पदावधि सकिनुअघि नै जीएममा नियुक्त
काठमाडौं । पदावधि सकिनुभन्दा एक महिनाअघि नै साझा प्रकाशनको सञ्चालक समितिले अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई थप चार वर्षका लागि ती दुवै पदमा नियुक्त गरेको छ । प्रकाशनको आइतबार बसेको बैठकले शर्मालाई नियुक्त गरेको हो । उनको अवधि आगामी माघ ४ गते सकिँदै छ ।
साझा प्रकाशनलाई बचाउन दौडधुप गरेका कारण शर्मालाई चार वर्षका लागि पदावधि बढाइएको एक सञ्चालकले बताए । सञ्चालक जीवनचन्द्र कोइरालाले भने, ‘शर्माले दौडधुप गरेर पैसा जुटाउनुभयो, त्यही कारण उहाँलाई थप जिम्मेवारी दिएका हौं ।’ बैठकमा सञ्चालकहरू कोइराला, हरिहर खनाल, दीनानाथ शर्मा, प्रदीप नेपाल, डा. कृष्णहरि बराल, नेपाली विभागीय प्रमुख डा. देवी गौतम, अंग्रेजी विभाग प्रमुख प्रा. अमर जोशी, शिक्षा मन्त्रालयका सहसचिव सूर्य गौतमको उपस्थिति थियो । अर्का सञ्चालक डा. विजय सुब्बा भने तेह्रथुममा रहेकाले उपस्थित थिएनन् ।
सोही बैठकले सो संस्थामा २० वर्ष काम गरेका कर्मचारीहरूलाई अवकाश दिने निर्णय पनि गरेको छ । अवकाश पाउने कर्मचारीहरूले तीन महिनाको तलब र सुविधा पाउनेछन् । साथै, विगत केही वर्षदेखि टुटेको जनक शिक्षा सामग्री केन्द्रसँगको व्यापारलाई पुनः निरन्तरता दिने निर्णय पनि गरेको छ । केन्द्रले छाप्दै आएको पाठ्यपुस्तकहरूलाई सो प्रकाशनले बिक्री वितरण गर्दै आइरहेको थियो । तर, केन्द्रले पाठ्यपुस्तक वितरणमा निजी क्षेत्रलाई पनि समावेश गरेपछि साझाको आम्दानीको मुख्य स्रोत मानिँदै आएको बिक्री कार्य घट्न पुगेको थियो ।
विगतमा नेपाल प्रज्ञा प्रतिष्ठानलगायत अरू संस्थाहरूलाई रोयल्टीबापत तिर्नुपर्ने रकमलाई सेयरमा बदल्ने निर्णय पनि सोही बैठकले गरेको छ । साथै, बैठकले साझाको केन्द्रीय कार्यालयसँगैको अपुरो भवन निर्माण कार्यलाई पूरा गर्ने निर्णय पनि गरेको छ । सो भवन पूर्वअध्यक्ष ममता झाको कार्यकालमा सुरु भए पनि तीव्र विवाद उत्पन्न भएपछि स्थगित हुन पुगेको छ । त्यही भवन निर्माण कार्यपछि नै साझा निरन्तर रूपमा ओरालो लाग्दै आएको थियो ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply