घुस लिँदै सहमति माग्दै सरुवा
काठमाडौं । नापी कार्यालयका धेरै कर्मचारी विगत एक वर्षको अवधिमा घुस लिँदालिँदै पक्राउ परेका छन् । काठमाडौंमा सर्वेक्षक र नापी अधिकृत बढी पक्राउ पर्ने गरेका भए पनि पछिल्लोपटक चावहिल नापी कार्यालयका प्रमुख हजारी यादव २ लाख घुससहित ०७३ असोज १९ गते पक्राउ परेका थिए । धेरैजसो नापीका कर्मचारी काठमाडौं उपत्यकाकै पक्राउ पर्ने गरेका छन् । काठमाडौं उपत्यकाका प्रमुख नापी अधिकृत कार्यालय प्रमुख हुने पाँचवटा कार्यालयमा सरुवा हुन १५ लाख रुपैयाँसम्मको घुस बुझाउनुपरेकै कारण पनि घुसखोरी बढेको कर्मचारीहरूको भनाइ छ । १५ लाख रुपैयाँ नापी विभागका महानिर्देशकलाई बुझाएर गएको प्रमुख नापी अधिकृतले ३० लाख रुपैयाँ उठाउन कानुनसंगत काममा पनि घुस मागेपछि सेवाग्राहीले अख्तियार गुहार्दै पक्राउ गराउने क्रम बढेको छ । पछिल्लो समयमा सेवाग्राही सचेत हुँदै गएको यो एक संकेतका रूपमा पनि लिन थालिएको छ । पछिल्लो समयमा कानुनसम्मत काम गर्न पनि घुस माग्ने क्रम त्रढेपछि अख्तियारको सहयोग लिनुलाई भ्रष्टाचारविरुद्धको नागरिक सचेतता बढेको अर्थमा पनि लिने गरिएको छ । तर, विभागको महानिर्देशकदेखि मन्त्रालयका मन्त्री र सचिवलाई घुस दिएर आएपछि त्यो घुस उठाउन घुस खाने क्रम बढेकाले समस्या माथिबाटै सिर्जना भएकाले तलकालाई अख्तियारले पक्राउ गर्दैमा भ्रष्टाचार नियन्त्रण हुन गाह्रो छ ।
एकातिर अख्तियारले घुसखोरीमा नापी कार्यालयका कर्मचारी पक्राउ गरिरहेको छ भने अर्कोतिर नापी कार्यालय चावहिलको कार्यालय प्रमुखमा सरुवाका लागि नापी विभागका महानिर्देशक कृष्णराज बीसीले मोलतोल गरिरहेको समाचार छ । दुई महिनादेखि नापी कार्यालय चावहिलको प्रमुख पद रिक्त छ । घुसमा कुरा नमिलेका कारण नै दुई÷दुई महिनासम्म कार्यालय प्रमुख नखटाएको बताइन्छ । चावहिलका कार्यालय प्रमुख घुस प्रकरणमा निलम्बनमा परेपछि उक्त पद रिक्त छ । सो पदका लागि नापी विभागका महानिर्देशक बीसीले आधा दर्जन प्रमुख नापी अधिकृतहरूसँग घुसको बार्गेनिङ गरिरहेका छन् । जुन प्रमुख नापी अधिकृतले बढी रकम कबोल गर्छ उसैलाई कार्यालय प्रमुखमा सरुवा गर्ने योजनामा उनी रहेको स्रोतले बतायो । नापी कार्यालय चावहिलको प्रमुखका लागि सर्लाहीका प्रमुख शत्रुघन यादव, धादिङका प्रमुख दीपक सापकोटा, सिरहाका प्रमुख विजय महतो, नापी विभागका अनिल मरासिनी, रमेश ज्ञवाली, उमेश कुमार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कमल घिमिरेसँग महानिर्देशक बीसीले छुट्टाछुट्ट्रै भेटेर कति रकम दिने भनेर मोलमोलाइ गर्दै आएका छन् । महानिर्देशक बीसी भनेजति सहयोग नबुझाएसम्म कार्यालय प्रमुख सरुवा नगर्ने पक्षमा रहेको दुई महिनासम्म सरुवा नगरेपछि खुलस्त भएको छ । यस विषयमा महानिर्देशक बीसीसँग सोध्दा उनले कार्यालय प्रमुख कसलाई पठाउने भन्ने मन्त्रालयको विषय भएकाले यसबारे आफूलाई केही थाहा नभएको बताए । तर, मन्त्रालयले विभागका महानिर्देशकसँगकै सहमतिमा निर्णय गर्ने भएकाले बीसीले सरुवामा खेल्ने गरेको बताइन्छ । नापी विभागका महानिर्देशक बीसीले असोज १४ गते गरेको सरुवामा नापी अधिकृत, सर्वेक्षक र अमिनको दररेट तोकेर ३ करोडभन्%A
Comments are closed.
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग