिति बनाइरहेको बुझिएको छ । उनले एमालेका केन्द्रीय स्तरका नेताहरूसँग छलफल चलाइरहेको बताइन्छ । एमालेले सम्मानजनक स्थान दिए आफू फर्केर आउने तयारीमा उनी लागेका छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply