निजामतीमा सहमतिको प्रयास
काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनको दसौं महाधिवेशनमा अन्ततः पूर्वसहमतिअनुसारकै नेतृत्व चयन हुने सम्भावना बढेको छ । सोमबार नेपालगन्जमा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुभएको थियो । नेतृत्व चयनमा सहमति भए आज अबेरसम्म संगठनले नयाँ नेतृत्व पाइसक्ने सम्भावना छ भने चुनावी प्रक्रियामा गए परिणाम लम्बिनेछ ।
अधिवेशनमा बन्द सत्रमा महासचिव रेवन्त गौतम र कोषाध्यक्ष राजेन्द्र श्रेष्ठले सांगठनिक र आर्थिक प्रतिवेदन पेस गरेका छन् भने ती प्रतिवेदनमा सहभागीहरूले आ–आफ्ना राय राखेका छन् । केही सुझाव समेटेर ती प्रतिवेदन पारित भएको घोषणा गरिसकेपछि अधिवेशनको मुख्य काम नेतृत्व चयन हुने बताइएको छ ।
०७३ असार ३१ गते पेसागत महासंघको रोहवरमा दसौं महाधिवेशनमा वर्तमान अध्यक्ष मोहनकुमार घिमिरेको नेतृत्वलाई सर्वसम्मत गराउने सहमति भएको थियो । जसको अगुवाइ आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकालले गरेका थिए ।
संगठनका तत्कालीन अध्यक्ष ढकाललाई आधिकारिक ट्रेड युनियनमा अध्यक्ष बनाउने क्रममा दसौं महाधिवेशनमा मोहन घिमिरेकै नेतृत्वलाई सर्वसम्मत चयन गर्ने सहमति भएको बताइन्छ । संगठनमा ढकालको विपक्षमा बहुमत हुँदाहुँदै उनलाई आधिकारिक ट्रेड युनियन (सीबीए) को अध्यक्ष बनाई दसौं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने सहमति भएको थियो ।
उद्घाटन सत्रमा पार्टी सचिव तथा मोर्चा संगठन प्रमुख गोकर्ण विष्ट स्वयंले ‘पूर्वसहमतिअनुसार सहमतिमै संगठनको नेतृत्व चयन गर्नुपर्छ’ भनेर उद्घोष गरिसकेकाले पनि जिम्मेवार नेताहरू घिमिरेलाई अध्यक्ष बनाउन लागिपर्ने अनुमान लगाइएको छ । अध्यक्ष केपी ओलीकै सामु उनले भनेका थिए, ‘तपाईंहरू पूर्वसहमतिअनुसार जानुस्, लिखित कागज मसँग छ ।’
तर, केही नेता नेपालगन्जको सबैभन्दा महँगो सीपी होटेलमा बसेर अझै पनि सहमति भाँड्न कसरत गरिरहेको प्रतिनिधिहरूको आरोप छ । अधिवेशनले बन्द सत्र सञ्चालनका लागि विश्वनाथ प्याकुरेलको अध्यक्षतामा २१ सदस्यीय अध्यक्ष मण्डलले गृहकार्य गरिरहेको छ । अध्यक्ष मण्डलमा प्रेमलकुमार खनाल, विष्णु लामिछाने, दीपक गौतम, गणेश बस्याल, भोला पोखरेल, पुण्य ढकाललगायत छन् । यसैगरी, कसैगरी सहमति नभए निर्वाचनमा जानका लागि अधिवक्ता कुन्साङ लामाको संयोजकत्वमा नौ सदस्यीय निर्वाचन समिति बनाइएको छ । सो समितिले पनि गृहकार्य जारी राखेको छ ।
आकांक्षी को–को ?
मोहन घिमिरेको समूहबाट वरिष्ठ उपाध्यक्षमा ईश्वरी ढकाल र महासचिवमा रेवन्त गौतमको निश्चितजस्तै छ । महिला उपाध्यक्षमा भुवन राईको नाम रहेको छ । मधेसी उपाध्यक्षमा सुवेदार यादव, राजकुमार यादव र जयकान्त झामध्ये एक हुनेछन् । जनजाति उपाध्यक्षमा शरणकुमार गुरुङ र राजेन्द्रकुमार श्रेष्ठको नाम छ । कार्यालय सहयोगीबाट उपाध्यक्ष दीपक राणाको चर्चा छ ।
प्रदेश उपाध्यक्षमा एक नम्बरबाट जयराम श्रेष्ठ, दुईबाट नौतम पोखरेल, तीनबाट भरतकुमार थापा वा मुकुन्द पराजुलीमध्ये एक हुनेछन् । चार नम्बर प्रदेशको उपाध्यक्षमा घनश्याम सापकोटा, पाँचमा मञ्जु कोइराला, ६ नम्बरबाट मोहन गिरी र सात नम्बर प्रदेशबाट प्रेमबहादुर सिंहको नाम छ । उपत्यका उपाध्यक्षमा शेखर दाहालको निश्चितजस्तै रहेको बताइन्छ । उपमहासचिवमा राजेन्द्रकुमार श्रेष्ठ, चेतनाथ न्यौपाने र शान्ति लुइँटेलको दाबी छ । लेखापरीक्षण आयोगमा मुकुन्द पराजुली, अनुशासन आयोगमा टीकाराम अधिकारी र भरत थापामध्येबाट छनोट हुने बताइएको छ ।
सात सचिवमा भवानी खतिवडा, रामचन्द्र अधिकारी, गगन विक, शान्ति लुइँटेल, हरिकाजी राई, भीमबहादुर विष्ट, यामबहादुर खत्री, अच्यूत अधिकारी, अनिल रेग्मी, सुवास पोखरेलहरूमध्येबाट हुनेछन् । खतिवडा अहिले पनि सचिव छिन् । कोषाध्यक्षमा बखतबहादुर खड्का उम्मेदवार हुनेछन् ।
यता पुण्य ढकाल पक्षले अध्यक्षमा केदारप्रसाद देवकोटा, वरिष्ठ उपाध्यक्षमा कृष्ण ढकाल, महासचिवमा गंगा सुनुवारको नाम तय गरेको छ । महिला उपाध्यक्षमा भवानी दाहाललाई उठाउने तयारीमा छ । उपमहासचिवमा केशवराज जोशी र विष्णु अधिकारीको नाम चर्चामा आएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply